आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

निर्वाचन समितिले सच्यायो सूची, उम्मेदवारी फिर्ता लिने ५८ जना मात्रै

प्रकाशित
373
SHARES

काठमाडौ। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय सकिएको छ। थप गरिएको समय दिउँसो १ बजेसम्म पदाधिकारीसहित ५८ जनाले मनोनयन फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ।

प्रारम्भमा ६० जनाले फारम भरे पनि हस्ताक्षर गर्ने बेलासम्म ५८ जनामात्रै भएको समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए। एक सय ३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका थिए।

जसमध्ये आइतबार दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी थारुतर्फ सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन्। चौधरीले संस्थापन पक्षबाट उम्मेदवारी दिएका थिए।

तर, संस्थापनको प्यानलमा बाराका उमाकान्त चौधरीले मनोनयन दर्ता गरेकाले सभापति शेरबहादुर देउवाको आग्रहमा सुरेन्द्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। उमाकान्त कृष्णप्रसाद सिटौला पक्षबाट सहमहामन्त्रीको उम्मेदवार बनेका हुन्।

पदाधिकारीबाहेक ५५ जना केन्द्रीय सदस्यका प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन्। कांग्रेसमा खुला, आरक्षित, महिला, दलित, मुसलमान, पिछडिएको क्लस्टरतर्फका ५५ केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन्।

तेस्तै, नेकपा एमालेको बैठकमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ४४ जनालाई केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेका छन्।अध्यक्ष केपी शर्मा ओलीले झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा सञ्चालक प्रसाईँसहित ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रस्ताव गरेका हुन्।

छलफलबिनै प्रस्ताव पुगेको भन्दै नेतृ अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण विष्टलगायतले भने विरोध गरेका छन्। सोमबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले मनोनितको नाम प्रस्ताव गरेका हुन्।

विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनितका लागि प्रस्ताव गरिएको जनाइएको छ। मनोनितका लागि प्रस्तावितहरूमा प्रसाईँसहित एमालेका प्रमुख सचेतक विशाल भट्टराई, लालबाबु पण्डितदेखि विद्यार्थी नेता ऐन महरसम्म छन।

प्रसाई मेडिकल व्यवसायी हुन्। उनी माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए। पण्डित पदाधिकारीमा नाम नपरेपछि एमालेको महाधिवेशन नै छाडेर हिँडेका थिए। विगतमा उनी एमालेमा माधवकुमार नेपाल निकट थिए।

यस्तै दल फडेरा, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार,

भीम केसी, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक र विषमलाल अधिकारी छन्। यस्तै महिलातर्फ इन्दिरादेवी गौतम,

सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाई, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सन्जाल, शान्ति अधिकारी, रुक्मीणि राठा, सरस्वती यादव, तारादेवी गुरुङ र गीता कार्की छन्।

प्रतिक्रिया