आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतीय सेनाप्रमुखलाई पशुपतिनाथको चन्दन, नेपाली ब्राह्मणले गराए अन्तिम संस्कार

प्रकाशित
1K
SHARES

एजेन्सी। हेलिकप्टर दुर्घटनामा मृत्यु भएका भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको पार्थिव शरीरलाई अन्तिम संस्कारअघि पशुपतिनाथको चन्दन लेपन गरिएको छ। रावतको शुक्रबार अन्तिम संस्कार गरिएको हो।

रावतको अन्तिम संस्कारको लागि नेपाली सेनाले समेत तीन स्टार जनरललाई सहभागिताको लागि पठाएको थियो। नेपालबाट तीन स्टार जनरल बालकृष्ण कार्की जनरल रावतको अन्तिम संस्कारका लागि दिल्ली गएका थिए।

जनरल कार्कीले जनरल रावतको अन्तिम संस्कारको लागि पशुपतिनाथको चन्दन साथमा लिएर दिल्ली गएका थिए।जनरल बिपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिइएकोले उनलाई नेपाली सेनाले यति उच्च सम्मान दिएको हो।

नेपाल र भारतबीच एक अर्काका सेनापतिलाई मानार्थ महारथीको उपाधि दिने प्रचलन रहँदै आएको छ । जनरल रावत पहिले भारतको स्थल सेना प्रमुख रहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई २०७३ चैत १६ मा नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिएकी थिइन्।

जनरल बिपिन रावतको अन्तिम संस्कार समेत नेपाली पण्डितले गराएका छन् । नेपाली पण्डितले हिन्दू परम्पराअनुसार जनरल रावतको अन्तिम संस्कार गराएका हुन्।

उल्लेखनीय कुरा के भने रावत स्वयं भारतीय सेनाको गोर्खाली थिए। जनरल रावत भारतीय सेनामा नेपालीले प्रतिनिधित्व गर्ने गोर्खा राइफल्सकै प्रतिनिधि थिए।

उत्तराखण्डको गढवालमा जन्मिएका रावत भारतीय सेनामा ११ गोर्खा राइफल्सको पाँचौं बटालियनबाट प्रवेश गरेका थिए । गढवाल त्यो क्षेत्र हो जुन एक समय नेपालको थियो।

पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानका क्रममा गढवाल नेपालको थियो। पछि नेपाल–अंग्रेज युद्धपछि भएको सुगौली सन्धिमा नेपालले यो भूभाग गुमाएको थियो।

तेस्तै, भारतीय रक्षा प्रमुख विपिन रावतका सुरक्षाकर्मी दार्जिलिङका नेपाली भाषी सतपाल राईको पनि हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ। यसैहप्ताको बुधबार भारतको तमिलनाडु राज्यको कुन्नुरमा,

एउटा सैन्य विमान दुर्घटना हुँदा त्यसमा सवार १४ मध्ये १३ को ज्यान गएको थियो।सो हेलिकप्टरमा भारतका पूर्व सेनापति तथा हालका रक्षा प्रमुख रहेका विपिन रावत पनि सवार थिए।

दुर्घटनामा रावतसँगै नेपाली भाषी दार्जिलिङका सितपाल राईको मृत्यु भएको टेलिग्राफ इन्डियाले जनाएको छ। राई दार्जिलिङको तकदा चिया कमान निवासी थिए।

खबरअनुसार भारतीय सेनाको गोर्खा रेजिमेन्टमा हबलदार पदमा रहेका राई रक्षा प्रमुख रावतका नीजि सुरक्षाकर्मी थिए।परिवारका अनुसार सतपालले दुर्घटनापूर्व बुधबार बिहान आफ्नो छोरा विकल राईलाई,

फोन गरेर तमिलनाडु गइरहेको जानकारी गराएका थिए। सतपालका एक मात्र छोरा विकल राई पनि भारतीय सेनामै कार्यरत छन्। राईको पार्थिव शरीर आज शुक्रबार दार्जिलिङमा अत्येष्टी गरिनेछ।

तेस्तै, भारतीय रक्षा प्रमुख बिपिन रावत र उनकी श्रीमती मधुलिकाको शुक्रबार अन्त्येष्टी गरिएको छ। दिल्लीको कैन्ट क्षेत्रमा अन्तिम संस्कार गरिएको बीबीसीहिन्दीले जनाएको छ।

सो क्रममा रावतका दुई छोरी क्रितिका र तारिणी रावतले दागबत्ती दिएका थिए। रावतका सन्तानको रुपमा यी दुई सन्तान हुन्। गत बुधबार सैन्य हेलिकप्टर दुर्घटना हुँदा रावतसँगै १३ जनाको मृत्यु भएको थियो।

अन्तिम संस्कारका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाहजस्ता शीर्ष नेता अन्त्येष्टीस्थल पुगेका थिए।

प्रतिक्रिया