आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनले विश्वकै सबैभन्दा ठूलो बाँध ब’म पड्काएर उडाइदियो

प्रकाशित
4.9K
SHARES

एजेन्सी। चीनका अधिकारीहरुले मध्य चीनको एक बाँधलाई ब’म पड्का’एर उडाइदिएका छन्। विश्वकै सबैभन्दा ठूलो मानिएको यो बाँधलाई आइतबार विष्फोट गरेर उडाइएको हो।

बाँधले पानी थुन्दा डुबान बढ्दै गएपछि पानी खोल्नको लागि बाँधमा विष्फोट गराइएको हो। चीनमा डुबानका कारण सय भन्दा धेरैको मृत्यु भइसकेको छ । चीनको सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत,

गर्दै समाचार एजेन्सी एपीले जनाएअनुसार यांग्त्जी नदीको सहायक चुही नदीमा बनेको विशाल बाँधलाई विष्फोट गरेर उडाइएको हो। यो विष्फोटपछि नदीको जलस्तर २ फिटभन्दा अधिक घट्ने अपेक्षा गरिएको छ।

अविरल वर्षाका कारण चीनमा यांग्त्जीसहितका नदीहरुको जलस्तर असामान्य रुपले बढेको छ। गत हप्ता यांग्त्जी नदीमा बनेका तीन बाँधको फ्लडगेट खोलिएको थियो किनकि विश्वको सबैभन्दा ठूलो यो बाँधको जलस्तर १५ मिटरभन्दा अधिक बढेको थियो।

गत हप्ता त्यहाँका अधिकारीहरुले वर्षाका कारण १४० भन्दा धेरै मानिसहरु मरेको वा बेपत्ता भएको बताएका थिए। अविरल वर्षा र बाढीले चीनमा ३८ लाख नागरिक नराम्ररी प्रभावित भएका छन्।

२ लाख २४ हजारभन्दा धेरै विस्थापित भएका छन्। तेस्तै, बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। सामाजिक सञ्जालमा सरकारको आलोचना,

गर्ने विश्वविद्यालयका एक विद्यार्थीको २०१९ मा भएको हत्याको आरोपमा बुधबार २० जनालाई मृत्युदण्डको सजाय सुनाएको सरकारी वकिलले एएफपी समाचार समितिलाई बताउनु भएको छ।

अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले बताउनु भएको छ। तेस्तै, श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु भएको छ।

रंगशालाबाट घरतर्फ गइरहेका बेला उनीहरुलाई मङ्लबार बेलुका हात्तिले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन्। हाम्बान्तोतामा रहेको सुरियावेवा महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय रंगशालामा कार्यरत उनीहरु दुवै जना पुरुष हुन।

उनीहरुलाई एउटै हात्तिले आक्रमण गरेको थियो। घटना भएको ठाउँ पहिलेदेखि नै हात्तिको आतंक हुने गरेको ठाउँ हो। जंगली तथा ग्रामिण क्षेत्रमा पर्ने घटनास्थलमा यसअघि पनि हात्ति र मानिसकाबीचमा,

द्वन्द्व हुने गरेको स्थानीयहरुले बताएका छन् ।रंगशालाका कर्मचारीहरु यही महिनाको अन्त्यतिर हुने लङ्का प्रिमियर लिगको सेमि फाइनल र फाइनल खेलका लागि तयारीको कार्य गर्न जुटेका थिए।

तेस्तै, भारत र पाकिस्तान दुवै देश यतिबेला तालिवान नियन्त्रित अफगानिस्तानमा आफ्नो प्रभाव कायम राख्न प्रयत्नशील छन्। दुवै देशले एकै समयमा अफगानिस्तानमा सहायता पुर्‍याउने सन्दर्भमा आ–आफ्ना देशमा बैठकहरू गरेका छन्।

मध्यएसियाली देशका विदेशमन्त्रीहरूसँगको भेटका क्रममा मंगलबार भारतीय प्रधानमन्त्री नरन्द्र मोदीलगायत तस्बिर भारतीय प्रधानमन्त्रीको कार्यालय डिसेम्बर १९ मा पाकिस्तानले अफगानिस्तानलाई सहयोग गर्नुपर्ने,

विषयमा मुस्लिम देशहरूको सम्मेलन आयोजना गरेको थियो । त्यस्तै, भारतले पनि सोही दिन दिल्लीमा मध्यएसियाका पाँच देशको सम्मेलन आयोजन गर्‍यो। भारतले त्यस सम्मेलनमा अफगानिस्तानका जनतालाई सहयोग गर्नुपर्ने विषयलाई जोड दिएको थियो।

अगस्ट १५ मा तालिवानले अफगानिस्तानको शासनसत्ता नियन्त्रणमा लिएपछि भारतले त्यहाँबाट आफ्ना नागरिकको उद्धार मात्रै गरेको छैन, दूतावाससमेत बन्द गरिसकेको छ। तर तालिवानसँग निकट सम्बन्ध रहेको,

पाकिस्तानले उसको नेतृत्वको सरकारलाई विश्वव्यापी रूपमा मान्यता दिइनुपर्ने र आवश्यक मानवीय तथा आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने बताउँदै आएको छ। यद्यपि, उसले तालिवान नेतृत्वको सरकारलाई औपचारिक मान्यता दिइसकेको छैन।

भारत भने तालिवानको आगमनसँगै अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग हुने र त्यसको असर आफ्नो देशमा पर्ने विषयमा बढी चिन्तित छ। भारत तालिवानलाई मान्यता दिनुपर्ने पक्षमा देखिएको छैन।

यद्यपि, अफगान जनतालाई सहयोग पुर्‍याउने नाममा आफ्नो प्रभाव त्यहाँ राखिराख्ने रणनीति अपनाएको देखिन्छ। भारतीय अखबार हिन्दुस्तान टाइम्सका विदेश मामिला सम्पादक रेजाउल हसन लस्कर अफगानिस्तानको सन्दर्भमा भारत र पाकिस्तान दुवै देश आ–आफ्नो पोजिसन देखाउन क्रियाशील रहेको बताउँछन्।

अमेरिकाको सहयोगमा पछिल्लो २० वर्षमा अफगानिस्तानमा बनेका सरकारसँग भारतको राम्रो सम्बन्ध रहँदै आएको थियो । यसअघिका अफगानी राष्ट्रपति हमिद कारजाई पनि भारतको राम्रो मित्र मानिएका थिए। अघिल्लो सरकारहरूको पाकिस्तानसँग भने त्यति राम्रो सम्बन्ध थिएन ।

तालिवानलाई भने पाकिस्तानले मित्र मान्दै आएको छ। भारत पनि तालिवान पाकिस्तानको आईएसआईकै फन्डबाट विगतमा सञ्चालित रहेको मान्दै आएको छ। तालिवानको आगमनसँगै भारतले आफ्नो स्थायी शत्रु पाकिस्तानको सीमासँग जोडिएर रहेको अफगानिस्तानमा आफ्नो प्रभुत्व गुमाएको थियो।

भारत अहिले त्यो प्रभुत्वलाई कुनै न कुनै रूपमा राख्न खोजेको छ। सम्पादक लस्कर त्यहाँका जनतालाई मानवीय सहयोग पुर्‍याएर भारतले अफगानिस्तानमा आफ्नो उपस्थिति राखिराख्न चाहेको उल्लेख गर्छन्।

भारतले तालिवान बलियो होस् भन्ने हिसाबले उसलाई कुनै पनि मद्दत गर्न चाहँदैन। तर, त्यहाँका जनतासँग आफू रहेको सन्देश प्रवाह गर्न खोजेको छ, उनले भने, ‘त्यसैका लागि भारतले केही अगाडि अफगानिस्तानमा औषधिसहितका स्वास्थ्य सामग्री पठाएको थियो ।

त्यस्तै, ५० हजार मेट्रिक टन गहुँ पठाउने घोषणा गरेको छ। मध्यएसियाका तथा अफगानिस्तानसँग सीमा जोडिएका उज्वेकिस्तान, तुर्कमिनिस्तान, कजाकिस्तान, ताजकिस्तान र किर्गिस्तानका विदेशमन्त्रीहरूसँगको छलफलमा पनि अफगानी जनतालाई सहयोग गर्नुपर्ने विषयलाई भारतले उठाएको छ।

विदेशमन्त्रीस्तरीय उक्त बैठकमा अफगानिस्तानको अहिलेको परिस्थितिबारे गम्भीर चर्चा गरिएको छ। बैठकपछिको साझा विज्ञप्तिमा अफगानिस्तानमा मानवीय सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, अफगानिस्तानको भूमि आतंकवादी गतिविधिका लागि प्रयोग हुन नदिनेतर्फ पनि सचेत गराइएको छ।

भारत अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय एजेन्सी वा अन्य गैरसरकारी संस्थाहरूमार्फत सहयोग पुर्‍याउने बाटो खोज्दै छ। यसअघि भारतले विश्व स्वास्थ्य संगठनलाई औषधिजन्य सामग्री हस्तान्तरण गरेको थियो।

पाकिस्तानको बाटो स्थलमार्ग हुँदै भारतले पठाउन खोजेको गहुँ पनि विश्व खाद्य कार्यक्रमलाई दिने तयारीमा भारत छ। तर पाकिस्तानले बाटो नदिएकाले सम्भव भएको छैन। भारतको बैठकलाई विदेशमन्त्री सहभागी भएका,

मध्यएसियाका देशहरूले पाकिस्तानको बैठकमा आफ्ना उपमन्त्रीलाई पठाएका थिए। मुस्लिम देशहरूको बैठकमा भने पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्पष्ट रूपमा तालिवानलाई सहयोग पुर्‍याउनुपर्ने प्रस्ताव राखेका थिए।

अफगानिस्तानलाई गहिरो आर्थिक संकटबाट बचाउन सहयोग गर्ने प्रतिबद्धता उक्त बैठकले व्यक्त गरे पनि त्यसलाई ठोस आकार दिइएको छैन। ५७ मुस्लिम देशका प्रतिनिधि सामेल सम्मेलनमा तालिवानको नियन्त्रणपछि रोकिएको घोषित अनुदान,

तथा सहयोगहरू फुकुवा गरिनुपर्ने सहमति बनेको छ। सम्मेलनमा तालिवानको अन्तरिम सरकारका विदेशमन्त्री मुल्लाह आमिर खान मुत्ताकी पनि सहभागी थिए। अफगानिस्तानको बजेटको ७५ प्रतिशत विदेशी मुलुकको अनुदानमा निर्भर छ।

प्रतिक्रिया