आज : गते

ताजा शिर्षकहरु

बागमती प्रदेशमा देउवापक्षका बानियाँ विजयी, पौडेल समूह जिल्ल

प्रकाशित
609
SHARES

काठमाडौ। प्रमुख सत्तारुढ दल कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको सभापतिमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका इन्द्रबहादुर बानियाँ विजयी भएका छन्।

पहिलो चरणमा ५१ प्रतिशत नपुगेपछि दोस्रो चरणको मतदान प्रक्रियाबाट रामचन्द्र पौडेल पक्षका प्रतिस्पर्धी जगदीश्वरनरसिंह केसीलाई एक सय ५८ मत अन्तरले पराजित गर्दै बानियाँ विजयी भएका हुन्।

रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, गगन थापालगायत नेताहरूको साथ पाएका दुईपटक संविधानसभा सदस्यसमेत भइसकेका पुराना नेता केसीलाई पराजित गर्दै,

वर्तमान मकवानपुर सभापति तथा बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले एक हजार ८५ मत पाएका छन्। उनका प्रतिस्पर्धी नुवाकोटका पूर्वसभापति केसीले ९ सय २७ मत पाए।

२ हजार २५ मतमध्ये १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। कांग्रेसको विधानअनुसार दुई वा सोभन्दा बढी उम्मेदवार रहँदा सभापतिमा ५१ प्रतिशत मत पुग्नुपर्ने प्रावधान छ।

शनिबार दिउँसो भएको मतदान प्रक्रियाबाट बानियाँ, केसी र भीमसेनदास प्रधान कसैले पनि ५१ प्रतिशत मत ल्याएका थिएनन्। पहिलो चरणमा भएको मतदान प्रक्रियाको परिणामअनुसार तीनजना,

उम्मेदवारमध्ये बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले बढी मत ल्याएका थिए। सभापतिमा बानियाँले ९ सय ९२, दोस्रो हुने केसीले ८ सय ७२ मत र तेस्रो भएका प्रधानले १ सय ९७ मात्र मत पाएका थिए।

बानियाँ ४८ प्रतिशत मत ल्याएर बढी मत ल्याउने उम्मेदवार भएका थिए। ५१ प्रतिशत नपुग्दा उनी पुनः निर्वाचनमा सहभागी भएका थिए । तेस्रो भएका प्रधान निर्वाचन प्रक्रियाबाट बाहिरिएका थिए।

प्रधानले औपचारिक भेलामार्फत बानियाँलाई आफ्नो समर्थन रहने घोषणा गरेका थिए। उनी नेता कृष्णप्रसाद सिटौलानिकट हुन्। उनि निर्बाचित भए संगै पौडेल जिल्ल परेको छ।

तेस्तै, नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुनले अग्रता लिएका छन्। २६५ मत गणना गर्दा पुनले १५७ मत प्राप्त गरेका निर्वाचन समितीका सदस्य जीवनारायण अधिकारीले जानकारी दिए।

सभापतिका अर्का प्रत्यासी भरतकुमार शाहले १०७ मत प्राप्त गरेका छन भने एक मत बदर भएको छ। पुन रामचन्द्र पौडेल समूहका हुन् भने शाह शेरबहादुर देउवा समूहका हुन्।

यस्तै, उपसभापति अष्टभुज पाठकले १५० मत ल्याएका छन्। उपसभापति पदका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १५०, राजु खनालले १०९, सुधाकर पाण्डेले ८० मद प्राप्त गरेका छन्।

महामन्त्रीमा खिमानसिंह रायमाझी ८१, जन्मजय तिमल्तिना ९२, बिक्रम खनाल १६३, सुरेन्द्रराज आचार्यले १५६ मत पाएका छन्। शनिवार मतदान सकिए पनि आईतबार विहानबाट मत गणना सुरु गरिएको हो।

२६५ मत गन्दा सहमहामन्त्री (महिला) निमा गिरी–१४३ र सरिता चौधरी–९७, सहमहामन्त्री खुला खगराज पाण्डे –१४१, माया पुन–१०५, लक्ष्मीनारायण शाह–९१, विष्णुप्रसाद खनाल मुस्कान–१६३ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ