आज : गते

ताजा शिर्षकहरु

देउवालाई शेखरकाे टक्कर, दाेस्राे चरणमा जाने संकेत (मतसहित)

प्रकाशित
551
SHARES

काठमाडौं। नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ। हालसम्म २ हजार २ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १०५१ मत ल्याएका छन्।

उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन्। कोइरालाले ७९३ मत पाउँदा प्रकाशमान सिंहको २०४, विमलेन्द्र निधिको१२० र कल्याण गुरुङले १० मत छ। सोमबार मतदान भएकोमा रातिदेखि ,

राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो। नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ। कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ।

खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ। तेस्तै, राप्रपा पूर्वअध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको रिमोर्ट कन्ट्रोलबाट बचाउने सुनिश्चित गर्न नेतृत्वसँग माग गरेका छन्।

सोमबार विज्ञप्ति जारी गरेर उनले निर्मल निवासको रिमोट कन्ट्रोलबाट बचाउने र भएको हस्तक्षेप र छानबिन गर्न समिति बनाउन पनि माग गरेका छन्। पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको,

हस्तक्षेपबारे छनाविन गर्न निष्पक्ष छानिवन समिति बनाउनुहोस्। हस्तक्षेपको भत्सर्ना गर्नुहोस्। भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस्। राजसंस्थाकाबारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने,

निर्मल निवासको योजनाका वारेमा पार्टीभित्र बहस सुरू गर्नुहोस्। यसो गर्न सक्नु भयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ, थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसैगरि,नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ। आज बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट,

राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको सो पार्टीले जनाएको छ। गत भदौ २ मा नेकपा एमालेबाट विभाजन भएर एकीकृत समाजवादी पार्टी गठन भएको थियो।

 

प्रतिक्रिया