आज : गते

ताजा शिर्षकहरु

सभापतिमा देउवा, कोइराला र सिंहमध्ये कसले बाजी मार्दैछन् ?

प्रकाशित
504
SHARES

काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशनमा सोमबार बिहानबाट मतदान हुँदैछ। सभापतिमा उम्मेदवार रहेका पाँचजनामध्ये अहिले बढी चर्चामा रहेका शेरबहादुर देउवा, डा. शेखर कोइराला र प्रकाशमान सिंह नै हुन्।  यी तीनमध्ये कसले सभापतिमा जित्नेछन् भन्ने विभिन्न कोणबाट विश्लेषण भइरहेको छ।

शेरबहादुर देउवा र डा. शेखर कोइराला पहिलो चरणमै आफू बिजयी हुने ठोकुवा गरिरहेका छन् भने बाँकी सभापतिका दावेदारहरुमध्ये बिमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले पहिलो चरणमा कसैले ५० प्रतिशत टपाउन नसक्ने जीकिर गरिरहेका छन्।

पहिलो चरणमा वा दोस्रो चरणमा आखिर जीत्न त कसले जीत्छ भन्ने कुरा नै यहाँ महत्वपूर्ण हो। धेरैले अनुमान गरेको के हो भने पहिलो चरणमा कसैको ५० प्रतिशत मत नपुगे पनि शेरबहादुर देउवा प्रथम स्थानमा र डा. शेखर कोइराला दोस्रो स्थानमा आउनेछन्।

त्यसपछि दोस्रो चरणमा बिमलेन्द्र निधिले आफू देउवालाई समर्थन नगर्ने बताइसकेका छन्। तर के निधिले भनेको उनका समर्थकहरुले मान्दछन् त ? प्रदेश २ को लागि केन्द्रीय सदस्य प्यानलबाट उठाउन नसक्ने निधिलाई अब पाँच सभापतिका दावेदारहरु मध्ये सबैभन्दा कम मत आउने उम्मेदवारको रुपमा हेरिएको छ।

निधिलाई कल्याण गुरुङले नै पछि पार्ने हुन कि भन्ने अडकल गरिदैछ। त्यसैले निधिले जुन किसिमले पहिलो चरणको निर्वाचन नहुँदै आफ्नो समर्थन देउवासँग प्रतिस्पर्धा गर्नेलाई हुनेछ भन्नुको तात्पर्य अब उनलाई समर्थन गर्नेहरु झन बिच्किएका छन्।

निर्वाचनको मनोविज्ञान पनि के हो भने मतदाताले जो जीत्दैछ भन्ने हल्ला सुन्दछ उतै तिर मत दिन्छ। हल्लाको मत केही प्रतिशत पाइन्छ नै त्यसैले पहिलो चरणमै जीत्ने रणनीतिमा रहेका शेरबहादुर देउवाले कृष्णप्रसाद सिटौला,

बिजयकुमार गच्छदार र सुनिल थापाको पक्षको थप मत पाउँछन् नै । बिमलेन्द्र निधिले बिगार्नसक्ने भोट पनि निधि हार्ने नै हो भने किन उनलाई दिने भन्न थालेका छन्। अर्को तर्फ डा. शेखर कोइरालालाई कोइराला परिवारको एकजनामात्र उम्मेदवार भएमा जीत्न सजिलो पर्दछ भनिएको थियो।

त्यसमा उनी कोइराला परिवारको एकल उम्मेदवार हुन सफल भएका छन्। जीत्ने एक लक्षण त पुरा नै भयो। तर गिरिजाप्रसाद कोइरालाको छोरी सुजाता कोइराला प्रकाशमान सिंहको समुहबाट उपसभापतिमा उठेपछि गिरिजा कोइराला भक्तहरुले जतिसुकै हालतमा पनि सुजाता कै कुरा सन्दछन्।

त्यसैले कतै कोइराला परिवार भित्रको आन्तरिक खिचलोले भित्रभित्रै भुसभुसे आगोको काम त गर्ने होइन भन्ने आंकलन गर्नेहरु पनि प्रशस्त छन्। हो, शशांकले प्रकाशमान सिंहलाई उपत्यका बाहिर कसैले चिन्दैन भनेर दिएको अभिव्यक्तिबाट चिढिएका सिंहलाई कोइराला परिवारसँग बदला लिनु पर्ने छ।

यसले गर्दा दोस्रो चरणको निर्वाचनमा प्रकाशमानले डा. शेखरलाई सहयोग गर्ने सम्भावना न्यून छ। पश्चिममा जो जो डा. शशांकका मानिसहरु छन् उनीहरु शशांकको पछि शेरबहादुर देउवालाई नै मान्दछन्। त्यसैले शशांकले भनेकै भरमा सबै मत डा. शेखरले पाउँदैनन्।

डा. शशांकलाई पश्चिममा स्थापित गर्नका लागि शेरबहादुर देउवाको समेत योगदान रहेको स्वयं कोइरालाले नै बताउँदै आएका छन्। यसले गर्दा अहिलेको मतदाताहरु कसैले भनेकै भरमा कतैतिर ओइरिने प्रबृत्तिका छैनन्।

त्यसैले चाहे देउवा हुन वा कोइराला दुबैले जुन जोडघटाऊ गरेर बसिरहेका छन् त्यो प्राप्त नुहने संकेत देखिएको छ। काँग्रेसका मतदाताहरु मध्ये केही घरबाट राजधानी आउँदै यसलाई मत दिन्छु भनेर खेमा छुट्टाएर आएका छन्।

तर करिब ३० प्रतिशत मतदाता रातारात परिवर्तन हुने खालका छन् । उनीहरु सबैको कुरा सुन्दैछन् र अन्तिममा कसलाई मत दिने आफै निर्णय गर्नेछन्। त्यस्ता मतदाताहरुले बुझ्नु पर्ने कुरा के छ भने नेपालको राजनीतिमा क्षेत्रीय सन्तुलन मिलाउनका लागि सुदुर पश्चिमका लाई पनि कुनै पार्टीको सभापति बनाउनु पर्ने देखिन्छ ।

जस्तो की एमाले र राप्रपाको सभापति दुबै झापाको भएपछि काँग्रेसको पनि पूर्वबाटै सभापति बनाइयो भने नेपालको भौगोलिक आधारमा राजनीतिक सन्तुलन गुम्न सक्छ। त्यसैले अब नेपाली कांग्रेसको सभापति सुदुर पश्चिमबाट आवश्यक छ।

यसका लागि शेरबहादुर देउवालाई सभापति बनाउनु पर्दछ भन्नेहरु छन्। तर कोही भने विराटनगर राजनीतिक शहर हो, यहाँकै व्यक्तित्वलाई सभापति बनाउनु पर्दछ भन्दैछन् भने कोही राजधानी काठमाडौंका प्रकाशमान सिंहलाई यसपटक अवसर दिऔं भन्दैछन्।

भनिन्छ नेपालमा सूर्य पनि अस्ताउनका लागि मात्र सुदुर पश्चिम जान्छ । अर्थात विकास र अवसरहरु सबैभन्दा पछि सुदुर पश्चिम पुग्दछ। यसले पश्चिममा नागरिकहरु घाटामा छन्। शेरबहादुर देउवालाई एकपटक फेरी सभापतिमा जीताएर विकास र अवसर केही बर्ष अझ सुदुर पश्चिममा लान आवश्यक छ भन्ने तर्क दिनेहरु पनि छन्।

पुस्ता हस्तान्तर गर्ने कुरा सभापतिमा भन्दा अन्य पदाधिकारी र सदस्यहरुमा बढी जोडतोडले उठेको छ। अमेरिकाका राष्ट्रपति भन्दा त शेरबहादुर देउवा उमेरले कान्छो हुन । अमेरिकाले विश्व हाँक्दा देउवाले नेपाल नहाक्ने कुरै आएन भन्नेहरु पनि छन्।

यहाँ शेरबहादुर देउवामा पेलेर होइन मिलाएर लाने प्रबृत्ति छ भन्नेहरु पनि छन्। यसका लागि कृष्णप्रसाद सिटौलालाई मिलाउन सकेको तर्क गर्नेहरु छन्। कोइराला परिवार त त्यसैपनि एक हुने नै थियो, भयो पनि।

तर, देउवाले प्रदेश नं. २ मा आफ्नो प्यानलका दुई केन्द्रीय सदस्यलाई निर्विरोध बनाउन सक्नुको पछाडी सबैलाई मिलाउन सक्ने रणनीति भएकाले हो भन्ने तर्क दिनेहरु पनि छन्। यसले प्रदेश २ जहाँ धेरै भोट छ।

त्यहाँ पुरुषको दुई सिटमा अरु सभापतिका दावेदारहरुले उम्मेदवार खडा गर्न नसक्नुले मिलाउन नसकेको वा उनीहरुलाई प्रदेश २ ले नटेरेको भन्ने प्रष्ट छ ।सबैलाई मिलाएकैले देउवाले पाँच दलिय गठबन्धनमा काँग्रेसको तर्फबाट रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई समावेश गरेर उदारता देखाएका छन्।

त्यसैगरी प्रदीप पौडेललाई आफ्नो समुहमा महामन्त्री र उमाकान्त चौधरीलाई सहमहामन्त्री दिएर मिलाउने प्रयास गरेकै हुन्। यी उदाहरणहरुले अरु प्रतिस्पर्धीभन्दा देउवा टाक्कटुक्क पार्नका लागि माहिर खेलाडी हुन भन्न सकिन्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ