आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डले औंला देखाउँदै ओलीलाई के भने ?

प्रकाशित
767
SHARES

काठमाडौं। नेपाली कांग्रेसको १०औं महाधिवेशन काठमाडौँमा जारी छ। पहिलो दिनको उद्घाटन सत्रमा विभिन्न दलका शिर्ष नेताहरु एउटै मन्चमा देखिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली १ बर्षपछि एउटै मन्चमा देखिए। त्यस्तै एमाले फुटाएर बनेको नेकपा,

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल पनि ५ महिना पछि ओलीसँग एउटै मन्चमा देखिए। संसद विघटन र नेकपा विभाजनपछि नेकपा एमालेका,

अध्यक्ष ओलीसँग माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालको सम्बन्ध हार्दिकतापूर्ण छैन।उनीहरुले संसद विघटनयता मञ्च सेयर गरेका थिएनन्।

तर शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा भने उनीहरु एउटै मञ्चमा बसे। तर ओली र माधव नेपालबीचको तिक्तता मञ्चमा पनि देखियो भने ओली र प्रचण्डले आपसमा संवाद र हाँसो ठट्टा गरे।

प्रचण्डले मन्तव्य राखेर फर्किँदै गर्दा ओलीले ताली बजाए, त्यस क्रममा उनीहरुबीच हाँसो ठट्टा भएको थियो। मञ्चमा बसिसकेपछि पनि उनीहरुले संवाद गरेका थिए।

प्रचण्डले अब हाम्रो भेट संसदमा हुने छ भनेका थिए। ओलीको ठिक पछि बसेका एक नेताका अनुसार संवादमा कायम गतिरोध अन्त्य गर्नका लागि प्रचण्डले ओलीलाई आग्रह गरेका थिए।

तेस्तै, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्षले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षसँग सम्झौता गरेपछि देउवा पक्षमा चरम असन्तुष्टि देखिएको छ।

सिटौला पक्षका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेललाई समर्थन गर्ने निणर्यले आफ्नो पक्षका उम्मेदवारहरुलाई असर गर्ने भन्दै उनीहरु असन्तुष्ट भएका हुन।

पौडेललाई समर्थन गर्नेभएपछि देउवा पक्षबाट एक जना मात्रै महामन्त्रीको उम्मेदवार बन्न पाएने भएकाले अवसरबाट बञ्चित हुने खतराका कारण असन्तुष्टि बढेको नेताहरुले नै बताएका छन्।

विषेश गरेर महामन्त्रीका आकांक्षीहरु बालकृष्ण खाण, प्रकाशरण महत, एनपी साउद, शंकर भण्डारीलगायतका नेताहरु रुष्ट र शशंकित भएका छन्।

नेता भण्डारीले आफूलाई अफ्ट्यारोमा साथ दिएका साथीहरुलाई पाखा लगाउने काम सभापति देउवाले गर्नुहुने छैन भन्ने अभिव्यक्तिसहित घुमाउरो तरिकाले असन्तुष्टि जनाए।

कठिन अवस्थामा र लामो समयदेखि साथ दिएका साथीहरुको अबमुल्यान सभापति देउवाजीले गर्नुहुन्छ भन्ने मलाई लाग्दैन,” नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उनले भने,

उहाँलाई जसरी साथीहरुले साथ दिएका छन, त्यसैगरी उहाँले पनि ती साथीहरुलाई साथ दिनुहुने छ भन्ने मलाई विश्वास छ।प्रदीप पौडेलका कारण देउवा पक्षका नेताको भाग खोसिन लागेको,

आशय सहित उनले घुमाउरो तरिकाले देउवा र सिटौलाबीचको सहमतीप्रति आसहमती प्रकट गरे। आफू सभापति देउवासँगै रहेको दोहोर्याउदै उनले पूर्व महामन्त्री सिटौलालाई बार्गेनिङ गरेर भाग खोस्ने नेताको संज्ञा दिए।

सिटौलाजीको काम नै बार्गेनिङ गर्ने हो,संगठन गर्नु छैन, पार्टीका लागि केही गर्नु छैन, बार्गेनिङ गर्ने भाग खोज्ने सिटौलाजीको चरित्र हो,” नेता भण्डारीले भने।

देशलाई हिन्दु राष्ट्र बनाउनु पर्छ। भन्ने मुल एजेण्डाका साथ आफूले देउवा पक्षबाट पदाधिकारीमा उम्मेदवारी दिने पनि उनको दावि छ। मलाई उम्मेदवार बन्न सकैले रोक्दैन, म उम्मेदवार हुन्छ,

आम काँग्रेस नेता कार्यकर्ताको भावना अनुसारको एजेण्डा मसँग छ। उनले भने। पदिय भूमिका नपाएपनि काम गरेको छु, पद भए धेरै काम गर्छु, पद नपाए कम होला त्यत्ति हो, काँग्रेस नेता शंकर भण्डारीले भने।

प्रतिक्रिया