आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कुनै प्यानलमा नअटाएका विश्वप्रकाशले अब सबैलाई देखाइदिने, बाहिरियो भित्री तयारी

प्रकाशित
1.4K
SHARES

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नै सुर गर्ने संकेत गरेका छन्। उनले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका थिए।

प्रवक्ता विश्वप्रकाश शर्मा कुनै पनि प्यानलमा अटेका छैनन्। सभापति शेरबहादुर देउवा पक्षबाटै महामन्त्रीको उम्मेदवार हुने अपेक्षा गरेका शर्मा त्यहाँ अट्न सकेनन्।

देउवाको प्यानलमा अट्न नसकेपछि इतर पक्षका प्यानलबाट महामन्त्रीमा उठ्ने चर्चा चलेको थियो। नेता डा शेखर कोइराला नेतृत्वको प्यानलबाट शर्मा महामन्त्रीको उम्मेदवार हुने चर्चा पनि चलेको थियो।

तर, डा कोइरालाको प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार बन्ने भएका छन्। उम्मेदवारी दर्ताको समय घर्किँदै जाँदा शर्मा कुन प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन्छन् भन्ने टुंगो लाग्न सकेको छैन।

यद्यपि नेता प्रकाशमान सिंहको प्यानलमा महामन्त्रीको उम्मेदवारका लागि स्थान खाली छ। तर, शर्मा निकट नेताहरु भने उनी प्रकाशमानको प्यानलमा जाने सम्भावना कमै रहेको बताउँछन्।

उम्मेदवारी दर्ताका लागि प्यानलमै अटाउनुपर्छ भन्ने छैन। उहाँप्रति सबैको सुभेच्छा छ, शर्मा निकट एक महाधिवेशन प्रतिनिधिले भने, उहाँले स्वतन्त्र रुपमा पनि महामन्त्रीको उम्मेदवारी दिन सक्नुहुन्छ।

यता, देउवा समूहलाई ठूलै धक्का लागेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले त्यहाँबाट विद्रोह गर्ने पक्का भएपछि देउवा झस्किएका हुन्। संस्थापन पक्षमा नेता कृष्णप्रसाद सिटौलाको औपचारिक प्रवेश भएपछि विश्वप्रकाश तातेका छन्।

१३ औं महाधिवेशनदेखि नै सभापति शेरबहादुर देउवा पक्षमा रहेका प्रवक्ता शर्माले १४ औं महाधिवेशनमा पार्टी महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

तर, संस्थापन पक्षले सिटौलालाई टिममा राख्न प्रदीप पौडेललाई महामन्त्री बनाउने निश्चय गरेपछि शर्माले देउवा समूह त्याग्ने निश्चित भएको हो। नेपाल विद्यार्थी संघका पूर्वसभापति शर्मा कांग्रेस प्रवक्ताका रुपमा कार्यरत छन्।

युवा पुस्तामाझ लोकप्रिय शर्मालाई संस्थापन पक्षबाटै महामन्त्री उम्मेदवार बनाउने आशामा देशव्यापी अभियानमा उनी लागेका थिए। तर, अन्तिम समयमा सिटौला समूह संस्थापनमै मिसिएर,

शर्माको ठाउँमा प्रदीप पौडेल अघि आएपछि शर्माले देउवा समूह छाड्ने टुंगो गरेका हुन्। सिटौलाले महामन्त्रीमा शर्मालाई रोक्न जोडतोडले भूमिका निर्वाह सुरू गरिसकेका थिए।

शर्मानिकट कांग्रेस एक केन्द्रीय सदस्यले भने, ‘त्यसमा देउवा पनि सहमत देखिएको छ। अब उहाँले समूहबाट विद्रोह गर्ने निश्चित भएको छ। शर्माले देउवा समूहमा विद्रोह गरेर शेखर कोइराला वा प्रकाशमान,

सिंहको प्यानलमध्ये कता साथ दिने टुंगो भइनसकेको ती नेताले बताए। उनका अनुसार दुबै पक्षबाट शर्मालाई प्रस्ताव आएको छ तर टुंगो लगाउन छलफल जारी छ।यसबारे प्रवक्ता शर्माले विस्तृत बोल्न मानेनन्।

हामी छलफलमा छौं, उनले भने, अब केहीबेरमा निर्णयमा पुग्नेछौं। प्रवक्ता शर्मा अहिले झापासहितका विभिन्न जिल्लाका आफू पक्षीय महाधिवेशन प्रतिनिधिहरूसँगको छलफलमा छन्।

छलफलको निष्कर्ष आएपछि टुंगोमा पुग्ने शर्मा समूहका नेताहरूले बताएका छन्। प्रदेश १ का अधिकांश नेताहरू भने संस्थापनइतर समूहबाट विश्वप्रकाश र गगन थापालाई एकै टिमबाट महामन्त्रीको उम्मेदवार बनाउने लबिङमा छन्।

यसबारे तयारी व्यापक भइरहेको छ, मोरङ कांग्रेसका एक नेताले भने, गगन र विश्वप्रकाशलाई महामन्त्री बनाएर शेखर कोइरालालाई अघि बढ्न दबाब उच्च छ। उहाँ पनि सकारात्मक हुनुहुन्छ।

प्रतिक्रिया