आज : गते

ताजा शिर्षकहरु

बैंकका हाकिमले महिला कर्मचारीलाई हैरान पारेपछि १४ करोड स्वाहा

प्रकाशित
825
SHARES

एजेन्सी। बैंकमा काम गर्ने महिला कर्मचारीहरु कतिसम्मको हैरानीमा पर्ने गरेका छन् भन्नेको कुराको तथ्य एक कर्मचारीले प्रतिकार गरेपछि खुलेको छ। थाइल्यान्डको एक बैंकमा काम गर्ने महिला कर्मचारीले,

हाकिमको असहैय व्यवहारका कारण प्रतिकार गर्दा १४ करोड घाटा लागेको छ। कतिपय कर्मचारी हाकिमको व्यवहार सहेर बस्नेभएपनि उनले प्रतिकार गर्दा बैंकलाई ठूलो घाटा लागेको हो।

हाकिमले छुचो व्यवहार गर्दासमत जागिरको लोभमा कर्मचारीले सहेर बस्नुपरेको हुन्छ। तर थाइल्यान्डमा ति महिलाले सहिनन्। घटना के थियो भने,

हाकिमले संधै किचकिच गरिरहने। उनको व्यवहारबाट दिक्क भएकी महिलाले बैंकको भण्डारण कक्षमा आगो लगाइदिइन्। त्यही आगो निभाउन बैंकको १४ करोड बढी खर्च भएको छ।

गत ९ वर्षदेखि बैंकमा काम गरिरहेकी ३८ वर्षीया एन श्रियाले आफ्ना ६५ वर्षीय हाकिमको व्यवहारबाट दिक्क भएभएपछि यो तहको प्रतिकारमा उत्रेकी हुन्।

प्रतिकार स्वरुप महिलाले बैंकको भण्डारण कक्षमा आगो लगाइन्। आगो नियन्त्रण गर्न ४० भन्दा बढी दमकल र आपतकालीन सेवा परिचालन हुँदा ४ घण्टापछि मात्रै,

आगो नियन्त्रणमा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ती महिलाले प्रहरीमा आफ्नो अपराध स्वीकार गरेकी छन् भने यसको कारण हाकिम,

भएको बयान समेत दिएकी छन्। थाइल्याण्डको बैंकक बैंकले पछिल्लो समय दक्षिण एशियाली क्षेत्रमा नाटकीयरुपमा व्यवसाय विस्तारको रणनीति लिइरहेको छ।

छिमेकी मुलुकहरु इन्डानेसिया, हङकङदेखि सिंगापुरसम्म आफ्ना व्यवसाय विस्तार गरिसकेको यो बैंकले दक्षिण एसियाली मुलुकहरुमा आक्रामक र जबर्जस्त उदयको रणनीति बनाइरहेको छ।

फोर्ब्स म्यागेजिनमा प्रकाशित एक सामग्रीअनुसार बैंकक बैंकले आगामी २५ वर्षमा दक्षिण एसियाका सबै मुलुकमा बिस्तार भइसक्ने लक्ष्यसहित आफ्नो रणनीति बनाइरहेको छ।

यसैको शुरुवातका रुपमा गतवर्षमात्र बैंकक बैंकले २ अर्ब ७० करोड अमेरिकी डलर बराबर पुँजी भएको इन्डोनेसियाको बैंक पर्मातालाई प्राप्ति एक्विजिसन गर्यो। यो उक्त बैंकको ७६ वर्षे इतिहासमा सबैभन्दा ठूलो रणनीतिक फड्को हो।

अहिले बैंकक बैंक कुल पुँजीका आधारमा दक्षिण एसियाको छैठो ठूलो बैंक र नाफाका आधारमा १४औं ठूलो बैंक हो।बैंक पर्माता आफैंमा इन्डोनेसियाको निजी क्षेत्रबाट संचालित ठूलोमध्ये एक बाली बैंक,

र अरु साना चारवटा वित्तीय संस्था गाभिएर बनेको संस्था थियो। बैंक पर्माताको स्वामित्व बैंकक बैंकले लिएसँगै उसको दक्षिण एसियामा प्रभुत्व जमाउने रणनीतिको पदारोपण भएको छ।

यो रणनीतिलाई एसियाली क्षेत्रमा व्यवसाय बिस्तार गर्नका लागि चालिएको पाहिलाका रुपमा हेरिएको छ। त्यतिमात्र होइन, बैंकक बैंकका ६२ वर्षीय अध्यक्ष चार्टसिरी सोफोनपानिचका लागि पनि यो निर्णय उनको व्यवसायिक जीवनको कोशेढुंगा मानिएको छ।

यद्यपि, क्षेत्रीय बजारमा प्रभुत्व जमाउने गरी बैंकले मारेको व्यवसायिक छलाङ उनको पारिवारिक ‘लिगेसी’कै निरन्तरता हो। सन् १९४४ मा बैंकक बैंक स्थापना हुँदा उनका हजुरबुबा यो बैंकको सहसंस्थापक र अध्यक्ष थिए।

सामान्यतया हामी आफ्नै व्यवसायिक बिस्तारबाट अघि बढिरहेका थियौं। हामी अरु संस्थाको प्राप्तिबाट बजारमा प्रभुत्व जमाउने विषयमा विस्वास गर्दैनौं।

तर अहिले द्रुत गतिमा अर्थतन्त्र बढिरहेको इन्डोनेसियामा व्यवसाय बिस्तारका लागि हामीले यो रणनीति लिनुपर्यो,’ बैंकक बैंकमा अध्यक्ष चार्टसिरीले एक अन्तर्वार्ताका क्रममा भनेका छन्।

घरेलु बजारमा आफ्नो व्यवसाय र बजार गुमाउँदै गएको बेला बैंकक बैंकले यो निर्णय लिएको थियो। थाइल्यान्डका कमर्सियल बैंकहरुको उच्च प्रतिस्पर्धाकाबीच बैंकक बैंकको घरेलु व्यवसाय विस्तार भने घट्दोक्रममा थियो।

तर, सन् २०१९ को डिसेम्बरमा इन्डोनेसियाली बैंक पर्माताको ८९ प्रतिशत स्वामित्व खरिद गर्ने निर्णयसँगै फेरी बैंकक बैंकको व्यवसायले छलाङ मार्यो।

बैंकक बैंकले स्टाण्डर्ड चार्टड्स र आस्ट्रा इन्टरनेसनलबाट यो स्वामित्व खरिद भएको थियो। बैंकक बैंकसँग गाभिएपछि पर्माता बैंकका ४० लाख सक्रिय ग्राहक र देशभरका ३ सय बढी बैंक शाखा पनि यसको स्वामित्वमा आए।

१३ अर्ब ८० करोड अमेरिकी डलर बराबर पुँजी पनि थपियो। पर्माता बैंक स्ट्राटेजिक एक्विजिसन रहेको चार्टसिरी बताउँछन्। क्षेत्रीय बजार बढ्दोक्रममा छ।

थाइल्याण्डभन्दा अन्तर्राष्ट्रिय बजारमा कर्जा प्रवाह बढिरहेको छ। यसले बैंकको करिब २४ प्रतिशत बराबर हिस्सा अहिले नै बनाईसकेको छ। आगामी दिनमा यो अझ बढ्नेछ,’ उनले भनेका छन्।

पर्माता बैंक प्राप्ति गर्ने निर्णयसँगै यसले सकारात्मक नतिजा पनि दिइसकेको छ। गतवर्ष मात्रै यो बैंकको ब्याज आम्दानी ८ प्रतिशतले बढेर ७७ बिलियन भाट पुग्यो।

घरेलु बजारमा कमजोर बन्दै गएको बैंकले अन्तर्राष्ट्रिय बजारमा सेवा बिस्तार थालेपछि बैंकक बैंकले ‘स्ट्राटेजिक एक्विजेसन’मार्फत जान खोजेको बुझ्न कठिन छैन।

थाइल्याण्डमा घट्दो आर्थिक वृद्धिदर, बढ्दो घरेलु कर्जा र कम ब्याजदरका कारण बैंकक बैंकको घरेलु व्यवसाय खस्किँदो थियो। साथै, कोभिड १९ महामारीका कारण लगानीकर्ताको आत्मविस्वास गुम्दै गएको र बैंककको व्यवसाय पनि घट्दै गएको थियो।

जसकारण बैंकक बैंकले सन् २०२० मा पछिल्लो १० वर्षयताकै कमजोर प्रगति गर्यो। सेयर मूल्यमा पनि भारी गिरावट देखियो। बैंकको प्रतिसेयर मूल्य ११५ भाटसम्म घट्यो। जुन सन् २०११ यताकै कमजोर मूल्य हो।

यस्तै, सन् २०२० मा बैंकक बैंकको नाफा ऐतिहासिक रुपमा कमजोर भयो। खराब कर्जा पनि अत्याधिक देखियो। महामारीका कारण एक वर्ष अवधिमा मात्रै कुल कर्जाको करिब आधा ५४ करोड १० लाख अमेरिकी डलर बराबर खराब कर्जा साबित भयो।

यस्तो समयमा बैंकक बैंकले घरेलु भन्दा अन्तर्राष्ट्रिय बजारमा आक्रामकरुपमा जाने रणनीति लियो। २७ करोड ६० लाख जनसंख्या भएको इन्डोनेसिया विश्वको चौथो ठूलो जनसंख्या भएको मुलुक हो।

इन्डोनेसियामा बैंकको व्यवसाय बिस्तार गर्दा क्षेत्रीय बजारमा दह्रिलो उपस्थिती साबित हुने कुरा उसले बुझेको थियो। जसकारण बैंक पर्मातालाई गाभ्ने निर्णय गर्यो।

इन्डोनेसियामा मध्यमवर्गीय जनसंख्या बढ्दोक्रममा छ भने त्यहाँको घरेलु बजार र कुल ग्राहस्थ उत्पादन पनि बढ्दोक्रममा छ। ठूलो जनसंख्या काम गर्ने उमेर समुहका भएका कारण पनि त्यहाँ व्यवसाय बिस्तारका लागि सजिलो छ। किनभने, उनीहरुले कुनै न कुनै हिसाबले वित्तीय सेवा खोज्छन्।

कोभिड १९ महामारीका कारण थाइल्याण्डको आर्थिक वृद्धिदर ३ प्रतिशतमा खुम्चिँदा इन्डोनेसियामा भने ४.५ प्रतिशत देखिने अनुमान एसियाली विकास बैंकले गरेको छ।

अझै १०-२० वर्ष हामीले यो भन्दा उच्च गतिको वृद्धिदर त्यहाँ देखेका छौं,’ चार्टसिरी भन्छन्, ‘यहाँ अहिले प्रतिव्यक्ति आम्दानी २ हजार अमेरिकी डलर बराबर छ। यहाँको आवश्यकताअनुसार पूर्वाधार, उत्पादन, सेवा र खपतका क्षेत्रमा हामी राम्रो व्यवसाय संचालन गर्न सक्छौं।

थाइल्याण्डका थुप्रै कम्पनीले इन्डोनेसियालगायत अरु छिमेकी मुलुकमा लगानी गरेका छन्। जसकारण बैंकक बैंकलाई ती मुलुकहरुमा व्यवसाय बिस्तारका लागि थप सहज हुनेछ।

बैंकक बैंकले पर्माता बैंकको स्वामित्व खरिद गरेपनि यसको नाम भने परिवर्तन गरिएको छैन। यो बैंकले आफ्नै ब्राण्डबाट इन्डोनेसियामा व्यवसाय गरोस् भन्ने चार्टसिरी चाहन्छन्। व्यवसाय बिस्तारका लागि उनको छुट्टै रणनीति छ।

‘स्वामित्व लिएपनि त्यसका संरचना परिवर्तन नगर्ने’ जसकारण ग्राहकलाई विदेशी बैंक भनेर कुनै अप्ठेरो वा असहज परिस्थितीको सामना गर्नु नपरोस्।

यो वर्षभित्रै बैंकक बैंकले हङकङ र सिंगापुरमा पनि व्यवसाय बिस्तारको तयारी गरिरहेको छ। इन्डोनेसियाका ग्राहक र बढ्दो व्यवसायले अन्तर्राष्ट्रिय बजारमा जान थप उत्प्रेरित गरेको चार्टसिरीको बुझाइ छ।

चार्टसिरीको अर्को बैंकिङ रणनीति हो-डिजिटलाईजेसन। इ-बैंकिङ र डिजिटलाईजेसनको प्रवद्र्धन गरेर व्यवसाय बिस्तार गर्न सकिनेमा चार्टसिटी विस्वस्त छन्।

उनले डिजिटल बैंकिङमा सबल बैंक वित्तीय संस्थालाई नै बैंकक बैंकसँग गाभ्ने वा प्राप्ति गर्ने रणनीति लिएका छन्। जसले उनलाई दीर्घकालसम्म प्रतिस्पर्धी बनाउन सहयोग पुगोस्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ