आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, दुई दाँत भाँचियो

प्रकाशित
499
SHARES

काठमाडौँ। गहुँको बिउ वितरणको विषयमा विवाद बढ्दै जाँदा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको छ।

गाउँ कार्यपालिकाको मंगलबारको बैठकमा उपाध्यक्ष मण्डलले कुर्सीले हान्दा अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचिएको छ। छिन्नमस्ता गाउँपालिका–३ का वडाध्यक्ष दीपेन्द्रकुमार यादवले,

सामान्य विषयमा विवाद बढ्दै जाँदा यस्तो घटना भएको बताए। उनका अनुसार मंगलबार दिउँसो ३ बजे कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेका वेला विवाद भएको हो।

म पनि कार्यपालिका बैठकमा सहभागी थिएँ, सामान्य छलफल भइरहेको थियो । सोही क्रममा एक्कासि अध्यक्ष र उपाध्यक्षबीच हात हालाहाल भयो । अध्यक्षको दुईवटा दाँत भाँचिएको छ भने उपाध्यक्षको हातमा चोट लागेको छ।

उपाध्यक्ष मण्डलले गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेकै वेला अध्यक्ष सूर्यनारायण मण्डलले नजिक आएर अपशब्द प्रयोग गरेपछि कुर्सीले प्रहार गरेको स्वीकार गरिन् ।

अध्यक्षज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरेँ र सोही क्रममा मैले कुर्सी उठाएर हानेकी हुँ,’ उनले भनिन् । घटनाबारे बुझ्न खोज्दा अध्यक्ष मण्डलको फोन उठेन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक,

माधवप्रसाद काफ्लेले कुटाकुटको घटनाबारे सुने पनि आधिकारिक रूपमा जानकारीमा नआएको बताए । ‘घटनापछि उहाँहरू आ–आफ्नो घर हिँडेको सुनियोे । उहाँहरूले घटनाबारे प्रहरीमा जानकारी गराउनुभएको छैन, उनले भने।

अध्यक्ष र उपाध्यक्षबीच विगतमा बजेट वितरणलाई लिएर पनि सार्वजनिक रूपमै विवाद हुँदै आएको छ । स्थानीय विनोद यादवले अध्यक्ष र उपाध्यक्षबीच विगतमा भनाभन र विवादका घटना भइरहेको बताए ।

उनका अनुसार छिन्नमस्ता गाउँपालिकामा पछिल्लो दुई आर्थिक वर्षदेखि गाउँसभा हुन सकेको छैन । जसकारण विकास निर्माणका काम पनि पूर्ण रूपमा ठप्प छ । कर्मचारीले समेत महिनौँदेखि तलब पाएका थिएनन् ।

एक साताअघि मात्रै गत आर्थिक वर्षको गाउँसभा भएको यादवले बताए । गाउँपालिकामा अध्यक्ष मण्डलले तत्कालीन नयाँ शक्तिबाट चुनाव जितेका थिए भने उपाध्यक्ष मण्डलले तत्कालीन,

राष्ट्रिय जनता पार्टीबाट जितेकी थिइन्। तर, उनीहरू दुवै हाल दुई अलग पार्टीमा पुगेका छन्। अहिले अध्यक्ष मण्डल जसपामा छन् भने उपाध्यक्ष उषाकुमारी लोकतान्त्रिक समाजवादी पार्टीमा छिन्।

तेस्तै, चितवनका सुकुमबासीले ‘नो लालपुर्जा, नो भोट’ अभियान सुरु गरेका छन्। नेपाल बसोवास बस्ती संरक्षण समाजको आह्वानमा ¥यालीसहित चितवनबाट यस्तो अभियान सुरु गरिएको हो।

मंगलबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिकामा पर्ने टाँडी बजारबाट सुकुमबासीहरूले ‘उधारोमा भोट माग्ने प्रथा बन्द गर’, ‘जसको जोत उसको पोत कायम गर’,

बसोवासका आधारमा लालपुर्जा दे’लगायतका नारासहितका प्लेकार्डसहित प्रदर्शन गरे । नेपाल बसोवास बस्ती संरक्षण समाजका जिल्ला अध्यक्ष छविलाल देवकोटाले लालपुर्जा नपाएसम्म भोट नदिने अभियान सुरु भएको जानकारी दिए ।

हरेक चुनावमा आश्वासन पाए पनि लालपुर्जा नपाएको भन्दै लालपुर्जाविना आगामी चुनावमा कसैलाई भोट नदिने उनले बताए। अहिलेसम्म भूमिहीन सुकुमबासीहरूको समस्या समाधानका लागि २४ वटा आयोग बने पनि काम नभएको उनीहरूको आरोप छ।

विघटन गरिएको भूमि आयोगमा लालपुर्जाका लागि चितवनबाट ४३ हजार दुई सय २८ जनाले फारम भरेको देवकोटा बताउँछन् । नेपालमा करिब ७० लाख सुकुमबासी छन्, जसमध्ये ४० लाख मतदाता छन् । श्रोत, नयाँ पत्रिका बाट साभार।

प्रतिक्रिया