आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कमल थापालाई पराजित गरेर राप्रपाको अध्यक्ष बनेका राजेन्द्र लिङ्देनको नालीबेली बाहिरियो

प्रकाशित
545
SHARES

काठमाडौं। कमल थापालायई पराजित गर्दै राप्रपाको एकल अध्यक्ष बन्न सफल राजेन्द्र लिङ्देनको राजनीति सघंर्षको छहारीमा बितेको छ। जेलनेल देखि धेरै आरोह अवरोह बेहोरेका राजेन्द्र राप्रपाको एकल अध्यक्ष बनेपछि राप्रपामा उत्साह छाएको छ।

राप्रपा बाहिर पनि राजेन्द्र लिङ्देनका प्रशंसकहरु ह्वात्तै बढेका छन्। लामो समयदेखि राप्रपाको नेतृत्व गर्दै आएका कमल थापालाई अध्यक्षमा पराजित गरेर राजेन्द्र लिङ्देन पुनः एकपटक चर्चामा आएका हुन्।

राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री लगायत जिम्मेवारी सम्हालिसकेका ५६ वर्षीय लिङ्देन पार्टीको एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन्।

झापाको हल्दिबारी गाउँपालिका–१ घर भएका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएर चर्चित बनेका थिए।

लिङ्देनको जन्म भने वि।सं। २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा भएको थियो। उनको राजनीतिक यात्रा २०३६ सालबाट सुरु भएको थियो । २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा उनी आवद्ध भएका थिए।

२०४७ सालमा राप्रपाको झापा जिल्ला सचिव बने। २०४९ सालमा राप्रपाको विद्यार्थी संगठन ९राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन० बन्दा उनी संस्थापक अध्यक्ष बन। २०४७ पछि स्थापित राप्रपाको जिल्ला तहको,

पदाधिकारीदेखि २०६६ सालमा पार्टी केन्द्रीय सदस्य र त्यसपछि महामन्त्रीको रुपमा उनी कार्यरत रहे पिता मानप्रसाद र माता धनकुमारीका छोरा लिङ्देनले राजनीतिशास्त्र र इतिहासमा स्नातकसम्म अध्ययन गरेका छन्।

स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष बनेका उनी २०६१ देखि २०६३ सम्म जिविस झापाको सभापतिसमेत बने।

०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पराजय व्यहोरेका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएपछि चर्चामा रहे।

लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भएका हुन्। राजनीतिक आन्दोलनको क्रममा पटक–पटक हिरासतमा बिताएका उनी २०३८ र २०४७ सालमा दुई पटक जेल परेका थिए।

९ महिनाभन्दा बढी समय बन्दी जीवन बिताएको उनी बताउँछन्। आफूलाई निष्ठाको पर्याय, विकास अभियन्ताको रुपमा परिचित गराउन चाहने लिङ्देन युवा पुस्तामा लोकप्रिय मानिन्छन्।

तेस्तै, राप्रपाको अध्यक्षमा पराजित भएपछि निराश बनेका कमल थापा आफु निकटको प्यानलमा वर्चस्व रहेको थाहा पाएपछि भने खुसी भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारीमा अध्यक्ष पदमा पराजित कमल थापापक्षको बर्चश्व देखिएको छ।

भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन्। पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् ।

दुवै प्यानलमा समेटिएका उनले २५२१ भोट ल्याए। यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १९४४ भोट ल्याएर विजयी भएका छन् ,भन् सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भएका छन्।

महिला उपाध्यक्षमा रोशन कार्की १६८९ भोट ल्याएर विजयी भएकी छन्। उनी पनि कमल थापा पक्षकी हुन्। महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भएका छन्।

यसैगरि थापा पक्षकै भुवन पाठकले १८०५ भोट ल्याएर जित हासिल गरे। महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी भइन्। उनले २००८ मत ल्याएकी छन्। महिला महामन्त्रीमा रेखा थापा पराजित भएकी छन्। उनल १६४० भोट ल्याइन्।

प्रतिक्रिया