आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादीलाई हराउन सक्ने तागत कोहीसँग छैनः प्रचण्ड

प्रकाशित
1.7K
SHARES

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्दै अध्यक्ष दाहालले भने, माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग छैन। हामी अरूजस्तो पार्टी होइन,

राष्ट्र र जनताका लागि काम गर्ने पार्टी हो। उनले सबै तह, तप्कामा आक्रामक ढङ्गले गयौं र जनतालाई विश्वासमा लियौं भने आफू नेतृत्वको पार्टी एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गरे।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसरका बीचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल भइने बताए।सात प्रदेश र दुइटा गैरभौगोलिक,

प्रदेशको सम्मेलनलाई श्रव्यदृश्यका माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीभित्र रहेको अलमललाई हटाएर नयाँ विचारका साथ क्रान्तिकारी बनाएरै छाडिने बताए।

अध्यक्ष दाहालले पार्टीमा कमीरकमजोरी रहेको र त्यसलाई सच्याएर क्रान्तिकारी र जनपक्षीय पार्टीका रूपमा रूपान्तरण गर्नुपर्ने दोसाँधमा रहेको उल्लेख गरे।

नयाँ विचारसहित आफ्नै खुट्टा उभिऔं’: अध्यक्ष दाहालले पार्टीलाई आफ्नै सङ्गठन, आफ्नै विचारसहित आफ्नै खुट्टामा उभिने बनाउनु नै तत्कालको आवश्यकता रहेको उल्लेख गरे।

अध्यक्ष दाहालले हामी आफैं दुविधामा परेका कारण हेपिएको भन्दै अब माओवादीलाई कोही कसैले पनि प्रश्न उठाउन नसक्ने गरी सबल र सक्षम बनाउने दृढता व्यक्त गरे।

अध्यक्ष प्रचण्डले भने, ‘विश्वमा हाम्रो मात्रै पार्टी त्यस्तो ठाउँमा छ, जसले विचारलाई विकास गर्ने सम्भावना पनि बोकेको छ। अहिलेका चुनौतीको सामाना गर्ने आधार पनि बोकेको छ र क्रान्तिको नयाँ मोडल हामी आफैंले खोजी गर्नुपर्छ।

अध्यक्ष दाहालले विचार, संगठनमा नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि माओवादी नै भएको स्पष्ट पारे।उनले एमालेको हालै चितवनमा सम्पन्न भएको महाधिवेशनलाई पञ्चर्‍यालीको संज्ञा दिए।

पञ्चायतकालको अन्त्यतिर पनि ठूला–ठूला पञ्चर्‍याली हुने गरेको स्मरण गर्दै अध्यक्ष दाहालले विचारको बहस नहुने, व्यक्तिपूजा मात्रै हुने भेला तथा सम्मेलनको कुनै अर्थ नभएको बताए।

अध्यक्ष दाहालले नेपाली कांग्रेसको जारी महाधिवेशन पनि हेरिरहेको उल्लेख गर्दै त्यहाँ पनि राष्ट्र कस्तो बनाउने भन्नेतिर बहस नभएको आरोप लगाए।

तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नेपाली कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भीड जम्मा गर्ने थलोमात्रै भएको टिप्पणी गरेका छन्।

शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले एमाले र कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको बताएका हुन्।

एमाले अधिवेशनलाई पञ्चयालीको संज्ञा प्रचण्डले एमाले अधिवेशन विचारहीनता र विचार शून्यताको अधिवेशनको रुपमा सम्पन्न भएको बताए। तपाईं हामी सबैले देख्यौं नि,

त्यहाँ कुनै प्रस्ताव माथि छलफल भयो रु कुनै विचारमा बहस भयो रु त्यहाँ माक्र्सवादको म पनि उच्चारण गरियो नेतृत्वबाट कहीँ  समाजवादको कुरा गरियो भन्दा कहीँ केही छैन।

त्यहाँ व्यक्ति पूजाको कुरा गरियो। व्यक्तिको अन्धताको प्रचार गरियो। र सिद्धान्तहीनताको प्रदर्शन गरियो’ प्रचण्डले एमालेबारे भने। त्यस्तै अहिले चलिरहेको नेपाली कांग्रेसको,

अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै उनले आलोचना गरे। उहाँहरुको त झन् विचार, सिद्धान्त, सम्मेलन भनेको हिजो उद्घाटन भयो,

आज नोमिनेसन हुन्छ, भोलि फिर्ता लिने गर्ने हुन्छ। पर्सि चुनाव हुन्छ सिद्धियो। त्यहाँ राष्ट्र कस्तो बनाउने रु कसरी लैजाने  हाम्रो संविधानले भनेको समाजवादउन्मुख राज्य कसरी बनाउने होला भन्नेतिर बहस छैन’ उनले भने।

प्रचण्डले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको बताए। आगामी राष्ट्रिय सम्मेलनबाट २१ औँ शताब्दीलाई सुहाउँदो नयाँ विचार,

लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने उनको भनाइ छ। हाम्रो अबको गन्तव्य क्लियर नदेखिनु, नेताको दिमागले पनि, कार्यकर्ताको दिमागले पनि अब हाम्रो हिँड्ने बाटो यही हो।

भन्ने कुरा प्रष्ट नदेखिनु नै हामी सबैको समस्या हो अहिले। हामी सबैको समस्या गन्तव्य क्लियर चित्र देखिदैन। हेर्न खोज्यो चित्र धमिलो हुन्छ।

हेर्दै गयो भने अध्याँरो देखिन्छ’ उनले भने। माओवादी अस्पष्ट भएका कारण हेपिनुपरेको भन्दै प्रचण्डले माओवादीलाई हराउने तागत नेपालमा कसैको नभएको दाबी गरे।

प्रतिक्रिया

आजको ट्रेन्डिङ