आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सचिव सित सुटुक्क रिर्सोट पुगिन् मन्त्री झाँक्री, बिल देखेपछि ठेकेदार हैरान

प्रकाशित
1.3K
SHARES

काठमाडौ। आफूले भनेकै सचिव पाएपछि शहरी विकासमन्त्री रामकुमारी झाक्री सचिवसहित रिर्सोटमा पुगेको समाचार अहिले भाइरल भएको छ। काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेको प्रकृति,

रिसोर्टमा शुक्रबार साँझ झाँक्रीले मन्त्रालयका सचिव मनिराम गेलाललाई लिएर बास बस्न पुगेको समाचार भाइरल भएको हो। उत्त, रिर्सोटमा झाँक्री, गेलाल सहित मन्त्रालयका सह–सचिव रामचन्द्र दंगाल,

अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका अध्यक्ष उद्धत तिमिल्सिना, महानिर्देशक दिलिप भण्डारी लगायत करीव डेढ दर्जनको भिआइपी टिम पुगेको थियो। त्यो टिम शुक्रबार साँझ त्यही बस्यो।

शनिबार बिहान अबेर मात्र त्यहाँबाट निस्क्यो । रातभर नाचगान र खानपिन चल्यो। बेलुकाको विल तीन लाख उठेपछि, त्यसको सबै खर्च रमन कन्ट्रसनको मालिक ठेकेदार पवन महतोले व्यहोरेको उच्च स्रोतको भनाइ छ।

टिममा मन्त्री झाक्रीले आफ्नो पति पशुपति पुरीलाई पनि लगेकी थिइन्। पशुपति उप–सचिव हुन्। रामकुमारीलाई खानपिन गराउनुमा ठेकेदार पवनको ठूलो स्वार्थ छ। शहरी विकास मातहतको बागमतीको,

नदीको मुहानमा ड्याम बनाउन पवनले ठेक्का पाएका छन्। त्यो ठेक्का ६० करोड रुपियाँको छ। उक्त ड्यामलाई अवलोकन गर्न भनी झाक्रीको टिम शिवपुरी निकुञ्ज पुगेको थियो।

महतोले शहरी विकास मातहतका थुप्रै योजना हात पारेका छन्। योजना हात पार्न उनले यस्तो तरिका अपनाउने गर्छन्। मन्त्री झाक्रीसँग महतो आफै पनि रिसोर्टमा पुगेका थिए।शुक्रबार साँझ नै आफ्नो निवासमा आउन पर्याप्त समय हुँदाहुँदै पनि,

मन्त्री झाक्री रिसोर्टमा बस्न मन पराइन। त्यहाँ उनी जिन्सको पाइन्ट लगाएर पुगेकी थिइन्। मन्त्री भइसकेपछि झाक्री ‘गुण्डा’ र ‘डन’को शैलीमा जिन्सको पाइन्टमा देखिएपछि धेरै जना आश्चर्यचकित परेका थिए।

मन्त्रालयका एक कर्मचारी भन्छन, ‘त्यहाँ अवलोकनमा भन्दा खानपिन र नाचगानमा बढी समय खर्च भएको थियो ।’ मन्त्री झक्रीको टिमलाई खानपिन गराउने योजना ठेकेदार महतोले पहिले नै मिलाएका थिए ।

एकीकृत बागमती सभ्यता आयोजनाका अध्यक्ष उद्धव तिमिल्सिनाले यो सबै कामको चाँजोपाँजो गरेका हुन्। तिमिल्सना एमाले नेता महेश बस्नेतसँग निकट मानिन्छन्।

एमालेको सरकारको बेला उनी अधिकार सम्पन्न बागमती विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । आफ्नो जागिरी जोगाउन उनले मन्त्रीलाई खुशी बनाउने गरको छन्।

त्यसो त, शहरी विकासमा आउने वित्तिकै मन्त्री झाक्रीले शहरी विकाससचिव फेरेर एमाले नेता बस्नेत निकट मानिने मनिराम गेलाललाई ल्याइन्। गेलालको दाजु नवराज गेलाल एमालेबाट भक्तपुर जिल्लाका जिसस संयोजक हुन्।

हालै सम्पन्न एमालेको महाधिवेशन उनले महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका थिए। मन्त्री झाक्रीले आफ्नो टिममा शहरी विकासको स्टोर हेर्ने एक जना कर्मचारीलाइ पनि लगेकी थिइन्। झाक्री शहरी विकासमा आउने वित्तिकै सचिव मात्र फेरिन।

मन्त्रालय मातहतका १८ उच्च कर्मचारी सरुवा गरिन् । आकर्षक मानिने सबै ठाउँमा उनले आफ्नो मान्छे भर्ना गरेकी छिन् । समाचारका विषयमा प्रतिक्रिया लिन मन्त्री झाक्री र ठेकेदार महतोसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

तेस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि कमल थापाले सबैभन्दा पहिलो आक्रोश पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पोखेपछि नेपाली राजनीतिमा एउटा तरंग आएको छ।

उनको आक्रोशले गम्भीर प्रश्न यो उठायो कि निर्मल निवास र कमल थापाबीच सम्बन्ध समुधुर रहेनछ। यो स्वयं थापाले पूर्वराजा ज्ञानेन्द्रसँग सम्बन्ध बिग्रिएको सामाजिक सञ्जालमार्फत पुष्टी नै गरेर लेखिदिए,

पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु, बधाई छ ज्ञानेन्द्र शाह र धन्यवाद, मैले राहत र उन्मुक्ति पाएको छु । थापा यतिमा नै रोकिएका छैनन् ।

राजा ज्ञानेन्द्र शाह र संवैधानिक राजतन्त्रका लागि गरेको योगदानको पनि स्मरण गराउँदै अगाडि आक्रोश पोखेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,

सो एजेन्डाको मुलसंवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्, हार्दिक शुभकामना ।सार्वजनिक रूपमा नै पूर्वराजा र थापाबीचको सम्बन्ध बिग्रिएको पुष्टी भए पनि यो आज आएर बिग्रिएको होइन्,

यो सम्बन्ध बिग्रिएको संविधान निमार्णताकादेखि नै हो। र्वराजानिकट एक नेता भन्छन, ‘दोस्रो संविधानसभामा २५ सिट ल्याउँदासम्म राजा र थापाजीको सम्बन्ध राम्रो थियो । तर, त्यत्रो सिट ल्याउँदा पनि संविधानसभामा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पक्षमा माहोल बनाउन नसकेपछि राजा रिसाएका थिए ।’

पूर्वराजा शाहले संविधानसभाभित्र कांग्रेस तथा तराई मधेस केन्द्रित् दललगायत भित्र राजतन्त्रवादी र हिन्दुवादीहरू रहेको उल्लेख गर्दै तिनलाई आफ्नो अजेन्डामा जोडबल गर्न आग्रह गरेका थिए।

तर, थापाले अन्य पार्टीका नेताहरूलाई ‘कन्भिन्स’ गर्नुको सट्टा आफ्नै अजेन्डामा टिक्न नसकेपछि पूर्वराजा शाह रिसाएका थिए। दोस्रो संविधानसभामा थापा नेतृत्वको तत्कालीन राप्रपा नेपालले गणतन्त्र,

धर्मनिरपेक्षता र संघीयतामा ‘नोट अफ डिसेन्ट’ लेखेका त थिए। तर, पूर्वराजा ज्ञानेन्द्रलाई त्यो चित्त बुझेको थिएन। कम्तिमा हिन्दु राज्यलाई संविधानसभावाट नयाँ संविधान कायम गर्न सकेको भए,

संवैधानिक राजतन्त्रको मुद्दा दोस्रो चरणमा सफल हुन्छ भन्ने विश्वास राजाको थियो। त्यसमाथि छिमेकी भारत पनि हिन्दु राज्यको पक्षमा रहेको विषयलाई राजाले थापालाई ध्यानाकर्षण गराउँदा पनि उनी त्यसतर्फ पाइला चालेनन्’, पूर्वराजानिकट नेता भन्छन्।

दोस्रो, भारतीय नाकाबन्दीको विरोध र चीनसँग पारवहन सम्झौताले तत्कालीन राप्रपाको हैसियतलाई उचाइमा लगे पनि पछि नाकाबन्दीको डटेर सामना गर्ने तत्कालीन केपी ओलीको सरकार ढलेपछि नयाँ सरकारमा गएको पनि पूर्वराजाको चित्त बुझेको थिएन।

प्रतिक्रिया