आज : गते

ताजा शिर्षकहरु

देउवा मतदानस्थलमा पुगेपछि प्रहरी र पत्रकारबीच झ’डप

प्रकाशित
701
SHARES

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवा मतदानस्थलमा प्रवेश गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका देउवा मतदानमा सहभागी हुन जाने क्रममा प्रहरीले पत्रकारहरूलाई रोकेपछि केहीबेर ठेलाठेल भएको छ।

मतदानस्थलमा फोटो खिच्न अवरोध गरेपछि प्रहरी र पत्रकारबीच ठेलाठेल भएको हो। देउवा मतपत्र बोकेर भोट खसाल्न भित्र छिरेका छन्। बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि साढे तीन घण्टा ढिला मतदान सुरु भएको हो।

मतपत्र छपाइमा ढिलो हुँदा मतदान समयमै सुरु गर्न नसकेको निर्चावन समितिले जनाएको छ। मतदानका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा व्यवस्था मिलाइएको छ। भोट खसाल्न प्रतिनिधिहरू बिहानैदेखि लामबद्ध भएका छन्।

उम्मेदवारहरू भने मत माग्न व्यस्त छन्। मतदानस्थलमा सभापतिका उम्मेदवारहरू शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहले बिहानै अवलोकन गरेका थिए। शेरबहादुर देउवा मतदान सुरु हुनेबेला मात्रै पुगेका हुन्।

तेस्तै, नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले आफू कुनै पनि पक्षमा नरहेको स्पष्ट पारेका छन्। उनले आफू कुनैपनि समूहको पक्षमा नरहेको बताएका हुन्। म कुनै पक्षमा छैन, तटस्थ छु।

महामन्त्री डा। कोइरालाले कुराकानीमा भने,‘म चारवटै प्यानलको मत तान्दैछु। आफू काँग्रेसलाई एकजुट बनाउने पक्षमा रहेको बताए।कोइरालाले चारवटै सभापतिका उम्मेदवारहरु शेरबहादुर देउवा,

प्रकाशमान सिंह, डा. शेखर कोइराला र विमलेन्द्र निधिलाई आफ्नो समर्थन रहेको बताए। तपाईं कस्लाई मत हाल्नुहुन्छ भन्ने प्रश्नमा भने,‘यो किन सोध्नुहुन्छ रु त्यो मेरो अधिकारको कुरा हो।

महामन्त्री डा। कोइरालाले आफ्ना समर्थकहरुलाई पनि यो या त्यो नेतालाई मतदान गर्न नभनेको बताए। उनले मतदातालाई स्वविवेक प्रयोग गर्न आग्रह गरे। तेस्तै, नेपाली कांग्रेसका सभापतिका उम्मेदवार,

डा. शेखर कोइरालाले आफूहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेर र शशांक कोइरालाको आशीर्वाद रहेको बताएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार कोइरालाले आफूले,

रामचन्द्र पौडेलका लागि सभापति छाडेको भए पनि सहमति जुट्न नसकेका कारण पुन सभापति उठेको दाबी गर्दै उनको आशीर्वाद आफूहरुलाई रहेको बताए। उनले पौडेल कांग्रेसको सम्मानित नेता रहेको बताए। रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहन्छ,

शशांक कोइराला महामन्त्री हुनुहुन्छ’ कोइरालाले भने, उहाँहरुको आशीर्वाद हामीले प्राप्त गरेका छौँ। हामीले भेटेका पनि छौँ। सबै टीमलाई उहाँहरुको आशीर्वाद छ। उनले आफूले जिते सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ