आज : गते

ताजा शिर्षकहरु

एकमात्र सभापतिको उम्मेदवार बनाउने पौडेल समूहमा सहमति

प्रकाशित
1K
SHARES

काठमाडौँ । पौडेल समूहमा एकमात्र सभापतिको उम्मेदवार बनाउने सहमति भएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन आउन केही दिनमात्र बाँकी रहेका बेला संस्थापन इतर समूहका सभापतिका आकांक्षी नेताहरुबीच सोमबार साँझ छलफल भएको थियो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहाटारमा पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो ।

सो छलफलमा साझा उम्मेदवार बनाउने सहमति भएको एक नेताले जानकारी दिए । तर, सभापतिको उम्मेदवार को भन्ने विषयमा भने खुलाइएको छैन। तर, दुई दिनभित्र साझा उम्मेदवार घोषणा गरिने नेताहरुले बताएका छन् ।

केन्द्रीय सदस्यहरुसँग पनि छलफल गरेर उम्मेदवार घोषणा गर्ने सहमति भएको छ । मंगलबार प्रकाशमान सिंहको निवास चाक्सीबारीमा केन्द्रीय सदस्यहरुको बैठक बोलाइएको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ