आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवा भन्छन- ओलीबाट देश जोगाएँ

प्रकाशित
763
SHARES

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले ओलीको सासनबाट मुक्ति पाएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको बताएका छन्।

१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको बताए। उनले निकट भविश्यमा हुन लागेका,

तीनवटै तहको निर्वाचनमा बिजयी बन्न पनि कांग्रेस मिलेर जानुपर्ने बताए। उनले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै,

आफूलाई जिताउन आग्रह गरे। कांग्रेस सरकार रहिरहे आगामी सत्ता पनि कांग्रेसकै हुन्छ त्यसकारण मलाई जिताइदिनुस् साथीहरु’, देउवाले संक्षिप्त मन्तव्यका क्रममा भने।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको पार्टीलाई फाइदा पुग्ने सुझाव ओलीलाई दिएका छन्। ओलीले कांग्रेस महाधिवेशनलाई शुभकामना दिने क्रममा प्रचण्ड–माधवलाई व्यंग्यात्मक कटाक्ष गरेका हुन्।

आफूलाई लक्षित गर्दै प्रचण्ड र माधव नेपालले दिएका अभिव्यक्तिको एकैपटक जवाफ दिँदै ओलीले कांग्रेसले हात समात्न छाड्छ कि भनेर उनीहरू डराइरहेको टिप्पणी गरे।

ओलीले भने, ‘केही साना दललाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने चिन्ता छ। केही साना दललाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने चिन्ता छ,

सँगै जानुपर्छ भनेको त्यहि डर हो। सँगै जान भनेको सरकारमा मात्र होइन चुनावमा पनि। सँगै जाने भनेको सरकारको लागि कि विकास र सम्मृद्धिको लागि।

सरकारबाट हट्नुपर्ने हो कि भन्ने कतिपयलाई चिन्ता होला तर एमालेलाई छैन । हामी सँगै छैनौ र ? एमाले एक्लै हिड्न रहर गर्दैन र अरुको भरमा राजनीति पनि गर्दैन।

ओलीले कांग्रेसलाई अरुको नीतिको पछाडि हिँड्ने होइन आफ्नो नीतिमा अरुलाई हिँडाओस् भन्ने शुभकामना दिँदै देउवालाई प्रधानमन्त्री होइन सरकारको नेता बन्न सुझाव दिए।

प्रतिक्रिया