आज : गते

ताजा शिर्षकहरु

म्यानमारकी नेतृ सुकीलाई चारवर्षे जेल सजाय, पूर्वराष्ट्रपति पनि तानिए

प्रकाशित
585
SHARES

एजेन्सी। म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई सैनिक सरकारले चार वर्ष जेल सजाय सुनाएको छ। सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोना,

भाइरसविरुद्धको नियमहरु उल्लंघन गरेको आरोपमा उनलाई चारवर्षे जेल सजाय सुनाइएको हो। सुकीसँगै पूर्वराष्ट्रपति विन मिन्तलाई पनि चारवर्षे जेल सजाय तोकिएको छ। दुवैजनालाई एउटै आरोप लगाइएको छ।

नोबेल पुरस्कार विजेता ७६ वर्षीया नेतृ सुकीलाई म्यानमारको सैनिकले सत्ता कब्जा गरेसँगै आफ्नै निवासमा नजरबन्दमा राख्दै आएको छ। उनलाई कारागार चलान गर्नुपर्ने फैसला सोमबार गरिएको भए पनि नजरबन्दबाट,

कारागार कहिले लैजाने भन्ने यकिन भने नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। कतिपयले नजरबन्दबाट कारागार लैजानकै लागि सैनिक सरकारले अनावश्यक मुद्दा लगाएर दोषी देखाएको बताएका छन्।

नेतृ सुकीलाई आर्थिक अनियमितता गरेको, शक्ति र स्राेतसाधनको दुरुपयोग गरेको लगायतका दर्जनौँ मुद्दा सैनिक सरकारले लगाएको छ। ती मुद्दामा दोषी ठहर भएमा उनलाई आजिवन जेल सजाय हुनेछ। ती मुद्दामा अहिले सुनुवाइ भइरहेको छ।

तर, सुकी र उनका समर्थकहरूले भने राजनीतिक पूर्वाग्रहका आधारमा सरकारले झुटा आरोप र मुद्दा लगाएको दाबी गरेका छन्। निर्वाचित सरकार र संसद्लाईसमेत विघटन गरिएको घोषणा गर्दै सैनिक नेतृत्वले गत फेब्रुअरी १ मा सत्ता हातमा लिएको थियो।

सैनिक नेतृत्वले सत्ता कब्जा गरेपछि म्यानमारमा लामो समय आन्दोलन भएको थियो। आन्दोलनका क्रममा १३ सयभन्दा बढीको मृत्यु भएको र सयौँको संख्यामा घाइते भएका बताइएको छ।

त्यसैगरी, आन्दोलनमा सहभागी भएकामध्ये हजारौँलाई प्रहरीले गिरफ्तार गरेको छ।तत्कालीन नवगठित संसद्को निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट रहेको सेनाले फेरि निर्वाचन गराउने,

र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने भन्दै सत्ता हातमा लिएको थियो। तर, अहिलेसम्म निर्वाचनका लागि ठोस कार्य भएको देखिएको छैन भने निर्वाचन हुने वातावरण पनि बन्न सकेको छैन।

सैनिकले निर्वाचित सरकार र संसद्लाई विघटन गरी आफूखुसी सत्ता हातमा लिएपछि विश्वभरिबाट विरोध भएको छ भने कतिपयले सहकार्य र सहयोग पनि रोकेका छन्।

तेस्तै, सैनिक शासक (कु)को विरोध गर्दै म्यानमारमा दिनप्रतिदिन आन्दोलन चर्किरहेको छ। प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसमर्थितहरूले देशका विभिन्न सहरमा सैनिक शासकको विरोध जनाइरहेका भिडियो, तस्बिर अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले दिइरहेका छन्।

यसैबीच आन्दोलनको पाँचौँ दिन बुधबार फरक किसिमको दृश्य देखिएको थियो। सैनिक शासनको विरोधमा किशोरीहरू फ्यान्सी ड्रेस राजकुमारीले लगाउनेजस्तै पोसाकमै आन्दोलनमा उपस्थित भएका थिए।

हजारौँ किशोरी बल गाउन लगाएर म्यानमारको मुख्य सहर यांगुनमा उत्रिएका छन्। स्थानीय भाषामा यसलाई ‘राजकुमारीको विरोध’ भन्ने गरिन्छ । ती फ्यान्सी ड्रेसमा आन्दोलन गरिरहेका किशोरीले सैनिकको कुटपिट र लोकतन्त्र हननका कारण विरोध गर्न,

सडकमा आउनुपरेको प्रतिक्रिया दिएका छन्।हामी सैनिकहरूको कुटपिटको विरोध प्रदर्शनमा भाग लिइरहेका छौँ, विरोधको शैली यो ड्रेस पनि एक हो, एक किशोरीले बिबिसीलाई भनिन्।

फ्यान्सी ड्रेस लगाएका महिलाको कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।बिबिसीका अनुसार बुधबार बिहानदेखि नै सडकमा आन्दोलनकर्मी उपस्थित भएका छन्। प्रहरीले आन्दोलनकारीविरुद्ध लगातार दोस्रो दिन पनि रबर गोली तथा टियर ग्यास प्रयोग गरिरहेको छ।

गत आइतबार म्यानमारको सेनाले निर्वाचित प्रजातान्त्रिक सरकारलाई हटाएर शासनसत्ता हातमा लिएको थियो । सेनाले एक वर्षका लागि सैनिक शासन रहने दोहो¥याउँदै आएको छ।

कार्यालय बन्द गरी कर्मचारी पनि आन्दोलित: ‘कु’को विरोधमा सरकारी कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन्। निजामती कर्मचारी दैनिक अफिस जानुको सट्टा सडकमा पुग्ने गरेका छन्। सैनिक प्रमुख मिङ ओङ हेङले सरकारी,

कर्मचारीलाई कुनै पनि आन्दोलनका कार्यक्रममा सहभागी नहुन आदेश दिएका छन्। सरकारी कर्मचारी आन्दोलनमा सहभागी भएको सूचना प्राप्त भए कडा कारबाही गर्ने सैनिक प्रमुख मिङ ओङले चेनावनी दिएका छन्।

सैनिक प्रमुख मिङ ओङले कानुन तोड्ने जोकोही पनि कारबाहीमा पर्ने बताएका छन्। उनले आन्दोलनकारीसँग वार्ता गरेका छैनन्। तर, सरकारी टेलिभिजनमा दिएको एक अन्तर्वार्तामा भने कानुन तोड्ने सबै कारबाहीमा पर्ने उद्घोष गरेका छन्।

यद्यपि, सैनिक प्रमुखले चेतावनी दिए पनि विभिन्न सामाजिक संस्थाहरूले निजामती कर्मचारीहरूलाई लोकतन्त्र रक्षा गर्न सहयोग गर्नुपर्ने अपिल गरेका छन्। यसक्रममा ती संस्थाहरूले ‘डन्ट गो अफिस’ अफिस नजान भनी नारा लगाएका छन्।

यसैबीच द नेसनल न्युजले आन्दोलन नियन्त्रणमा लिन खटिएका सैनिकहरू तीन लेयरमा रहेको जनाएको छ । सबैभन्दा अगाडिको समूहको हातमा फलामे डन्डी हुनेछ। त्यसपछिका सैनिकले टियर ग्यास बोकेका हुनेछन्।

अन्तिम चरणमा गस्ती गर्ने सैनिकसँग रबर गोलीयुक्त बन्दुक रहेको द नेसनल न्युजले जनाएको छ। यो घेरासँगै पानीको फोहोरा फ्याँक्ने भ्यान हुनेछ। सेनाले यसै रणनीतिअनुरूप म्यानमारको विभिन्न सहरमा गस्ती गरिरहेको छ।

सबैभन्दा बढी सैनिक राजधानीमा तैनाथ छन्। यसैबीच सुरक्षाकर्मीको कारबाहीमा दुई प्रदर्शनकारीको अवस्था गम्भीर भएको बताइएको छ। जसमा एक विद्यार्थी र एक डाक्टर छन्। ती दुवै प्रदर्शनकारी रबर गोलीबाट घाइते भएका हुन्।

बिबिसीका अनुसार बुधबार भइरहेको प्रदर्शनमा एक लाखभन्दा बढी जनता सडकमा ओर्लिएका छन्। प्रदर्शनमा बौद्ध भिक्षु, शिक्षक तथा विभिन्न क्षेत्रमा आबद्ध व्यक्ति सहभागी छन्।

आन्दोलनकारीहरूले नेतृ आङ साङ सुकीलगायत शीर्ष नेताको रिहाइ तथा म्यानमारमा अपदस्थ भएको सरकार पुनर्बहाली गर्नुपर्ने माग गरेका छन्। एजेन्सीको सहयोगमा।

प्रतिक्रिया

आजको ट्रेन्डिङ