आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एलियनका १२ वटा जहाज एकैचोटी लाइन लागेर उडेको देखियो, के हो यथार्थ ?

प्रकाशित
779
SHARES

एजेन्सी। एउटा विमानको ककपिटबाट खिचिएको एउटा भिडियोमा १२ वटा अज्ञात उडनतश्तरी निश्चित लाइनमा एकैपटक उडिरहेको देखिएको छ। प्रशान्त महासागर माथिको आकाशमा बादलमाथि,

प्रकाशका ढिक्काहरु उडिरहेको र केही समयपछि बादलभित्र हराएको देखिने यो भिडियोका विषयमा ककपिटमा रहेका पाइलटले प्रतिक्रिया दिएको समेत सुन्न सकिन्छ। सुरुमा भिडियोमा ९ वटा प्रकाशका ढिक्का देखिन्छन्र।

पछि १२ वटा प्रकाशका ढिक्का उडिरहेका देखिन्छन्। समुद्र सटहबाट ३९ हजार फिटको उचाइमा खिचिएको यो भिडियो सामाजिक संजालमा शेयर भएपछि धेरैले यसलाई अद्भूत भनेका छन्।

र अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट युएफओ फुटेज भनेर प्रशंशा गरेका छन्। केहीले भने यो प्रकाश कुनै लडाकु विमानबाट हानिएको एन्टि मिसाइल सट हुन सक्ने आशंका गरेका छन्। यसको सम्भावना किन पनि छ।

भने यो भिडियो अत्याधिक तनावग्रस्त साउथ चाइना सीको माथि खिचिएको थियो। द सनको रिपोर्टअनुसार यी प्रकाशका ढिक्काहरु के हुन् भन्ने कुरा प्रमाणित गर्ने स्पष्ट आधार नहुँदा रहस्यमय बनेको छ।

पछिल्लो समय अमेरिकी रक्षा विभाग पेन्टागनले आफ्नो आकाशमा आफुहरुले व्याख्या गर्न नसक्ने कुराहरु उडिरहेको एक रिपोर्टमा स्वीकार गरेपछि युएफओप्रति झनै चासो बढेको छ।

पेन्टागनका अधिकारीहरुले यी वस्तुहरु पृथ्वीभन्दा बाहिरका हुन सक्ने समेत स्वीकार गरेका थिए। तेस्तै,बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण एक जनाको मृत्यु भएको छ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको पुष्टि गरेका छन्। आइतबार मात्र सरकारले ओमिक्रोन संक्रमित बिरामीहरुलाई अस्पताल भर्ना गरिएको जनाएको थियो।

‘दुःखका साथ भन्नु परेको छ की ओमिक्रोन संक्रमितहरुलाई अस्पताल भर्ना गर्नु परेको छ र पहिलो पटक एक जनाको ओमिक्रनबाट मृत्यु भएको पुष्टि भएको छ,’ प्रधानमन्त्री जोनसनले भने।

कोभिडबाट जोगिनका लागि दुई डोज खोप पर्याप्त नभएको भन्दै उनले बुस्टर डोज लगाउन आह्वान गर्दै आएका छन्। नयाँ भेरियन्ट तीव्र बढेपछि सरकारले अर्को सातादेखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने भएको छ।

पछिल्लो समयमा बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार नाघेको छ। विज्ञहरुले आगामी पाँच महिनाभित्र बेलायतमा ७५ हजारको मृत्यु हुने चेतावनी दिँदै आएका छन्।

प्रतिक्रिया