आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमालेको पत्तासाफ गर्ने माधब नेपालको नयाँ रणनीति, जारी गरे यस्तो सूचना

प्रकाशित
744
SHARES

काठमाडौ। नेकपा एकिकृत समाजवादीका संयोजक एबं पूूर्बप्रधानमन्त्री माधब नेपालले एमालेको पत्तासाफ गर्न र नेकपा एसलाई मजबुत बनाउन नयाँ रणनीति अपनाएका छन्।

नेताहरुलाई जिल्लामा पठाउने र अन्य दलका कार्यकर्ता तान्नका लागी उनले सर्कुुलर नै जारी गरेका हुन्। नेकपा एसका कार्यकर्ता अन्य पार्टीमा जान रोक लगाउन पनि माधब नेपालले यसअघि निर्देशन दिइसकेका छन्।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका केन्द्रीय नेताहरुलाई जिल्ला जिल्लामा पार्टी संगठनको काममा सक्रिय हुन सर्कुलर जारी गरेका छन्। हालै १०औं महाधिवेशन सम्पन्न गरेर काठमाडौं,

फर्किएका एमाले नेताहरुले माधव नेपालको पार्टीका नेता तथा कार्यकर्ता तान्नको लागि अभियान चलाउने भएपछि अध्यक्ष नेपालले आफ्ना पार्टीका नेताहरुलाई यस्तो सर्कुलर जारी गरेको पाईएको छ।

हिजोमात्रै योगेश कुमार भट्टराईले अब एमाले संगठन निर्माणको लागि देशव्यापी रुपमा अघि बढ्ने बताएका थिए। माधव नेपालले पछिल्लो दिनमा आफूनिकट नेताहरुलाई जिल्ला जिल्लामा जान निर्देशन दिएका छन्।

अहिले पार्टीको तर्फबाट सरकारमा सहभागी नेताहरु जिल्ला दौडमा निस्किएका छन्। पर्यटनमन्त्री प्रेम आले जनकपुरमा छन्। उता, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ किसान पनि जिल्लामा छन्।

एमालेबाट विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका माधव नेपालले पार्टी निर्माणको लागि ठूलो समय खर्चिएका छन्। उनी देश दौडाहमा व्यस्त छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापका थिए। पत्नी राधिकासहित पूर्व प्रधानमन्त्री ओली आफ्नो घरमा आउँदा पूर्व राज्यमन्त्री समेत रहेकी भद्रा घलेको अत्यन्तै खुसी भएकी थिइन।

पञ्चायतकालमा सिन्धुलीबाट ५ पटक राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी भद्रा घले राजपरिषद स्थायी समितिको सदस्य समेत थिइन्। पछिल्लो समय कुनै राजनीतिक दलमा नरहेकी उनी केपी ओलीको पक्षमा कडा भााषण र अन्तरवार्ता दिएर चर्चामा आएकी छिन।

ओलीको नेतृत्वमा फेरि मुलुकले बहुमतको सरकार प्राप्त गर्ने भन्दै भद्रा घलेले आफ्नो सपना पूरा भएको बताइन्। ओलीलाई घरमा स्वागत गर्न पाएकी उनले षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा आउन आशिर्वाद दिइन्।

ओली र भद्रा घलेबीच केहीबेर भलाकुसारी भयो। ओलीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिए भने भद्राको परिवारका सदस्यहरुले भने ओलीको स्वास्थ्यलाभका लागि आफूहरुले भगावनसँग प्रार्थना गरेको सुनाए।

भद्रा घलेले अ‍ोलीसँग भेट्न धेरै पहिलदेखि चाहेकाले शनिबार समय मिलाएर जेष्ठ राजनीतिज्ञको सम्मानका लागि भेट गरिएको ओलीको सचिवालयले जनाएको छ। सो अवसरमा घेलेले ओलीलाई आफूले लेखेका विभिन्न पुस्तकहरु उपहार दिइन्।

९० वर्षको उमेरमाा पनि लेखपढमा व्यस्त रहने भद्रा घले पन्चायतकालकी चर्चित राजनीतिज्ञ हुन्। ओलीलाई विदाई गरेपछि उनले भनिन्– षडयन्त्र गरेर हटाए पनि यो देशमा केपी ओलीले फेरि बहुमत ल्याउछन्।

आउने चुनावमा हामीजस्ताले पनि उहाँलाई भोट दिन्छौं। मैले आशिर्वाद दिएकी छु, फेरि पनि केपी ओली दुई तिहाई बहुमतका साथ आउनुपर्छ।

भद्रकुमारी घलेकी आमा झक्तकुमारी घले सिन्धुलीकी एक चर्चित क्रान्तिकारी थिइन्। सिन्धुलीको अम्बोटे र हसाइमा २५ वर्षसम्म लगातार प्रधानपञ्च भएकी भद्राकी आमा भक्तकुमारीको बिँडो थाम्दै,

पञ्चायती शासनव्यवस्था आएपछिराजनीतिमा प्रवेश गरेकी भद्रा ५ पटक माननीय अर्थात् राष्ट्रिय पञ्चायत्को सदस्य बनिन्। उनकी आमा भक्तकुमारीको १०१ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ