आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवा–सिटौला एलाएन्स कायमै रहने, देउवा सभापति हुने निश्चित

प्रकाशित
0.9K
SHARES

काठमाडौँ। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा मतदान हुने निश्चित भइसकेको छ। सोमबार भएको मतदानमा प्राप्त मतका आधारमा पहिलो र दोस्रो भएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिष्पर्धा हुँदैछ।

पहिलो चरणको प्रतिष्पर्धाबाटै बाहिरिएका प्रकाशमान सिंहले देउवालाई सघाउने घोषणा गरेका छन्। यो घोषणासँगै पहिलो चरणमा बनेको एलाएन्स भत्कने आशंकाहरु भइरहँदा देउवालाई साथ दिएका नेता कृष्ण सिटौला पक्षले भने एलान्स परिवर्तन नगर्ने बताएको छ।

दोस्रो चरणमा देउवालाई नै सहयोग गर्ने सिटौला निकट एक नेताले नयाँ पत्रिकासँग बताए। बहुमतका लागि २३४० मत आवश्यक पर्नेमा पहिलो चरणमा देउवाले २२५८ मत ल्याउँदा कोइरालाले १७२९ मत ल्याएका थिए।

३७१ मत ल्याएर तेस्रो भएका सिंहले देउवालाई सघाउने र सिटौलाले एलाएन्स कायम राख्दा देउवा सभापति हुने निश्चित छ। पहिलो चरणमा देउवा ८२ मतले पुनः सभापति हुनबाट रोकिएका थिए।

कांग्रेसको भावी सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनले लगाउने भएको छ। त्यसको लागि आजै निर्वाचन हुने कांग्रेस निवार्चन आयोगले जनाएको छ। प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले,

खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा पुगेको हो। निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले निर्वाचन समितिको बैठक बसेर निर्णय गर्ने बताए।

कांग्रेसको भावी सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनले लगाउने भएको छ। प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा धकेलिएको हो

अब पहिलो र दोस्रो धेरै मत ल्याएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ। पहिलो चरणमा ४६७९ मत खसेकाेमा वर्तमान सभापति देउवाले सबैभन्दा बढी २२५८ मत ल्याए।

बहुमतका लागि २३४० मत आवश्यक पर्नेमा देउवा ८२ मतले मात्र सभापति चयन हुनबाट रोकिए। ७७ मत बदर भएको छ। दोस्रो स्थानमा रहेका कोइरालाले १७२९ मत ल्याए।

३७१ मत ल्याउँदै प्रकाशमान सिंह तेस्रो स्थानमा रहे भने विमलेन्द्र निधिले २४९ मत ल्याए। पाँचौ स्थानमा रहेका कल्याण गुरुङले २० मत पाए।कस्तो नेतृत्व चाहन्छन् कांग्रेस प्रतिनिधि ? युवा र जनतामा आफ्नो राम्रो छाप छोडोस।

जनताको हितमा काम गर्न सक्ने गरी आगामी सरकारको नेतृत्व गर्न सक्ने व्यक्ति यो महाधिवेशनबाट चुनिनुपर्छ। देश, जनता र पार्टीको आजको आवश्यकता यही हो। अबको नेतृत्व सबै जाति, भाषा, धर्मलगायतलाई समेट्न सक्ने समावेशी मूल्य–मान्यतालाई अँगालेर अगाडि बढ्न सक्ने होस्। त्यसैका लागि हामी त्यस्तै नेतृत्व चयन गर्न आएका छौँ ।

युवा पुस्तालाई अगाडि बढाउन सक्ने र लोकतान्त्रिक चरित्रलाई व्यवहारमा अभ्यास गर्न सक्ने नेतृत्वको आवश्यकता छ। राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक मुद्दालाई सूक्ष्म तहबाट मूल्यांकन गरेर अगाडि बढ्न सक्ने नेतृत्व यस महाधिवेशनले चयन गर्नुपर्नेछ।

एक्काइसौँ शताब्दीअनुसार हाम्रो कार्यशैली छैन। लिडरले आफूलाई समयसापेक्ष रूपान्तरण गर्न सकेन भने त्यसलाई युवा पुस्ताले स्विकार्न सक्दैन। पुराना आधार र नयाँ विचारले अगाडि बढ्न सक्ने नेतृत्व यस महाधिवेशनले चयन गर्नुपर्छ।

विश्वव्यापीकरणको दुनियाँलाई सम्बोधन गर्न सक्ने नेतृत्व आउनुपर्छ।  पुस्ता हस्तान्तरणको विकल्प छैन। तर, यसका नाममा पुराना पुस्ताका नेता सबैलाई बेवास्ता गरेर जानुहुँदैन। उहाँहरूको त्याग र बलिदानलाई पनि कदर गर्दै युवा पुस्तालाई नतृत्वमा लैजानुपर्छ।

पार्टीको पहिचान बनाउने युवालाई संरक्षण गरेर अगाडि बढ्नुपर्छ। अहिलेको माहोल हेर्दा चुनाव दोस्रो चरणमा पनि जान सक्छ। जे होस् कांग्रेस सबै पक्षबाट गतिशील हुनुपर्छ। परिवर्तन आवश्यक छ। तर, यसका नाममा पुराना पुस्तालाई पूर्ण रूपमा बिर्सन मिल्दैन।

उहाँहरूको अनुभवलाई अस्वीकार गर्दा पार्टीलाई र समग्र जनतालाई नै नोक्सान हुने हो। नयाँको पनि ऊर्जा चाहिन्छ। आगामी पुस्ताका लागि भलाइ हुने काम गर्ने भिजन भएका नेताहरू आउनुपर्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ