आज : गते

ताजा शिर्षकहरु

राष्ट्रपति भण्डारीसामु एकाएक पुग्यो यस्तो पत्र, अब के गर्लान प्रधानमन्त्री देउवा ?

प्रकाशित
3.6K
SHARES

काठमाडौँ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुन्रा केहि घण्टा मात्र बाँकी रहँदा राष्ट्रपति विद्यादेवी भंदारीसामु पत्र पुगेको छ। राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष बुझाएको छ।

आयोग अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन बिहीबार राष्ट्रपति भण्डारीसमक्ष बुझाएका हुन्। यसबारे आयोग र राष्ट्रपति कार्यालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर जानकारी गराएका छन्।

आयोगले जारी गरेको विज्ञप्ति: राष्ट्रिय मानव अधिकार आयोगले आ व २०७७–२०७८ को वार्षिक प्रतिवेदन आज सम्माननीय राष्ट्रपति समक्ष पेश गरेको छ।

संविधानको धारा २९४ (१) बमोजिम उक्त प्रतिवेदन सम्माननीय राष्ट्रपतिसमक्ष पेस गरिएको हो। प्रतिवेदनमा आ व २०७७-२०७८ मा आयोगमा परेका उजुरीहरु,

उजुरीउपर भएका छानविन तथा अनुसन्धान विवरण, नेपाल सरकारलाई गरिएका सिफारिसहरुलगायत मानव अधिकार संरक्षण र संवद्र्धनमा आयोगबाट वर्षभरि भएका कार्यहरुको उल्लेख गरिएको छ।

साथै, मानव अधिकारको संरक्षण र संम्वद्र्धनका लागि आगामी दिनमा गरिनुपर्ने सुधारसम्बन्धी विवरण समेत प्रतिवेदनमा समावेश छ ।प्रतिवेदन बुझ्ने क्रममा सम्माननीय राष्ट्रपति,

विद्यादेवी भण्डारीले समाजमा अझै पनि जातीय विभेद।महिला हिंसा, बो’क्सीको आरोपमा कु’टपी’ट तथा अमानवीय व्यवहार, छाउपडी जस्ता मानव अधिकार उल्लंघनका,

घटनाहरु भइरहेको बताउँदै यस प्रकारका घटनाहरु दोहोरिन नदिनका लागि आर्थिक उन्नति, शिक्षा तथा चेतना अभिवृद्धिमा जोड दिनुपर्ने धारणा राख्नुभयो।

प्रतिवेदन पेस गर्ने क्रममा आयोगका माननीय अध्यक्ष तपबहादुर मगरले मुलुकमा बाल विवाह, महिला हिंसा, मानव बेचबिखन जस्ता समस्याहरूको विद्यमानता।

पीडितहरूको न्यायमा पहुँच सरल, सहज र सुरक्षित हुन नसक्नु, समाजमा जातीय भेदभाव कायम रहनु र स्वास्थ्य सेवामा सबैको पहुँच हुन नसक्नुबाट संविधानप्रदत्त हक,

अझै सहज रुपमा नागरिकले उपभोग गर्न नसकेको बताउनुभयो। साथै, आप्रवासी कामदारहरूमाथि श्रम शोषण, यौ’न शोषण, सीमान्तकृत समुदाय, आदिवासी जनजाति,

अपाङ्गता भएका व्यक्ति, दलित, महिला, जेष्ठ नागरिक, लैङ्गिक। अल्पसंख्यक तथा प्राकृतिक प्रकोप, बाढी र भूकम्पबाट प्रभावितहरूको मानव अधिकार,

अवस्थामा सन्तोषजनक सुधार हुन नसकेको हुँदा अवस्था सुधारका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। डा टीकाराम पोखरेल सहसचिव।,तेस्तै, प्रधानमन्त्री तथा,

कांग्रेस सभापति शेरबहादुर देउवाले धेरै मान्छे उतारेर महाधिवेशन नगर्ने बताएका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले कांग्रेस,

उदार र जिम्मेवार पार्टी भएकाले कसैलाई दुस्ख नदिने बताएका हुन्। उनले अहिले कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमणको जोखिम रहेकाले महाधिवेशनमा कांग्रेस महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा नभएको बताए।

प्रधानमन्त्री देउवाले भने, ुकांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन। अहिले कोरोनको नयाँ भेरिएन्ट आइसकेको छ। त्यसैले कांग्रेसले त्यो जोखिम मोल्दैन।

कांग्रेस उदार पार्टी हो, कसैलाई दुःख दिन चाहँदैन। हामी पनि झापादेखि मान्छे ल्याएर उतार्न सक्छौ। तर त्यसले जनतालाई दुःख हुन्छ। महामारी फैलिन सक्छ। हामी त्यो पक्षमा छैनौ।

तेस्तै, नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनले एमालेको सरकार ढाल्यो। गठबन्धनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालकोट पुर्याएपछि अब शीतलनिवासको पनि व्यवस्थापनबारे चहलपहल बढेको चर्चा सुरु भएको छ।

केपी ओलीकै कारण विद्यादेवी भण्डारी विद्यादेवी भण्डारीको पद धरापमा पर्ने भएको छ। ओलीको एक्लो निर्णयले नै भण्डारी दोस्रोपटक पनि राष्ट्रपति भएकी हुन्। भण्डारी र ओली मिलेर संविधानमाथि प्रहार गरेका थिए।

प्रधानमन्त्रीले संविधान मिचेर जे गरे पनि भण्डारीले समर्थन गर्दै आएकी थिइन्। ओली प्रधानमन्त्री खुस्केपछि त्यसको असर राष्ट्रपतिलाई पनि परेको छ।ओली आफ्नै दम्भ र घमण्डका कारण प्रधानमन्त्रीबाट बाहिरिएका छन्। नेकपाको नाममा पाएको जनमतको अवमूल्यन गरेका उनले ४० महिना २५ दिन सरकार चलाए।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर गठबन्धनबाट राष्ट्रपति बनाइन लागेको खुलासा तत्कालिन प्रम ओलीले नै गरेका हुन्। यतिबेला एमाले ओलीपक्ष राष्ट्रपतिमाथि महाअभियोग लगाइने भन्दै चिन्तित छ।

ओलीले निकटवर्तीहरुसँग भने ‘चोलेन्द्र, झलनाथ र रामचन्द्रमध्ये एकलाई राष्ट्रपति बनाउने भनेका छन् रे !’यत्रो राम्रो काम गरिरहेको राष्ट्रपतिलाई यसरी गालीगलौज गर्ने ? ओलीले भने।

ओली निवास बालकोटमा बागमती प्रदेश सरकारको भविष्यबारे कुराकानी गर्नका लागि माधवपक्षका अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, ओलीपक्षका मुख्यमन्त्री डोरमणि पौडेल,

मन्त्री केशव पाण्डे र प्रमुख सचेतक दीपक निरौला लगायतको उपस्थितिमा केही दिनअघि भएको कुराकानीमा ओलीलेचिन्ता व्यक्त गर्दै अब प्रधानन्यायाधीश चोलेन्द्र जबरा, एमाले नेता झलनाथ खनाल र कांग्रेस नेता रामचन्द्रमध्ये एकलाई राष्ट्रपति बनाइने भन्दै नामै किटेका हुन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ