आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादी प्रदेश अधिवेशन सुरु, अध्यक्ष प्रचण्डले गरे उद्घाटन

प्रकाशित
1.4K
SHARES

काठमाडौँ। नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन सुरु भएको छ। सात भौगोलिकसहित अन्य प्रदेशको एकैपटक भर्चुअल रुपमा अधिवेशनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पानसमा वत्ति बालेर उद्घाटन गरेका हुन्।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन सुरु भएको हो।

अधिवेशनले सवै प्रदेशमा नौ पदाधिकारीसहितको नयाँ प्रदेश कमिटी गठन गर्नेछ। प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय चयन हुनेछन्।

प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति बन्नेछन्।

विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन्। माओवादी केन्द्रले गत मङ्सिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो। माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौमा हुँदैछ।

तेस्तै,  नेपाली काँग्रेसको १४औं महाधिवेशनको शुक्रबारबाट काठमाडौँमा सुरु भएको छ। चार दिनसम्म चल्ने महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरे ।

काँग्रेस महाधिवेशनको शुभकामना दिन स्वदेशसहित विदेशी राजनीतिक दलका नेताहरू समेत उपस्थित भएका थिए। हाधिवेशन समारोहलाई सम्बोधन गर्दै काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारमा जनताले डर,

त्रासको अनुभव गरेको भन्दै आफूले जनतालाई त्यो डर, त्रासबाट मुक्त गराएको दाबी गरे । देउवाले भने, ‘जनताले केपी ओलीको शासनबाट मुक्ति पाएका छन्। अब त्यो मुक्तिलाई कायम राख्ने कि नराख्ने भन्ने कुरा तपाईँहरूको हातमा छ।

उनले आफूलाई पार्टी सभापतिमा जिताउन आग्रह गर्दै कार्यकर्तालाई भने, ‘आउँदो सरकार काँग्रेसको हुन्छ, गाउँदेखि माथिसम्म। त्यो मेरो जिम्मा भयो।

पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट कुनै किसिमको मनमुटाव राख्न नहुने पनि उनले बताए। उनले भने, ‘भोलि चुनाव आउँछ, आन्तरिक निर्वाचनमा भएको मनमुटावले आगामी स्थानीय तहको र राष्ट्रिय निर्वाचनमा कुनै असर नगरोस्।

उनले अब तीनै तहमा काँग्रेसको सरकार हुने दाबी गर्दै त्यसका लागि आफूलाई जिताउन कार्यकर्तालाई आग्रह गरे।महाधिवेशन समारोहलाई सम्बोधन गर्दै काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारमा जनताले डर,

त्रासको अनुभव गरेको भन्दै आफूले जनतालाई त्यो डर, त्रासबाट मुक्त गराएको दाबी गरे। देउवाले भने, ‘जनताले केपी ओलीको शासनबाट मुक्ति पाएका छन्। अब त्यो मुक्तिलाई कायम राख्ने कि नराख्ने भन्ने कुरा तपाईँहरूको हातमा छ।

उनले आफूलाई पार्टी सभापतिमा जिताउन आग्रह गर्दै कार्यकर्तालाई भने, ‘आउँदो सरकार काँग्रेसको हुन्छ, गाउँदेखि माथिसम्म। त्यो मेरो जिम्मा भयो।

पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट कुनै किसिमको मनमुटाव राख्न नहुने पनि उनले बताए। उनले भने, ‘भोलि चुनाव आउँछ, आन्तरिक निर्वाचनमा भएको मनमुटावले आगामी स्थानीय तहको र राष्ट्रिय निर्वाचनमा कुनै असर नगरोस्।

उनले अब तीनै तहमा काँग्रेसको सरकार हुने दाबी गर्दै त्यसका लागि आफूलाई जिताउन कार्यकर्तालाई आग्रह गरे।त्यसैगरी काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले कसैका एजेण्डा बोक्न जरुरी नभएको बताए।

उनले काँग्रेसकै एजेण्डा सही ढङ्गले अघि बढाउन सके प्रतिपक्षसँग प्रतिस्पर्धा गर्न सक्ने भन्दै पार्टीभित्र जहिले पनि एकताका लागि आफूले प्रयास गरेको भन्दै अन्याय सहेर पनि एकताबद्ध राख्ने कोसिस गरिरहेको दाबी गरे।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरङ्कुशता र तानाशाही जन्माउने षडयन्त्र भइरहेको भन्दै त्यसतर्फ सचेत रहनुपर्नेमा जोड दिए।

उनले नेताहरूमाथि जनताको दृष्टिकोण राम्रो नभएको भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको भनाइप्रति लक्षित गर्दै उनले भने, ‘यहाँ निरङ्कुशता र तानाशाही जन्माउने षड्यन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ । कहीँ न कहीँ तानाशाही त्यसरी नै आउने गर्छ । त्यसकारण हामी सतर्क हुन जरुरी छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि लिङदेनलाई पूर्व राजाका प्रतिनिधिका रूपमा लिँदै पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न सुझाव दिए। ‘राजाले कि राजनीतिक पार्टी खोल्नुस्, कि व्यापार गर्नुस्’नेता नेपालले राजतन्त्र फर्किन्छ भन्ने सपना नदेख्न चेतावनी दिए।

कार्यक्रममा लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्त ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा मालेका महासचिव सीपी मैनाली, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतको महाधिवेशन सफलताको शुभकामना दिएका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ