आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोइराला परिवार फुट्योः प्रकाशमान सभापति, सुजाता उपसभापतिको उम्मेद्धार

प्रकाशित
330
SHARES

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कोइराला परिवार विभाजित भएको छ। केहीअघिसम्म सुजाता कोइराला, डा.शशांक कोइराला र डा.शेखर कोइरालाले कांग्रेस नेतृत्वमा मिलेर जाने सहमति गरेका थिए।

तर, मनोनयन दर्ता गर्नेबेलासम्म कोइराला परिवार नै विभाजित बनेको छ। कोइराला परिवारकी सदस्य सुजाता कोइरालाले प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार दर्ता गराउने भएकी छन्।

केही समयपछि प्रकाशमान सिंह सभापति र सुजाता उपसभापतिको उम्मेदवारी घोषणा हुनेछ। अन्य पदाधिकारीमा भने टुंगो लागिनसकेको प्रकाशमान सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए।

संस्थापन र निधि प्यानलले मनोनयन दर्ता गरेपछि मात्र सिंहले अन्य पदाधिकारीको टुंगो लगाउने भएको छ। उता, शेखर कोइराला समूहले भने गगन थापा र डा.मिनेन्द्र रिजाललाई महामन्त्रीमा उम्मेदवारी बनाउने निश्चित जस्तै भएको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा प्रतिस्पर्धामा देखिने छैनन्। महाधिवेशनको उदघाटन सत्रसम्म पौडेल सभापतिमा उम्मेदवार बन्ने चर्चा थियो।

तर, संस्थापन इतर समूहमा सभापतिका अन्य आकांक्षीले अडान राखेपछि पौडेलले अब राजनीतिक प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन्।

शनिबार बिहान बोहोराटारस्थित आफ्नो निवासमा कार्यकर्तासँग भेट गर्दै पौडेलले जारी महाधिवेशनमा आफू सहभागी भए पनि कुनै पदका लागि उम्मेदवारी नदिने स्पष्ट पारे।

भेलामा गगन थापा, बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडूलगायत नेता उपस्थिति थिए। लामो समयदेखि संस्थापन इतरको समूहबाट सहमतिमा सभापतिको साझा उम्मेदवारी दिने जनाएका थिए।

तर, अन्तिम समयसम्म पनि साझा उम्मेदवार बन्ने अवस्था नभएपछि पौडेलले ‘वाकओभर’ गरेका हुन्। पौडेलले आफू उम्मेदवार नबन्ने घोषणा गरे पनि आफ्नो समर्थन कता हुने भन्ने कुरा भने खुलाएनन्।

उमेरले ८१ वर्ष लागेका पौडेलले अहिलेसम्म आफूले नेता कार्यकर्ताको संरक्षण गर्दै आएको बताएका थिए। आजसम्म मैले जे जसरी नेता कार्यकर्ताको संरक्षण गरें गरें।

आजदेखि तपाईहरू आ-आफ्नो संरक्षण गर्नुहोस्। अब राजनीतिक प्रतिस्पर्धा रहिनँ,’ पौडेलको भनाइ उद्धृत गर्दै भेलामा सहभागी पत्रकार अजयबाबु शिवाकोटीले जानकारी दए।

१३औं महाधिवेशनमा उनी सभापतिका उम्मेदवार भएका थिए। उनले पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए। तर, उनी दोस्रो चरणको मतदानमा पराजित भए।

तेस्तै,  नेपाली कांग्रेसको सभापतिमा कल्याणकुमार गुरुङले उम्मेदवारी दर्ता गरेका छन्। उनले केही समयअघि मात्र सभापतिमा मनोनयन दर्ता गराएका हुन्।नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका,

गुरुङले धेरै अघि पत्रकार सम्मेलन गरेरै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए। संस्थापन पक्षमा रहेका गुरुङ पछि पौडेल समूहमा थिए। उनी कांग्रेस विभाजनपछि नेविसंघको अध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया