आज : गते

ताजा शिर्षकहरु

देउवा प्यानलले खाता खोल्यो, दुई जना निर्विरोध निर्वाचित

प्रकाशित
560
SHARES

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौँमा जारी छ। जारी महाधिवेशनमा देउवा प्यानलले खाता खोलेको छ। केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन्।

प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन्। यो क्लस्टरबाट जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए।

ढुंगाना र रिजाल दुबै संस्थापन पक्षका हुन्। कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो। उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म थियो।

आजै सवा १२ बजे अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान आठ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका छ। यहि अवधिमा केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

विश्वकर्माले दलित खुला तर्फबाट शनिबार मनोनयन दर्ता गराएका थिए। उनले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम हटाइदिन आग्रह गरेका छन्।

पाँच जना दलित खुला केन्द्रीय सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका थिए। कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता भएको थियो । तेस्तै, नेपाली काग्रेसको १४ औँ महाधिवेशन जारी।

सो महाधिवेशनमा नेतृत्वको रेसबाट बाहिरिएका रामचन्द्र पौडेल एकाएक शक्तिशाली बनेका छन्। उनलाई भेट्न प्रधानमन्त्री तथा सभापतिका उम्मेदवार शेरबहादुर देउवा उनकै निवास बोहोराटार पुगेका छन्।

देउवाले पौडेललाई भेटेपछि राजनीतिक समिकरण बदलिएको छ। भेटमा देउवाले पौडललाई राजनीतिबाट अलग हुने कुनै अप्रिय निर्णय नलिन अनुरोध गरेका छन्। अझै पनि राष्ट्रिय राजनीतिमा पौडेलको भूमिका आवश्यक रहेको भन्दै,

देउवाले सम्झाइ बुझाइ गरेको बोहोराटार निकट स्रोतले जनाएको छ। सभापतिको उम्मेदवार समेत रहेका देउवाले पौडलसँग आफूलाई सभापतिमा सहयोग गर्न आग्रह पनि गरेको बताइएको छ।

शेखर कोइरालाको नेतृत्वमा युवाहरुको सशक्त टिम बने पछि दबावमा रहेका देउवाले आफूलाई सभापतिमा सहयोगगर्न आग्रह गरेका छन्।देउवाले आफूलाई जिताए पौडललाई राष्ट्रपति बनाइदिने प्रलोभन समेत देखाएको श्रोतको दावि छ।

देउवाले पौडेललाई भेट्नु र राष्ट्रपतिको प्रलोभन देखाउनुलाई देउवाको कठोर निर्णयका रुपमा हेरिएको छ। भेटका क्रममा देउवाले राष्ट्रका लागि तपाईको आवश्यकता रहेकाले राजनीतिबाट बाहिर हुने कुरा नगर्न आग्रह गरेका थिए।

साथै देउवाले आफ्नो स्वास्थ्यको ख्याल राख्न पनि आग्रह गरे। जवाफमा पौडेलले महाधिवेशनमा सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखिएपछि प्रक्रियाबाट बाहिरिएको बताए।

‘महाधिवेशनमा मेरो सिद्धान्त आदर्श विपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको हुँ, उनले भने, प्रतिस्पर्धा रहनुभएका साथीहरूले कांग्रेसलाई कांग्रेस जस्तो बनाउनुस्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ