आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रामचन्द्रलाई अब प्रकाशमान बाधक, शेखरले गरे ‘ब्याक’ हुने संकेत

प्रकाशित
224
SHARES

काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतरका केन्द्रीय सदस्यहरूको बैठक सकिएको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहीबार बिहान ८ बजेखि बसेको बैठक केही समयअघि मात्रै सकिएको छ।

बैठकले सभापतिको साझा उम्मेदवार तय गर्न भने सकेन। यद्यपि नेताहरू आफ्नो समूहबाट एकल उम्मेदवार तय हुन्छ भन्दै हिँडेका छन्। इतर समूहले केही दिनयता सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास जारी राखेको छ।

मंगलबार र बुधबार लगातार छलफल गरे पनि आकांक्षीहरूबीच सहमति जुट्न सकेको छैन। वरिष्ठ नेता रामचन्द्र पौडैलसहित शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला इतरपक्षबाट सभापतिका आकांक्षी छन्।

यद्यपि महामन्त्री शशांक कोइरालाले मंगलबारको बैठकमै पौडेलका लागि सभापतिमा आफूले दाबी छाड्ने बताइसकेका छन्। तर, त्यसका लागि प्रकाशमान र शेखरबीच सहमति हुनुपर्ने उनको अडान छ।

आजको बैठकमा सभापतिका अर्का आकांक्षी शेखर पनि साझा उम्मेदवार घोषणा गर्ने विषयमा लचक भएका छन्। उनले बैठकमा प्रकाशमान सिंहले माने आफू रामचन्द्र पौडेललाई मान्न तयार रहेको संकेत गरेको बैठकमा सहभागी एक नेताले बताए।

तर, प्रकाशमान भने कुनै पनि हालतमा सभापतिको उम्मेदवार बन्ने अडानमा छन्। उनले गणेशमान सिंह परिवारले कांग्रेसमा जहिले पनि त्याग गरेको भन्दै यसपटक अरुले आफ्ना लागि छाड्नुपर्ने बताइसकेका छन्।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् । महाधिवेशन सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा सभापतिमा साझा उमेद्वारी चयन गर्न,

नसङ्केको वरिष्ठ नेता रामचन्द्र पौडललाई सिंहको यो अभिब्यक्तिपछि थप संकट निम्तिएको छ। पार्टीभित्रको शक्ति राजनीतिका कारण नेपाली कांग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसेको भन्दै सिंहले पार्टीलाई विधि,

विधानअनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडि बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने बताए। काठमाडौंको बानेश्वरमा आज सन्त नेता कृष्णप्रसाद,

भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पाटीलार्ई विधिसम्मत नियम सम्मत र संस्थागत रुपमा अगाडि बढाउन र सम्पूर्ण चुनौतीलाई सामना गर्दै आफूले कांग्रेसलाई विशुद्ध प्रजातान्त्रिक पार्टीको,

रुपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागि दाबी गरेको बताए। कार्यक्रममा सिंहले कांग्रेसलाई एकताबद्ध हुन किसुनजीले गरेको त्यागलाई कुनै पनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दु:ख समेत ब्यक्त गरे।

तेस्तै, नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार बनाएरै छाड्ने दाबी गरेका छन्। बिहीबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संस्थापनइतर समूहबाट सभापति पदका लागि साझा उम्मेदवार बनाएरै छाड्ने बताए।

हिजोको चाक्सीबारीको तिक्ततापछि झनै साझा उम्मेदवार बनाउनुपर्छ भन्ने भएको छ,’ उनले भने, ‘हामी हाम्रो समूहबाट साझा उम्मेदवार बनाएरै छाड्छौँ। कांग्रेस नेतृत्वमा शेरबहादुर देउवाको विकल्प आवश्यक रहेको भन्दै उनले यसका लागि आफूहरू क्रियाशील रहेको बताए।

कांग्रेस नेतृत्वमा देउवाको विकल्प खोजेको छौँ। उहाँको विकल्प चाहिन्छ भन्नेमा छौँ,’ डा रिजालले भने। कांग्रेस प्रतिस्पर्धाको पार्टी रहेकाले प्रतिस्पर्धामार्फत नै नेतृत्व चयन हुने उनको भनाइ छ। कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरू हुँदै छ।

प्रतिक्रिया