आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पौडेलविरुद्ध चियापानमै नाराबाजी, देउवा पनि पुगे

प्रकाशित
665
SHARES

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पार्टी नेता कार्यकर्ताले नाराबाजी गरेका छन्। पौडेलले महाधिवेशन प्रतिनिधिको सम्मानमा मंगलबार लैनचौरस्थित ब्यांक्वेटमा गरेको चियापानमा उनीविरुद्ध नाराबाजी लागेको हो।

पौडेलले सभापतिका प्रत्यासी डा.शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै महाधिवेशन प्रतिनिधिहरूले नाराबाजी गरेका थिए। मनोनयन दर्ताकै राति प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई भेटेर,

तठस्थ बस्न आग्रह गरेपछि उनी समर्थित नेता कार्यकर्ताले नाराबाजी गरेका थिए। कार्यकर्ता आक्रोशित भएपछि सुरक्षाकर्मीले पौडेललाई जोगाएर सुरक्षित ठाउँमा लगेका छन्।

यदि पौडेलले कोइरालाको पक्षमा मत हाल्न अपिल गरेको भए उनको मत बढी आउने र दोस्रो चरणमा देउवालाई सहजै पराजित गर्ने शेखर पक्षका महाधिवेशन प्रतिनिधिको दाबी छ।

नेपाली कांग्रेसको नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत सभापतिको मतगणनाको अन्तिम परिणाममा कसैले बहुमत प्राप्त गर्न नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ।

पौडेलले आयोजना गरेको चियापानमा प्रधानमन्त्री देउवा पनि पुगेका छन्। ५१ प्रतिशत मत नआएपछि महाधिवेशन प्रतिनिधिलाई मनोवैज्ञानिक दबाब दिन पनि देउवा चियापानमा पुगेको कोइराला निकट नेताहरूको दाबी छ।

तेस्तै, नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बचन दिएका छन्। मंगलबार बिहान निधि निवास नयाँ बानेश्वर पुगेर,

देउवाले निधिसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। जवाफ निधिले सहयोग गर्ने बचन दिएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए। प्रधानमन्त्रीज्यू आज बिहान पहिले प्रकाशमान सिंहको निवास,

चाक्सीबारी र त्यसपछि विमिलेन्द्र निधि निवास पुग्नुभयो। सिंहले लिखित प्रतिबद्धता नै जनाउनु भएको छ। निधिले निःसर्त सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो, सिग्देलले भने।

यसअघि पहिलो चरणको निर्वाचनबाट बाहिरिएका नेता प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवलाई समर्थन गर्ने निर्णय गरेका थिए। प्रकाशमानलाई भेट्न देउवा मंगलबार सिंह निवास चाक्सीबारी पुगेका थिए।

सो भेटमा देउवालाई दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने निर्णय भएको सिंहले बताए। नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर हामी प्रतिस्पर्धामा उत्रिएका हौं। देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरे।

देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ। विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ। पार्टीभित्र सुधार ल्याउन र देउवाले कार्यशैली परिवर्तन गर्नुपर्नेछ, उनले भने।

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए।

देउवाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ। त्यसअघि नै देउवालाई सिंहले समर्थन गर्ने निर्णय गरेका हुन्। भेटवार्तामा उपसभापतिकी उम्मेदवार सुजाता कोइराला पनि उपस्थित थिइन्।

प्रतिक्रिया