आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेस बन्दसत्रमा लफडा: कोही बेहोस, कोही नाराबाजीमा व्यस्त

प्रकाशित
1K
SHARES

काठमाडौँ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन्। उद्घाटन सकिएको केही समय पछि बन्दसत्र सुरु भएको हो।

बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका हुन्। बेहोस भएर लडेका महाधिवेशन प्रतिनिधिलाई प्रहरीले उद्धार गरि अस्पताल लगेको छ।

त्यस्तै, उता बन्दसत्र चलिरहेका बेलामा रामचन्द्र पौडेल पक्षको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको थियो। भित्री बैठक चलिरहदा बाहिर कार्यकर्ताहरुले नाराबाजी गरेका थिए।

सहमतिमा साझा उम्मेदवार तय गर्न दवाव दिँदै भित्र बैठक बसिरहेको बेला कार्यकर्ताहरुले बाहिर नाराबाजी गरेका हुन्।उनीहरुले कुनै पनि हालतमा पौडेल पक्षले साझा उम्मेदवार तय गर्नुपर्ने भन्दै,

तय नगरे ढोकाबाट बाहिरै निस्कन नदिने चेतावनी दिइरहेका छन्। अधिकांश महाधिवेशन प्रतिनधिसमेत बत्तीस पुतलीमै रहेका छन् भने उनीहरुले देउवालाई टक्कर दिन साझा उम्मेदवार जरुरी रहेको बताएका छन्।

पौडेल पक्षमा ४ जना नेताहरु पौडेलसहित प्रकाशमान सिंह, शेखर र शशांक कोइराला सभापतिको आकांक्षी हुँदा सहमति जुटाउन महाभारत भएको छ।अहिले सहमति जुटाउनकै लागि पौडेल पक्षीय,

केन्द्रीय सदस्यसहितका ४ आकांक्षीको बैठक चलिरहेको हो। पौडेल पक्ष बत्तीसपुतलीमा व्यस्त हुँदा भृकुटीमण्डपमा उनीहरुको सहभागिता बिनै बन्दसत्र सकिइसकेको छ।बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित भएको छ।

बन्दसत्रबाट कोषाध्यक्ष सीताकुमारी यादवको आर्थिक प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिको नीति, अुनसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसम्बन्धी प्रतिवेदन पारित भएको हो।

तेस्तै, नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले १३ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवार गगन थापासँग बदला लिएका छन्। अघिल्लो पटक आफ्नै व्यानलबाट महामन्त्रीको उम्मेदवार बनाएका सिटौलाले यस पटक बदला लिएका हुन्।

आजबाट सुरुभएको सत्तारुढ दल नेपाली काग्रेसको चौधौ महाधिवेशनमा नेतृत्व चयनको बिषय निकै पेचिलो बन्दै गएकाबेला सिटौलाले गगनको सछ्टामा अर्कै उम्मेदवार खडा गरेका छन्।

१३ औँ महाधिवशेनमा सिटौला प्यानलबाट महामन्त्रीको उमेदवार बनेका थापाले यस पटक सिटौलालाई छोडेर संस्थापन इतर समूहबाट महामन्त्रीको उममेदवारी दिने घोषणा गरेका छन्। थापालाई यस पटक पनि महामन्त्री बन्न फलामको चिउरा सरह हुने देखिएको छ।

यता गगन थापालाई च्यापेर सानै उमेरमा मन्त्रीसमेत बनाएको, महामन्त्रीमा उमेदवार बनाउँदा पनि पुक्क लात्तीले हानेर गएपछि गगन सँग सिटौला फायर भएका छन्।

यस पटक थापालाई सबक सिकाउँनैका लागि भए पनि अर्का युवा नेता प्रदिप पोडेललाई सिटौलाले काग्रेसको उच्च नेतृत्वमा सेटल गराउँन लागेका छन्।

यस पटक सिटौला सभापतीमा नउठ्ने र उनको कोटाबाट युवा नेता प्रदिप पौडेललाई देउवा प्यानलबाटै महामन्त्रीको उमेदवार बनाउँने तयारी सिटौटाले गरेका छन्।

सिटौलाको सहयोग नपाए सभापती नजितिने हिसाब निकालेर बसेका देउवा सिटौलाको प्रस्तावमा सकारात्मक रहको बताइएको छ ।सिटौलाले भनेझै भएमा यस पटक गगन थापा र विश्वप्रकाश,

शर्माहरुलाई धुलो चटाउँदै युवा नेता प्रदिप पौडलले काग्रेस महामन्त्रीमा इन्ट्री मार्नेछन्। काग्रेसमा निर्णायक मत हातमा लिएर बसेका सिटौलाले आफुलाई साथ दिने सबैलाई नेतृत्वमा स्थापित गराउँने बाचा गरेका छन्।

कांग्रेसमा युवा नेता प्रदीप पौडेललाई कृष्णप्रसाद सिटौलाले अघि सारेका छन् ।आफूलाई लामो समयदेखि साथ दिंदै आएको भन्दै सिटौलाले एक कार्यक्रमकाबीच सिटौला आफ्नो समूहबाट सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

‘म सधैं युवा नेतहरूको पक्षमा छु। हामीसँग रहेर काम गर्नुभएका साथीहरूलाई धोका दिन सकिंदैन’ सिटौलाले घोषणा गरे, ‘यसैले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारमा प्रदीप पौडेल रहेको घोषणा गर्न चाहन्छु्।

’नेता पौडेलले यस अघि नै महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका थिए। १३ औं महाधिवेशनबाट सिटौलाको तर्फबाट गगन थापा महामन्त्रीको उम्मदेवार बनेका थिए। तर, थापाले छोडेपछि सिटौलाले अर्का युवा नेता पौडेललाई १४ औं महाधिवेशनमा महामन्त्रीमा अघि सारेका हुन्।

सिटौलाले प्रदेश अधिवेशनमा संस्थापन देउवा पक्षसँग मिलेर प्रदेशको चुनाव जितेका थिए। तर, महाधिवेशनमा कुन समूहमा खुल्छन् वा आफ्नै समूहलाई अघि बढाउँछन् भन्ने खुलेको छैन। दुवै पक्षले सिटौलालाई तान्ने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ