आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सेना प्रमुख चढेको हेलिकप्टर दुर्घ’टना ग्रस्त, के छ अबस्था ?

प्रकाशित
1.1K
SHARES

काठमाडौं। भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घ’टना भएको छ। चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा,

दुर्घ’टनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई-१७ भी ५ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको इन्डियन एक्सप्रेसले जनाएको छ। हेलिकप्टरमा सेना प्रमुख रावतकी पत्नी पनि रहेको समाचारहरुमा जनाइएको छ।

दुर्घ’टनामा परी ४ जनाको मृत्यु भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन्। तामिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङटन जाने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो।

दुर्घ’टनास्थलबाट ४ जनाको शव बरामद भएको र गम्भीर घाइते ३ जनालाई अस्पताल भर्ना गरिएको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ। तर मृतकको पहिचान भने खुलाइएको छैन।

समाचारहरुका अनुसार सेना प्रमुख रावतलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको छ। रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन्। रावतलाई गत वर्ष जनवरीमा चिफ अफ डिफेन्स स्टाफमा नियुक्त गरिएको थियो।

त्यसअघि उनी भारतीय स्थल सेनाको प्रमुख थिए। दुर्घ’टनाग्रस्त हेलिकप्टरमा रावत, रावतकी पत्नीसहित १४ जना सवार रहेका थिए। भारतीय वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन भन्दै छानबिन गर्न आदेश दिएको छ।

इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरूमा भएको ज्वालामुखी विस्फाेटमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ। अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय बिएनपिबीले आइतबार जनाएको छ।

दुईवटा शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको बिएनपिबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन्। दुई सुत्केरीसहित घाइते सबैको अहिले नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

यसैबीच, ९०२ जनालाई गाउँको हल, विद्यालय भवन र पूजास्थलमा सारिएको छ। ज्वालामुखीको खरानीले धेरै घर, सडक र पुल पुरिएको बताइएको छ। अधिकारीहरूले भारी उपकरणहरू प्रयोग गरेर सडक छोप्ने,

खरानीमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन्। जाकार्ताको समयानुसार शनिबार दिउँसो ३ः१० बजे तीन हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरूमा ज्वालामुखी विस्फोट भएको थियो

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा बसेका छन्। कोभिड–१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उनी सेल्फ–आइसोलेसनमा रहेको उनका उप-प्रवक्ता फरहान हकले बताएका छन्।

उनमा कुनै लक्षण नदेखिएको र सुरुको परिक्षणमा नेगेटिभ भएता पनि धेरै सावधानी अपनाउन उनले आफ्ना सबै संलग्नता रद्द गरेका छन्।बिहीबार डिसेम्बर ९ मा पुनः कोरोना परीक्षण नभएसम्म उनले घरबाट काम गर्ने,

हकले मंगलबार संयुक्त राष्ट्रसंघको प्रेस सम्मेलनमा बताएका छन्। महासचिवको मूलतः बुधबार संयुक्त राष्ट्रसंघीय आपतकालीन प्रतिक्रिया कोषको उच्चस्तरीय कार्यक्रममा भाग लिने कार्यक्रम रहेको थियो।

आतङ्कवाद र जलवायु परिवर्तनको सन्दर्भमा सुरक्षा परिषद्को बिहीबारको खुला बहसमा बोल्ने अपेक्षा गरिएको थियो । बुधवार राति डाउनटाउन म्यानहट्टनमा संयुक्त राष्ट्रसंघ संवाददाता संघको वार्षिक उत्सवमा सम्मानित अतिथिको,

रुपमा उनको निर्धारित उपस्थिति पनि प्रभावित भएको छ। ७२ वर्षीय गुटेर्रेस जनवरी २०२१ को अन्त्यमा पहिलो खोप र पछि दोस्रो खोप लगाउने पहिलो न्यूयोर्कका बासिन्दाहरू मध्ये थिए। उनले गत नोभेम्बर २६ मा एक बूस्टर डोज लिएका छन्।

प्रतिक्रिया