आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमाले केन्द्रीय कमिटीमा नयाँ अनुहारको बाहुल्य, पुराना नेतालाई खाना रुचन छोड्यो

प्रकाशित
1K
SHARES

काठमाडौं। नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा १३७ जना ४६ प्रतिशत नयाँ सदस्यको प्रवेश भएको छ। यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दसौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिका माध्यमबाट नयाँ नेतृत्व चयन भएको थियो।

केन्द्रीय सदस्यमा ३२ वर्षका युवा र महिलाहरुले पनि प्रवेश पाएका छन्। एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पुराना र नयाँ केन्द्रीय सदस्यको राम्रो सन्तुलन देखिएको विधानबमोजिम समावेशी अनुहार पनि कायम रहेको छ।

एमालेले १० प्रतिशत ९३१ जना० सम्म केन्द्रीय सदस्य मनोनयन गर्न सक्नेछ। यही मङ्सिर २५ र २६ गते काठमाडौँमा बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकले स्थायी कमिटी गठन, विभागीय जिम्मेवारी, मनोनयन,

महाधिवेशनको समीक्षालगायत कार्यसूचीमा छलफल गर्नेछ। सोका लागि अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, महासचिव शङ्कर,

पोखरेललगायतका नेताहरुले गृहकार्य गरिरहनुभएको जनाइएको छ। केन्द्रीय सदस्य नपरेको जिल्ला जुम्ला, पर्वत, सोलुखुम्बु र मनाङबाट पनि समावेश गर्ने गरी मनोनयन हुने जनाइएको छ। तेस्तै,

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा पराजित भएका कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको भन्दै आपत्ती जनाएका छन् ।

आइतबार विहान पराजित भएलगत्तै उनले विजयी भएका राजेन्द्र लिङ्देनलाई बधाई दिँदै पूर्वराजाले चुनावमा हस्तक्षेप गरेको बताएका छन्। उनले सामाजिक संजालमा लेखेका छन्,

पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। बधाई ज्ञानेन्द्र शाह। धन्यवाद। मैले राहत र उन्मुक्ति पाएको छु।

उनले सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाएको भन्दै राजाले आफूलाई राजनीतिकरुपमा समाप्त पार्न चेष्टा गरेको आरोप पनि लगाएका छन्।

‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।

थापाले लेखेका छन्।आइतबार बिहान सकिएको मतगणनाअनुसार थापालाई हराउँदै लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। नेपालका चर्चित लेखक तथा टिप्पणीकार खगेन्द्र संग्रौलाले राप्राप्रा महाधिवेशनबारे आफ्नो धारणा राखेका छन्।

हालै सम्पन्न महाधिवेशनमा कमल थापा राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिंग्देनसँग पराजित भएका थिए। उनले थापालाई पुरानो मण्डले भनेका छन् भने लिंग्देनलाई नयाँ मण्डले भनेका छन्। राप्रापामा जो आएता पनि केही फरक नपर्ने उनको तर्क छ।

उनले राप्रपा पार्टीलाई गणतन्त्रले सढाएको उल्लेख गरेका छन्। उनी फेसबुक तथा ट्विटरमा भन्छन्,‘उग्र दक्षिणपन्थी,नश्लीय हिन्दु राजावादी राप्रपामा पुराना मण्डले कमल थापा चिलिम भई नयाँ,

मण्डले राजेन्द्र लिङ्देन आउनु न हर्षको विषय हो न बिस्मातको।तथापि गणतन्त्रले सढेको राप्रपाको नाम अलि दिन सुन्न अभिशप्त हुनु नै छ भने खस–आर्य मण्डलेको ठाउँमा जनजाति मण्डले ठिकै त हो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ