काठमाडौं। चीनको जनमुक्ति सेनाले लिपुलेक पास नजिकै थप सैनिक तैनाथ गरेपछि यले भारतमा तरंग ल्याएको छ। यसअघि भारतले उपभोग गर्दै आएको यो क्षेत्रलाई हालै नेपालले आफ्नो नक्सामा समेटेको थियो।
नेपाल र भारतबीच विवाद रहेको यो क्षेत्रमा चीनको हस्तक्षेप हुन सक्ने संकेत देखिएपछि अहिले नयाँ दिल्लीमा तरंग आएको छ। यो क्षेत्र नेपाल भारतबीच विवादित त छ नै, चीनको पनि सीमा नजिकै पर्छ।
डेक्कन हेराल्डले यस क्षेत्रमा चीनले ठूलो संख्यामा सैनिक तैनाथ गरेको लेखेको छ तर नेपालको दार्जुला जिल्लाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने यस विषयमा आफूलाई जानकारी नभएको बताएका छन्।
त्यहाँ सैन्य मुभमेन्ट बढेको हामीलाई जानकारी छैन’ पोखरेलले डिसीनेपालसँग फोनमा भने ‘भारतीय मिडियाहरु त्यसै पनि हल्ला गर्छन्। भारतीय मिडियाले भने जनमुक्ति सेनाको यो गतिविधिलाई चीनले,
भारतलाई स्पष्ट सन्देश पठाउन खोजेको रुपमा विश्लेषण गरेका छन्। नेपालले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र आफ्नो हुने भएकोले यो क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको हो।
तर, भारतले भने नेपालले चीनको आडमा यी क्षेत्र समेटेर संशोधित नक्सा जारी गरेको दावी गर्दै आएको छ। भारतको यही बुझाइका कारण उसले अहिलेको चीनको गतिविधिलाई पनि नेपाललाई ‘ब्याकअप’ दिने,
र भारतलाई पछि हट्न दबाब दिने संकेतको रुपमा बुझेको छ। यो बुझाइपछि नयाँ दिल्लीमा अहिले लिपुलेकमा चीनको हस्तक्षेप हुने आशंकाले नयाँ तरंग आएको छ।
नयाँ दिल्ली स्रोतलाई उद्धृत गर्दै डेक्कन हेराल्डले भारतले पनि त्यस क्षेत्रमा आफ्ना सैनिकको तैनाथी बढाएको उल्लेख गरेको छ। यो खबर थाहा पाएपछि भारतीय रक्षा मन्त्रिले सेना पमुख संग जानकारी लिएको छ।
तेस्तै, चीनको रफ्तार रोकिएको छैन्। अर्को कडा कदम चालेपछि अमेरिका स्तब्ध बनेको हो। चीनको पृथ्वीलाई परिक्रमा गर्ने हाइपरसोनिक आणविक हतियारले दोस्रो मिसाइल हानेको छ।
आवाजको गतिभन्दा ५ गुणा तीब्र गतिमा उडिरहेकै अवस्थामा यो हतियारले मिसाइल प्रहार गरेको हो। अहिलेसम्म यो स्तरको उन्नत इन्जिनियरिङ कुनै पनि देशले हासिल गर्न सकेका थिएनन्।
चीनको यो परीक्षणले अमेरिकाको रक्षा विभाग पेन्टागनका वैज्ञानिक स्तब्ध भएको बताइएको छ। गत महिना नै चीनले हाइपरसोनिक मिसाइल हानेको दावी गरिएपछि यसले विश्वमै तरग ल्याएको थियो।
अहिले यो हतियार त्यतिबेला सोचिएको भन्दा अझै धेरै उन्नत भएको खुलासा भएको छ। चीनको यो हाइपरसोनिक हतियार एक विमान हो जसले आणविक मिसाइल लिएर उड्न र हान्न सक्छ।
फाइनान्सियल टाइम्सका अनुसार यो जहाजले यसअघि जुलाइ २७ मा दक्षिण चीन सागरमा उडानको क्रममा पहिलो मिसाइल हानेको थियो । पेन्टागनको उन्नत अनुसन्धान एजेन्सी डार्पाका वैज्ञानिकहरुले चीनले यो उपलब्धी,
कसरी हासिल गर्यो भन्नेमा आफूहरु निश्चित नभएको बताएका छन्। सैन्य विशेषज्ञहरुले यो उपलब्धी कसरी हासिल भयो भन्ने थाहा पाउन डाटाहरुको गहिरो अध्ययन गरिरहेको बताइएको छ।
वैज्ञानिकहरुले यो मिसाइल प्रहार गर्नुको उद्देश्य के थियो भन्ने कुरा पनि खोजिरहेका छन् किनकि यो मिसाइल हाइपरसोनिक जहाजबाट हानिएको थियो तर पानीमा लाग्नुभन्दा पहिले यसको कुनै निश्चित निशाना थिएन।
केही पेन्टागन विशेषज्ञहरुले यसको उद्देश्य हावाबाट हावामै हान्ने मिसाइल भएको विश्वास गरेका छन् भने केहीले यो मिसाइलले जमिनमा रहेको मिसाइल डिफेन्स सिस्टममा हानेर त्यो सिस्टमले यो हाइपरसोनिक, जहाजलाई हान्न नसकोस् भन्ने निश्चित गर्ने अनुमान गरेका छन् ।
रुस र अमेरिका पनि वर्षौंदेखि हाइपरसोनिक हतियार विकास गर्न प्रयासरत छन् तर विशेषज्ञका अनुसार चीनले हालै दोस्रो मिसाइल हान्नुले चीनको सफलता क्रेमलिन र पेन्टागन दुवैको भन्दा धेरै अगाडि पुगिसकेको देखिन्छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया