आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेसको महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक

प्रकाशित
403
SHARES

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो ।

यो सूचीमा महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका चार वटा क्षेत्रको नामावली भने समावेश छैन । आधिकारिक सूची भने यही मंसिर २४ गते सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसैबीच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन् ।

बत्तिसपुतलीमा आफूपक्षीय नेताहरुसँगको छलफलको बीचमै निस्किएका पौडेलले पूर्वमहामन्त्री सिटौलालाई भेटेका हुन् । सिटौला निवासमा उनीहरुबीच छलफल भएको हो ।

छलफलमा वरिष्ठ नेता पौडेलले पार्टी सभापतिमा आफूलाई निर्वाचित गर्न सहयोग गर्न आग्रह गरेका थिए । तर सिटौलाले आफ्ना टीमका अरु नेताहरुसँग छलफल गरेर जवाफ दिने बताएका छन् ।

संस्थापनइतर समूहबाट सभापतिको उम्मेदवार चयन गर्न अन्तिम रस्साकस्सी चलिरहेको छ । पौडेल समूहबाट नेता पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् । सिंह र कोइरालाबीच सहमति नजुटे पौडेल आफैं सभापतिका लागि अगाडि बढ्ने रणनीतिमा छ ।

अहिले बत्तिसपुतलीमा पौडेल पक्षले केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिका साथै प्रदेश अध्यक्षका उम्मेदवारहरुसँग छलफल गरिरहेको छ । मंगलबार पौडेल पक्षका सभापतिका आकांक्षीसहितका केन्द्रीय सदस्यहरूबीच दिनभर छलफल भएपनि साझा उम्मेदवार टुंगो लगाउन सकेनन् ।

कांग्रेस महाधिवेशन मंसिर २४-२७ सम्म काठमाडौंमा हुँदैछ । शुक्रबार महाधिवेशन उद्घाटन हुनेछ भने शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ । मंसिर २७ गते अर्थात् सोमबार बिहानैदेखि मतदान प्रक्रिया सुरु हुने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

प्रतिक्रिया