आज : गते

ताजा शिर्षकहरु

आक्रमणको त्रासबीच अमेरिकी राष्ट्रपतिले पुटिनलाई दिए कडा चेतावनी

प्रकाशित
593
SHARES

काठमाडौ। युक्रेनमा रुसले आक्रमण गर्नसक्ने त्रासबीच त्यसको ‘कडा प्रतिक्रिया’ जनाउने तयारी गरिराखिएको अमेरिकाले जनाएको छ।अमेरिकी राष्ट्रपति र उनका रुसी समकक्षीबीच भएको भिडिओ,

वार्तापछि वासिङ्टनले त्यसो भनेको हो।भिडिओ वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सैन्य उपस्थिति बढाइएको विषयबारे चिन्ता व्यक्त गरेको र बलियो आर्थिक तथा अन्य प्रतिक्रिया,

को धम्की दिएको वासिङ्टनले जनाएको छ। पछिल्लो समय युक्रेनसँगको सीमा नजिकै रुसले सैन्य उपस्थिति बढाएको छ। तर छलफलका क्रममा रुसले युक्रेनलाई आक्रमण नगर्ने जनाएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीएभमाथि उक्साहटपूर्ण कार्यहरू गरेको आरोप लगाएका छन्। उनले रुसनजिक हतियार तैनाथ नगर्ने र पूर्वतर्फ उत्तर एटलान्टिक सन्धि संगठन नेटोको विस्तार नगरिने विषयमा प्रत्याभूतिको माग गरेका थिए।

रुसी समाचार संस्था टासका अनुसार विगतमा स्थापना गरिए पनि प्रयोग भने नगरिएको एक सुरक्षित भिडिओ लिङ्कमार्फत् बाइडन र पुटिनबीच कुराकानी भएको थियो। छलफलको सुरुवाती समय देखिने भिडिओ फुटेजमा दुई देशका नेताहरूले मित्रतापूर्वक अभिवादन गरेको देखिन्छ।

त्यसपछिको गोप्य छलफल झन्डै दुई घण्टासम्म चलेको बताइएको छ। पुटिन सोचीस्थित आफ्नो निवासबाट छलफलमा सहभागी भएको टासले जनाएको छ। क्रेमलिनले छलफल स्पष्ट रहेको बताउँदै दुई देशले संवेदनशील विषयहरूमा मिलेर कामहरू जारी राख्ने जनाएको छ।

तेस्तै, अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा रहेका चालक दलका सदस्यलाई नै जोखिममा पार्ने गरी रुसले “खतरनाक र गैरजिम्मेवारपूर्ण” क्षेप्यास्त्र परीक्षण गरेको भन्दै त्यसको निन्दा गरेको छ।

उक्त परीक्षणका क्रममा एउटा रुसी भू-उपग्रह ध्वस्त भएको छ। त्यसले अन्तरिक्ष केन्द्रमा अवशेषहरू उत्पन्न गर्दा त्यहाँ रहेका चालक दलका सदस्यहरूले पृथ्वीमा अवतरण हुने यानमा शरण लिनु परेको बताइएको छ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा हाल सात जना चालक दलका सदस्यहरू रहेका छन्। त्यसमध्ये चार जना अमेरिकी, एक जना जर्मन र दुईजना रुसी रहेका छन्। अन्तरिक्ष केन्द्रले पृथ्वीभन्दा करिब ४२०,

किलोमिटरको उचाइमा परिक्रमा गर्ने गर्छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने, रुसी सङ्घले लापरबाहीका साथ आफ्नै एउटा भू-उपग्रहमाथि एउटा एन्टी-स्याटेलाइट क्षेप्यास्त्र प्रहार गरेको छ।

उनले उक्त परीक्षणले हालसम्म सहजै पत्ता लगाउन सकिने एक हजार पाँच सय टुक्रा अवशेषहरू उत्पन्न गरेको र त्यसभन्दा साना सयौँ हजार त्यस्ता अवशेषहरू उत्पन्न भएको बताए।

ती अवशेषहरूका कारण सबै देशहरूलाई अहित हुने उनको भनाइ छ। रुसी अन्तरिक्ष एजेन्सीले चाहिँ उक्त घटनालाई कम महत्त्वपूर्ण भनेको छ। उक्त एजेन्सीले ट्वीट गर्दै एउटा मापदण्ड अनुसार चालक दलका,

सदस्यहरू सुरक्षित स्थानमा सरेको बताएको छ। अवशेषहरू कुनै पनि घटनाविनै पार भए पनि अहिले त्यसले विवाद निम्त्याएको हो। ती अवशेषहरू रुसी भू-उपग्रह कोस्मोस्-१४०८ बाट आएका जस्तो देखिएको छ।

उक्त जासुसी भू-उपग्रह सन् १९८२ मा अन्तरिक्षमा पठाइएको थियो र त्यसको तौल एक टनभन्दा बढी थियो।तर उसले केही वर्षअघि नै काम गर्न बन्द गरेको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ