आज : गते

ताजा शिर्षकहरु

प्रधानमन्त्री देउवाले सभापती जित्न फाले अन्तिम अस्त्र, के हुन्छ अब ?

प्रकाशित
1.3K
SHARES

काठमाडौं। नेपाली कांग्रेसको जारी महाधिवेशनमा पहिलो चरणको मतदानबाट सभापति टुंगो लाग्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएपछि उम्मेदवारहरुको दौडधुप बढेको छ।

दोस्रो चरणको निर्वाचनका लागि शेरबहादुर देउवा र डा. शेखर कोइराला भिड्दैछन्। यसैबीच, देउवाले अन्तिम अस्त्र प्रयोग गरेका छन्। उनले प्रकाशमानसिंहलाई फकाउन थालेका छन्।

सिंहको मन पगाल्नेगरी देउवाले अफर गर्न थालेका छन्। दोस्रो चरणको मतदान हुने भएपछि देउवानिकट नेता एंव गृहमन्त्री बालकृष्ण खाँण आज बिहान नेता प्रकाशमान सिंहलाई भेट्न उनकै निवास चाक्सीबारीमा पुगेका छन्।

भेटमा खाँणले सिंहसँग दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गर्न प्रस्ताव राखेका छन्। स्रोतका अनुसार देउवाको दूत बनेका खाँणले प्रकाशमानलाई अफर गरेका थिए।

देउवाको संदेश सुनाउँदै खाँणले दोस्रो चरणमा सघाएको खण्डमा आगामी प्रधानमन्त्री प्रकाशमानलाई बनाउने आस्वासन दिएका छन्। सिंहले आफ्नो समूहमा छलफल गरेरमात्रै कसलाई सघाउने भन्ने निर्णय गर्ने जवाफ दिएका छन्।

मतगणना नसकिंदै खाँण प्रकाशमान निवासमा पुगेका थिए। नेपाली काँग्रेसका नेता शेखर कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। देउवा पक्षका नेता बालकृष्ण खाँणले सिंहलाई भेटेर फर्केलगत्तै,

डा शेखर कोइरालाले प्रकाशमान सिंहलाई निवासमै गएर भेटेका हुन्।भेटका क्रममा डा। कोइरालाले अब दोस्रो चरणको चुनावमा आफूलाई सघाउन सिंहसँग आग्रह गरेका थिए।

जवाफमा सिंहले आफ्नो टिमका नेताहरूसँग छलफल गरेर सामूहिक रूपमा निर्णयमा पुग्ने जवाफ दिएका थिए। यसअघि सिंहले बालकृष्ण खाँणलाई पनि यही जवाफ दिएर पठाएका थिए।

खाँणले दोस्रो चरणमा देउवालाई सघाउन सिंहसँग आग्रह गरेका थिए। प्रकाशमान सिंहले पहिलो चरणको चुनावमा ३७१ मतका साथ तेस्रो स्थान हासिल गरेका छन्। उनको टिममा सुजाता कोइराला,

विश्वप्रकाश शर्मा लगायतका नेताहरू छन्। टिममा छलफल गरेर देउवा र कोइरालामध्ये कसलाई सघाउने भन्ने निर्णयमा पुग्ने सिंहले दुवै तर्फका नेताहरूलाई जवाफ दिएको सिंहका सहयोगी युपी लामिछानेले बताए।

तेस्तै, नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मत गणना जारी रहदा देउवाले नै बाजी मार्ने संकेत देखिएको छ। पछिल्लो परिणाम अनुसार सभापतिका प्रत्यासी शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका हुुन्।

२६ सय भोट गनिसक्दा सभापतिमा देउवाले अग्रता बढाउँदै लगेका हुन्। उनले निरन्तर अग्रता कायम राखेका हुन्। हाल देउवाले १२२५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले ९८० मत ल्याएका छन्।

त्यसैगरी प्रकाशमान सिंहको २०४, विमलेन्द्र निधिको १६३ तथा सभापतिका अर्का प्रत्यासी कल्याण गुरुङले १२ मत पाएका छन्। काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना जारी छ।

मतगणना सुरु भएको ३ घण्टाभित्र सभापति पदको परिणाम सार्वजनिक हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अधिकारीहरुले बताएका थिए। सोमबार दिउँसोदेखि भएको मतदान राति करिब १२ बजे मात्रै सकिएको थियो।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ४ हजार ६७९ मत खसेको छ। कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ।

सभापति पदमा जितका लागि कुनै पनि उम्मेदवारले २ हजार ३४० मत ल्याउनुपर्ने भएको छ। सभापतिका उम्मेदवारमध्ये कसैले पनि खसेको कूल मतको ५० प्रतिशतभन्दा बढी अर्थात २ हजार ३४० मत कटाउन नसके सभापति चुन्न दोस्रो चरणको मतदान हुनेछ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ