आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाविहानै भूकम्पको धक्का, कता हो केन्द्रबिन्दु ?

प्रकाशित
798
SHARES

काठमाडौँ। एका विहानै भुकम्पको धक्का महसुस भएको छ। लमजुङ जिल्ला केन्द्र बनाएर भुकम्प गएको हो। सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर भुकम्प गएको हो।

उक्त भुकम्प ३ दशमलव ६ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार उक्त भुकम्प १२ वैशाख २०७२ कै पराकम्प हो।

भूकम्प जाँदा सदरमुकाम बेसीसहरसहित जिल्लाको मर्स्याङ्दी गाउँपालिका हिमाली जिल्ला मनाङ आसपासका जिल्लामा धक्का महसुस भएको थियो। त्यस्तै, नेपाली काँग्रेसको १४ औँ महाधिवेशन काठमाडौँमा जारी छ।

जारी महाधिवेश अन्तरगत आज निर्वाचन हुँदैछ। निर्वाचनमा नेतृत्वका लागि सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाको कडा प्रतिशपर्धा हुँदैछ। संस्थापन इतर समूहका नेताहरु प्रधानमन्त्री,

देउवाको प्यानलमा परेपछि यस पटकको चुनाव रोचक बन्ने भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापतिको निर्वाचन शेरबहादुर देउवालाई समर्थन गरेका छन्।

वरिष्ठ नेता पौडेलसँग आइतबार बिहान प्रधानमन्त्री देउवाले पौडेल निवास बोहोराटार पुगेर भेट गरेका थिए। उक्त भेटमा पौडेलले आफ्नो पूरा समर्थन रहेको बताएका थिए।

शेखर कोइराला–प्रकाशमान सिंहसहितका नेताहरूले वरिष्ठ नेता पौडेललाई पार्टी सभापतिमा समर्थन नगरेपछि उनी केन्द्रीय सदस्यमा समेत उम्मेदवारी नदिई बसेका छन।

नेता पौडेलले आफ्नो समर्थन देउवालाई दिएको बताएका हुन्। ‘बुबाले पार्टी सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्नु भएको छ’, नेता पौडेलका छोरा चिन्तले भनेका छन्।

तेस्तै, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सत्ताको दौडबाट उछिट्टिएका छन्। कोइराला परिवारले ठूलो असहयोग गरेपछि लज्जास्पद हार हुने डरले पौडेल सत्ताको दौडबा बाहिरिएका हुन् ।

जीवनभरि कोइराला परिवारको ‘चाकडी’ र संरक्षणमा विताएका पौडेलले शनिबार विज्ञप्ति जारी गरेर १४औँ महाविधेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको जनाएका छन्।

पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले चौधौँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको छु’, विज्ञप्तिमा उल्लेख छ। नेता पौडेललाई कोइराला परिवारले ठूलो असहयोग गरेको थियो।

शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइरालाले पौडेललाई सभापतिमा स्वीकार गरेका थिएनन्। शेखर आफैले सभापतिमा टिम बनाएर उम्मेदवारी दिएका छन्।

शशांकले देखावटी रुपमा पौडेललाई समर्थन गर्ने भनेपनि उनी पनि पौडेल सभापति बनेको हेर्न चाहेका थिएनन्। नेता प्रकाशमान सिंहले त झन् नेता पौडेलका कार्यक्रमहरू बहिस्कार गरेर अलग कार्यक्रम गर्दै आएका थिए।

कोइराला परिवारले कांग्रेसका धेरै नेताहरूको राजनीति धरापमा पारेको छ। गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराई ‘किशुनजी’, गणेशमान सिंह जस्ता नेताहरूको राजनीति चौपट बनाइदिएका थिए। गिरिजाले किशुनजी र गणेशमानलाई कांग्रेस छाड्ने बनाएका थिए।

गिरिजाकै कारण कांग्रेस दुई टुक्रा भएको थियो। शेरबहादुर देउवालाई समेत गिरिजाले कारबाही गरेर निकालेका थिए। जसका कारण कांग्रेस प्रजातान्त्रिक बनेको थियो। सुशील कोइरालाले पनि आफ्ना विरोध कांग्रेसका धेरै नेताहरू राजनीति समाप्त पारिदिएका थिए।

खुमबहादुर खड्कालाई भ्रष्टाचारको मुद्धा लगाउनेमा कोइराला परिवार नै थियो। गिरिजाले नै खुमबहादुरलाई भ्रष्टाचारको मुद्धा लगाएर थुनाएका हुन्। सुशील कोइराला र डा. रामवरण यादवले पनि खुमबहादुरलाई समाप्त पार्न ठूलै हर्कत गरेका थिए।

त्यो हर्कतमा शेखर कोइराला र विमलेन्द्र निधिको पनि ठूलो हात छ। नेता पौडेलले बल्ल कोइराला परिवारको कुरा बुझेका छन्। पौडेलले विज्ञप्तिमार्फत किशुनजी, गणेशमानलाई स्मरण गरेका छन्। कोइराला परिवारकै कारण किशुनजी र गणेशमानको स्थानमा पौडेल पनि पुगेका छन्।

नेता पौडेलको यो अवस्था र हविगती हुनुमा नेता गोविन्दराज जोशीको पनि पाप लागेको छ। जोशीसँगको राजनीतिक रिसइबीका कारण कांग्रेस पार्टीबाटै कारबाही गरेर पौडेलले जोशीलाई निकाल्न लगाएका थिए।

जोशीले पौडेललाई प्रतिनिधि सभा निर्वाचनमा पनि हराइदिए। अहिले आएर सभापतिको टिकट पनि पाएनन्। पौडेलको लोभ र लालचले गर्दा उनको राजनीति अवाशान हुने चरणमा पुगेको छ। जोशीमाथि गरेको पाप धुरीबाट कराएको भनेर कांग्रेसमा भन्ने गरिन्छ।

सभामुख भएको व्यक्ति मन्त्री भए। उप–प्रधानमन्त्री भएपछि फेरि घटुवा भएर मन्त्री बने। प्रधानमन्त्री बन्ने लोभमा १७ पटकसम्म प्रधानमन्त्रीको प्रतिस्पर्धामा पराजित भए। पौडेलले जहाँ पनि लोभ गर्ने र पार्टीमा राम्रो हुन नदिएर टाँग अडाउने कार्यले गर्दा उनलाई नोक्सान भएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ