आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लिङ्देन नेतृत्वको पहिलो बैठक, कमल थापालाई काउन्टर दिन भए यस्ता निर्णय

प्रकाशित
443
SHARES

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षमा धुम्बाराहीमा बसेको केन्द्रीय समिति बैठकले विभिन्न ९ बुँदे निर्णय गरेको छ ।

बैठकपछि पार्टी महामन्त्री धवल शमशेर राणाले जारी गरेको विज्ञप्तिमा समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि आवश्यक वार्ता,

एवं सम्वादका लागि वार्ता समिति गठन गरिएको उल्लेख गरिएको छ । महामन्त्री राणाको संयोजकत्वमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेको समिति गठन गरिएको हो ।

यसैगरी आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै अर्का महामन्त्री भुवन पाठकको संयोजकत्वमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजंग उप्रेती र गीताभक्त जोशी सदस्य,

सचिव रहेको स्थानीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । यस्तै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा,

केन्द्रीय सदस्य राजेश गिरी र केन्द्रीय सदस्य भरत पाठक सदस्य रहेको मर्यादाक्रम निर्धारण समिति गठन गर्ने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्देख छ । बैठकले नवनिर्वाचित सबै पदाधिकारी,

एवं सदस्यहरूले पार्टीमा अनिवार्य बुझाउनु पर्ने ‍लेविको निर्धारण गर्न महामन्त्री कुन्ती कुमारी शाहीलाई संयोजक तोकेको छ। यस्तै पुस महिनाभित्र सबै प्रदेश कार्यसमितिहरुलाई,

विस्तारित बैठक बोलाउन निर्देशन दिने निर्णय पनि भएको छ। नवनिर्वाचित समितिको बैठकमा आठ जना केन्द्रीय सदस्यहरुले महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे,

छानविन हुनुपर्ने माग राखेका छन् ।पहिलो एकता महाधिवेशनमा अध्यक्षमा पराजित कमल थापानिकटका केन्द्रीय सदस्यहरूले बुधबार पार्टी कार्यालय धुम्बाराहीमा महाधिवेशनमा निर्मल,

निवासको हस्तक्षेप भएको आरोप लगाउदै छानबिन गर्न माग गरेका हुन्। थापानिकटका केन्द्रीय सदस्यहरु राजाराम बर्तौला, केदार कोइराला, विजय खड्का, रिता माझी, जमुना थापा, दीपक मल्ल,

शशी सिलवाल र राधेश्याम साहले निर्मल निवासको हस्तक्षेप छानविन गर्न माग गरेका छन् । अध्यक्षमा पराजित भएपछि निर्मल निवासको योजनाबद्ध ढंगले आफू हारेको भन्दै थापा निरन्तर आक्रोशमा उत्रिदै आएका थिए ।

उनले आफ्नो राजनीति सिध्याउनकै लागि निर्मल निवास लागि परेको आरोप लगाएका थिए । बुधबार नवनिर्वाचित समितिको पहिलो बैठकमा उनकै निर्देशनबमोजम निर्मल निवासको हस्तक्षेपबारे,

छानविन गर्न उनीनिकट केन्द्रीय सदस्यहरुले आवाज निकालेका छन् । पहिलो बैठकमा पूर्वअध्यक्ष थापा उपस्थित थिएनन् भने पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी भने उपस्थित थिए।

उनीहरुको यस्तो मागले लिङ्देनलाई झट्का लागेको छ । पूर्वराजाको परिवारमाथि लागेको आरोपको खण्डन गर्ने वा निश्पक्ष छानविन गर्ने भनेर दोधारमा छन्।

प्रतिक्रिया