आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनले आणविक मिसाइल भेनेजुएला ल्याएर अमेरिकालाई हान्न सक्ने त्रास

प्रकाशित
0.9K
SHARES

एजेन्सी। चीनले आफ्नो आणविक मिसाइल शिपिङ कन्टेनरमा राखेर दक्षिण अमेरिकाका बन्दरगाहसम्म लैजाने र अमेरिकालाई आकस्मिक आक्रमण गर्न सक्ने विशेषज्ञहरुले चेतावनी दिएका छन्।

सैन्य विश्लेषकहरुले बेइजिङले चुपचाप बनाइरहेका कन्टेनरहरुबारे यस्तो चेतावनी दिएका हुन्। चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमसँगै दोहोरो प्रयोजनका हतियार बनाइरहेको पश्चिमा देशहरुले दावी गरेका छन्।

पश्चिमी देशहरुका अनुसार चीनले अहिले स्याटेलाइट अन्तरिक्षमा पठाउनको लागि ठूलो संख्यामा बनाइरहेका रकेटहरुलाई प्रयोगपछि आणाविक क्षमताका मिसाइलमा परिणत गर्न सकिन्छ।

इन्टरनेशनल एसेस्मेन्ट एण्ड स्ट्राटेजी सेन्टरमा बरिष्ट एसियाली सैन्य मामिलाका फेलो रिक फिसरले बेलायतको मिडिया द सनसँग कुरा गर्दै चीनले ती हतियारहरु दक्षिण अमेरिकासम्म तस्करी गर्न सक्ने बताएका छन्।

युएस प्यासिफिक फ्लीटका पूर्व इन्टेलिजेन्स प्रमुख क्याप्टेन जेम्स फनेलले पनि अन्तरिक्ष रकेट प्रयोगपछि सैन्य प्रयोगका लागि परिणत गर्नकै लागि बनाइएको दावी गरे। हेनरी ज्याक्सन सोसाइटीका चीन विज्ञ साम,अर्मस्ट्रङले,

पनि चीनले विश्वभर तस्करी गर्ने हतियारहरुमध्ये यी कन्टेनर मिसाइलहरु प्रमुख हुने बताए। उनले चीनले यस्ता हतियारहरु भेनेजुएला जस्ता अस्थिर देशहरुमा तस्करी गर्न सक्ने औंल्याए।

चीनले पनि आफ्ना कन्टेनर मिसाइल हतियारबारे यसअघि नै संकेत दिइसकेकाने छ। निजी फर्म वनस्पेसले केही समयअघि आफ्नो ओएस–एमटु प्रक्षेपण वाहन सार्वजनिक गरेको थियो।

यसबाट ३१ टनको रकेट अन्तरिक्षमा प्रक्षेपण गरिन्छ। यो भिडियोमा रकेट कन्टेनरमा लोड गरिएपछि बाहिरबाट देख्न सकिएको थिएन। यसलाई ट्रक, ट्रेन, विमान वा पानीजहाजबाट प्रक्षेपण गर्नुअघि रकेट लुकेर रहेको थियो।

यी हतियारहरु चीनसँग मित्रवत सम्बन्ध रहेका दक्षिण अमेरिकी देशहरु पनामा वा भेनेजुएलामा तैनाथ गर्न सकिने र यसले क्युबाली मिसाइल संकटको अवस्था आउन सक्ने आशंका गरिएको छ। सन् १९६२ मा,

अमेरिकाले इटली र टर्कीमा आफ्ना मिसाइल तैनाथ गरेपछि जवाफमा सोभियत युनियनले अमेरिकाको छेउमै क्युबामा आफ्नो मिसाइल तैनाथ गरेको थियो । यसलाई क्युबाली मिसाइल संकट भनिन्छ।

दक्षिण अमेरिकी देश पनामामा केही बन्दरगाह चीनको नियन्त्रणमा छन् भने भेनेजुएला पनि चीनको सहयोगी हो। यस्तोमा चीनको ओएस–एमटुमा आधारित इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलहरु ती बन्दरगाहहरुमा कन्टेनरमा लुकाएर राखिएको हुन,

सक्ने अवस्थालाई अस्वीकार गर्न नसकिने फिसरले बताए। वनस्पेस भिडियोले प्रस्ट पारेजस्तै उनीहरुको कन्टेनरमा राखिएको मिसाइल ठूला कार्गो जहाजमा वा बोइङ ७४७ कार्गो विमानहरुमा समेत तैनाथ गरिएको हुन सक्छ।

प्रतिक्रिया