आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बिपिन रावतको मृत्युसँगै चीफ अफ डिफेन्स स्टाफको जिम्मेवारी पाएका अधिकारी को हुन् ?

प्रकाशित
0.9K
SHARES

काठमाडौं। भारतका चीफ अफ डिफेन्स स्टाफ बिपिन रावतको मृत्युपछि खाली भएको पद देशको सुरक्षाको हिसाबले सर्वोच्च पद हो। यो पदमा नयाँ सीडीएस नियुक्त गर्नको लागि अझै केही दिनको समय लाग्नेछ।

रिटायर्ड कर्नल डीपीके पिल्लइका अनुसार यो पद एक दिन पनि खाली रहन सक्दैन। यही नियमअनुसार सीडीएस हेडक्वार्टरमा बिपिन रावतपति दोस्रो बरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्ण कार्यवाहक चीफ अफ डिफेन्स स्टाफ बनेका छन्।

अब नयाँ सीडीएस नियुक्त हुँदासम्म राधाकृष्णले सीडीएसको जिम्मेवारी सम्हाल्नेछन्। एयर मार्शल बीआर कृष्ण एभीएसएम, एससी भारतीय वायुसेनाका अधिकारी हुन्। उनले अहिले पश्चिमी वायु कमानका एयर अफिसर कमाण्डिङ इन चीफको रुपमा कार्यरत छन्।

उनले एयरमार्शल विवेकराम चौधरीको अवकाशपछि १ जुलाइ २०२१ मा पदभार ग्रहण गरेका हुन्। यसअघि उनी वायु संचालन महानिर्देशकको रुपमा काम गरेका छन्। त्यसअघि उनले दक्षिण पश्चिमी वायु कमानका वरिष्ठ वायु कर्मचारी अधिकारीको रुपमा काम गरेका थिए।

बीआर कृष्ण राष्ट्रिय रक्षा एकेडेमी, रक्षा सेवा स्टाफ कलेज वेलिङटन र राष्ट्रिय रक्षा कलेजका पूर्व छात्र हुन्। बीआर कृष्णले २२ डिसेम्बर १९८३ मा भारतीइ वायु सेनामा लडाकु पाइलटको रुपमा नियुक्ति पाएका थिए।

उनीसँग परिचालन, निर्देशात्मक र परीक्षण उडान सहित विभिन्न लडाकु विमानमा ५ हजार घण्टा उडानको अनुभव छ। उनी उक योग्य उडान प्रशिक्षक र एक परीक्षण पाइलट हुन्। ३८ वर्ष लामो करिअरमा उनले फ्रन्ट,

लाइन लडाकु विमान स्क्याड्रनको कमान सम्हालेका छन्। उनले एयरफोर्स टेस्ट पाइलट स्कुलको पनि नेतृत्व गरेका छन्। उनी एयरक्राफ्ट सिस्टम्स टेस्टिङ एस्टाब्लिसमेन्टमा कमाण्डेन्ट थिए। एयर मार्शलको रुपमा उनले दक्षिण पश्चिम,

वायु कमानको वरिष्ठ वायु कर्मचारी अधिकारीको रुपमा काम गरेका छन् र एयर अफिसर कमाण्डिङ इन चीफका रुपमा आफ्नो पदोन्नतीभन्दा पहिले उनलदे वायु संचालन महानिर्देशकको रुपमा काम गरेका छन्।

तेस्तै, प्रोफेसर चेलानीले सीडीएस रावतको हेलिकप्टर दुर्घटनाको विषयमा सिलसिलेवार ट्वीट गरेका छन्। उनले ट्वीटमा सीडीएस रावत र ताइवानका चीफ अफ जनरल स्टाफ जनरल शेन यि मिंगको,

हेलिकप्टर दुर्घटनामै भएको मृत्युमा समानता भएको दावी गरेका छन्। प्रोफेसर चेलानीले ट्वीट गर्दै लेखेका छन् ‘पछिल्लो २० महिनामा सीमामा तनावका कारण हिमालयको मोर्चामा युद्धजस्तो स्थिति उत्पन्न भएको थियो।

यस्तो समयमा भारतका सीडीएस, उनकी पत्नी र ११ अन्य, सैन्यकर्मीको हेलिकप्टर दुर्घटनामा मृत्युको घटना योभन्दा खराब समयमा हुन सक्दैन। उनले आफ्नो एक ट्वीटमा जनरल रावतको मृत्यु र ताइवानका,

जनरल स्टाफका प्रमुखको मृत्युमा डरलाग्दो समानता भएको दावी गरेका छन्। २०२० को सुरुवातमा ताइवानका चीफ अफ जनरल स्टाफ जनरल शेन यि मिंगको हेलिकप्टर पनि दुर्घटना भएको थियो।

र २ प्रमुख जनरलहरुसहित सात जनाको मृत्यु भएको थियो। यी दुवै हेलिकप्टर दुर्घटनामा ती २ सेनाका प्रमुखको मृत्यु भयो जो यस क्षेत्रमा चीनको आक्रामकताको विरुद्ध थिए। उनले अर्को ट्वीटमा लेखेका छन्

यी अनौठा समानताको यो अर्थ होइन कि दुवै हेलिकप्टर दुर्घटनामा कुनै सम्बन्ध छ,वा कुनै बाहिरी शक्तिको हात छ। जे भए पनि प्रत्येक दुर्घटनाले महत्वपूर्ण प्रश्न उठाएका छन्। विशेष रुपले,

शीर्ष जनरललाई लिएर जाने सैन्य हेलिकप्टरको रखरखावको बारेमा।ग्लोबल टाइम्सले चेलानीको ट्वीटलाई रिट्वीट गर्दै उनीमाथि कडा कटाक्ष गरेको छ। ग्लोबल टाइम्सले लेखेको छ ‘यो दृष्टिकोणको हिसाबले त,

अमेरिकाको पनि यो हेलिकप्टर दुर्घटनामा भूमिका हुन सक्छ। किनकि भारत र रुस एस–४०० मिसाइल रक्षा प्रणालीको साथमा अगाडि बढिरहेका छन् र अमेरिकाले यो डीललाई लिएर कडा विरोध जनाएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ