आज : गते

ताजा शिर्षकहरु

चीनमा उपचार गराईरहेका वर्षमान पुनले सुन्न पर्यो अर्को दुःखद खबर

प्रकाशित
10.8K
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीका ३३ वटा केन्द्रीय विभाग गठन गर्नुका साथै जिम्मेवारी पनि बाँडफाँड गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्कुल विभाग इन्चार्जको जिम्मेवारी पाएका छन्।

त्यस्तै, अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनलाई दिइएको छ। विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन्। अर्थमन्त्रीसमेत रहेका जर्नादन शर्माले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।

पार्टी प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभागको जिम्मेवारी दिइएको छ भने उपभोक्ता हित तथा आपूर्ति विभाग प्रमुखको जिम्मेवारी मातृका यादवले पाएका छन्।

अधिवक्ता खिमलाल देवकोटाको नेतृत्वमा निर्वाचन विभाग गठन भएको छ। जसको सदस्यमा निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त सुधीर साह पनि नियुक्त भएका छन्।

अर्थ विभागको जिम्मेवारी पाएका बर्षमान पुग अहिले उपचारका लागि चीनमा छन्। नेपाल र थाइल्याण्डमा उपचार सम्भव नभएपछि उनको थप उपचार चीनमा भइरहेको छ।

अहिले उनको स्वास्थ्यमा क्रमस सुधार भइरहेको उनको सचिवालयले जनाएको छ। उनको ज्यानको स्वास्थ्यमा सुधार भएपनि उनको राजनीति स्वास्थ्यमा भने केही गढबढी भएको छ।

चीनमा रहेका उनले त्यही गडबढी भएको दुःखद खबर सुन्न परेको छ। बर्षमान नेपाल बाहिर रहेको मौकाछोपी अध्यक्ष प्रचण्डले उनलाई भनेजस्तै जिम्मेवारी नदिएपछि तनाव भएको छ।

नेकपा माओवादी केन्द्रमा प्रचण्डपछिका नेताको रुपमा अर्थमन्त्री जनार्दन शर्मा र पूर्वअर्थमन्त्री पुनलाई हेर्ने गरिएको छ। उनीहरुको पद र पार्टी भित्रको पकडका विषयमा बेलामौकामा बहस हुने गरेको छ।

यो पटक त्यस्तै बहस हुनेगरी माओवादीले जिम्मेवारी बाँडफाँड गरेको छ। अर्थमन्त्री शर्मालाई आफ्नो उत्तरअधिकारी बनाउने गरी प्रचण्डले आजैदेखि सेटिङ मिलाएका छन्।

जनार्दनलाई पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारी दिएपछि बर्षमानलाई छटपटी एको छ। लामो समयदेखि पार्टीको महासचिव हुने आकाँक्षा पालेर बसेका उनलाई पार्टीको महासचिवले गर्ने काम अर्कैलाई दिएपछि छटपटी भएको हो।

संगठन विभाग पार्टी अध्यक्ष भन्दा पछिको दोश्रो शक्तिशाली विभाग मानिने गर्छ। यसकमा बर्षमानलाई धोका भएको छ । प्रचण्डले जनार्धनलाई उक्त विभाग दिएर बर्षमानलाई बाइपास गरेको अनुमान लगाइएको छ।

पार्टी आन्तरिक रुपमा पठाएको सर्कुलरमा ३३ वटा केन्द्रीय विभाग गठन गर्दा जनार्धन संगठन विभागको जिम्मेवारी दिइएको छ भने बर्षमान पुनलाई अर्थ तथा योजना विभागमा थन्क्याइएको छ।

तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी रेणु दाहाललाई जिताउन मतपत्र च्यात्ने कार्यकर्तालाई निकै ठूलो उपहार दिएका छन्।

२०७४ सालको स्थानीय निर्माचन भरतपुर महानगरपालिकाको मेयरको मतगणना भइरहेको बेला मतपत्र च्यात्ने चितवनका माओवादी कार्यकर्ता द्रोणबाबु शिवाकोटीलाई प्रचण्डले ठूलै पद उपहार दिएका हुन्।

उनीसँगै तत्कालिन निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवलाई समेत प्रचण्डले एउटै कमिटिमा राखेका छन्। संवैधानिक अंगको प्रमुख र सदस्य भइसकेका व्यक्ति कुनै राजनीतिक पार्टीको विभागीय सदस्य बन्ने कि नबन्ने ?

प्रष्ट नभए पनि अहिलेसम्म दलका कमिटीमै सक्रिय भएका उदाहरण पाइँदैनन्। निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त सुधीर साह भने सत्तारुढ नेकपा माओवादी केन्द्रको निर्वाचन विभागको सदस्य नियुक्त भएका छन्।

अधिवक्ता खिमलाल देवकोटा नेतृत्वको विभागको २८ सदस्यीय टिममा यादव र शाह पनि समेटिएका हुन्।अझ रोचक संयोग त के देखिएको छ भने भरतपुर महानगरपालिकाको मेयरको मतगणना भइरहेको बेला मतपत्र च्यात्ने,

चितवनका माओवादी कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मतपत्र च्यातेकोलाई वैधानिकता दिएर पुनः मतदानको निर्णय गर्ने तत्कालीन निर्वाचन आयोगका दुवै पदाधिकारी यादव र साह एउटै विभागको सदस्य बनेका छन्।

२०७४ को स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी र कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाल पराजित हुने निश्चित देखिएपछि माओवादी कार्यकर्ता द्रोण शिवाकोटी र मधु न्यौपानेले मतपत्र च्यातेका थिए।

मतपत्र च्यातिएपछि निर्वाचन आयोगमा मुद्दा परेको थियो । एमालेसहित अन्य दलले च्यातिएका मतपत्रसहित गणना गर्नुपर्ने माग गरेका थिए ।तर, सो गणना गर्दा एमाले उम्मेदवार देवी ज्ञवालीले जित्ने देखिएपछि निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी यादव र साहसहित बहुमतले पुनः मतदान गराउने निर्णय गरेको थियो।

एमालेले मतपत्र च्यात्ने काममा सरकारदेखि निर्वाचन आयोगका प्रमुख आयुक्तसम्मको सेटिङ रहेको आरोप लगाएको थियो। अदालतले मतपत्र च्यात्नेमा द्रोण र मधुलाई दोषी ठहर गर्दै एक(एक लाख रूपैया जरिवानासमेत गरेको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ