आज : गते

ताजा शिर्षकहरु

देशभर धुम्रपान गर्न प्रतिबन्ध लगाइँदै, २००८ पछि जन्मिएकाले चुरोट किन्न नपाउने

प्रकाशित
2.9K
SHARES

एजेन्सी। न्युजिल्यान्डमा सूर्तिजन्य पदार्थको विक्रीमा प्रतिबन्ध लगाइने भएको छ। धुमपानलाई रोक लगाउने पहलस्वरुप पहिलो चरणअन्तर्गत सन् २००८ पछि,

जन्मिएका व्यक्तिले सूर्तिजन्य पदार्थ किन्न नपाउने कानुन ल्याउन लागिएको हव। सो कानुन नयाँ वर्षदेखि कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ।

सरकारले युवाहरुलाई धुमापनबाट जोगाउने सुनिश्चित गर्न पहिलो चरणमा बालबालिकालाई विक्री नगर्ने कानुन ल्याएको हो,स्वास्थ्यमन्त्री डा.आयसा भरलले भने।

सरकारले विस्तारै सम्पूर्ण उमेर समूहका मानिसहरुलाई धुमपानमा प्रतिबन्ध लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ। सरकारको कदमको चिकित्सक र स्वास्थ्य विज्ञहरुले स्वागत गरेका छन्।

सरकारको कदमले सूर्तिजन्य पर्दाथ विक्रीमा कमी आउने र कम हानिकारक उत्पादन उपभोग गर्न सहयोग गर्नेछ। सरकारको पछिल्लो कदमले युवाहरुलाई कूलतबाट पनि जोगाउनेछ,

युनिभर्सिटी अफ ओटागोका प्राध्यापक जेनेट हुकले भने। न्युजिल्यान्डले धुमपानको राष्ट्रिय दरलाई सन् २०२५ सम्ममा ५ प्रतिशतमा झार्ने र त्यसपछि विस्तारै निर्मूल गर्ने सरकारले लक्ष्य राखेको छ।

अहिले न्युजिल्यान्डका १३ प्रतिशत वयस्कले धुमपान गर्छन्। एक दशकअघिसम्म १८ प्रतिशतले धुमपान गर्दथे। तर, आदिवासी जनजाति समुदायमा भने यो दर उच्च छ।

धुमपानकै कारण ३१ प्रतिशत जनजाति धुमपानका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित छन्। धुमपानका कारण न्युजिल्यान्डका हरेक चार जनामध्ये एक जनामा,

क्यान्सर हुने गरेको र सूर्तिजन्य पर्दाथका कारण ५० लाख मानिसमा स्वास्थ्य समस्या आएको जनाइएको छ। सरकारको नयाँ योजनाअन्तर्गत सूर्तिजन्य पदार्थ विक्री गर्ने पसलहरुलाई आठ हजारबाट ५०० मा झार्ने तयारी छ।

तेस्तै, पाकिस्तानको सियालकोटमा एक जना श्रीलंकाली नागरिकको ईशनिन्दाको आरोपमा कुटेर जिउँदै जलाएर हत्या गरिएको मामिलामा श्रीलंकाले आफ्नो दुःख र आक्रोश व्यक्त गरेको छ।

श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेले पाकिस्तानमा आफ्ना नागरिकको बर्बर हत्याको मामिलामा यो अत्यन्तै डरलाग्दो भएको बताएका छन्। राजापाक्षेले ट्वीट गर्दै लेखेका छन्।

पिंयंथा दिवावदानामाथि पाकिस्तानमा अतिवादी भीडको बर्बर हमला अत्यन्तै डरलाग्दो छ। प्रियंथाकी पत्नी र परिवारको साथमा मेरो समवेदना छ।

श्रीलंका र यहाँका नागरिकलाई विश्वास छ कि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यो संगीन अपराधमा संलग्न व्यक्तिहरुलाई न्यायको कठघरामा उभ्याउनेछन्।

यसअघि महिन्दा राजापाक्षेका छोरा तथा युवा तथा खेलमन्त्री नमल राजापाक्षेले पनि यो घटनाप्रति दुःख व्यक्त गरेका थिए। श्रीलंकाको मिडियाले पनि यो घटनाप्रति दुःख व्यक्त गरेको छ।

श्रीलंकाको दैनिक अंग्रेजी अखबार सिलोन टुडेका अनुसार श्रीलंकाको विदेश मन्त्रालयले पाकिस्तानको प्रशासनले यो मामिलामा न्याय सुनिश्चित गर्ने आशा व्यक्त गरेको छ।

इस्लामाबादमा श्रीलंकाको उच्चायोगले पाकिस्तानी प्रशासनसँग घटनाको पूरा जानकारी जम्मा गरिरहेको छ। यो घटना सार्बजनिक भएपछि मानब अधिकार सस्थाहरुले गम्भीर चासो व्यक्त गरेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ