आज : गते

ताजा शिर्षकहरु

लिम्पियाधुरामा माओवादी केन्द्रले गर्यो भव्य सम्मेलन, भारतमा समेत तरंग

प्रकाशित
561
SHARES

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले लिम्पियाधुरा क्षेत्रमा सम्मेलन गरेको छ। लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा पर्ने व्यास गाउँपालिकामा माओवादीले सम्मेलन गरेको हो।

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र अन्तर्गत पर्ने व्यास गाउँपालिकामा पुगेर माओवादी केन्द्रले भव्यताका साथ पहिलो पटक पालीका सम्मेलन गरेको हो।

लामो समयसम्म कुनै पनि पार्टीले यो ठाउँमा सम्मेलन गर्न सकेको छैन। धनसिंह कुवरको नेतृत्वमा पालीका स्तरीय ५५ सदस्यीय समिति गठन गरिएको छ। सम्मेलनमा माओवादी केन्द्रका सुदूरपश्चिमका सह–इन्चार्ज लक्ष्मणदत्त जोशी,

सुदूरपश्चिम सरकारका उद्योग, पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामी, दार्चुला जिल्ला मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी लगायत स्थानीय नेताहरू सहभागी भएका थिए।

सम्मेलनबाट लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भूमि नेपालको हो भनेर सन्देश प्रवाह भएको सहभागी एक नेताको भनाई छ।यसअघि यो क्षेत्रमा कुनै पनि राजनैतिक दलहरूले सम्मेलन गरेका छैनन्।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेतृत्वमा बनेको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा प्रकाशन गरेको थियो।

उक्त भूभाग समेटिएको नक्सा पाठ्यपुस्तकमा छाप्ने प्रक्रिया तत्कालीन शिक्षामन्त्री गरीराजमणि पोखरेलले अगाडि बढाएका थिए। तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उक्त प्रक्रिया रोकिएको थियो।

तेस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन सकिएको छ । कमल थापालाई हराउँदै अध्यक्षका अर्का उमेदवार राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

अध्यक्षमा पराजित भएपछि थापाले पराजय सहर्ष स्वीकार गरेका छन्। लङ्देनलाई बधाई दिदै उनले आफ्नो हारको कारण पूर्वराजा ज्ञानेन्द्र भएको आरोप समेत लगाएका छन् ।

निर्मल निवासले नांगो हस्तक्षेप गरेर आफूलाई हराइएको उनको भनाई छ। जितको लागी थापाले राजेन्द्र लिङ्देनलाई मात्रै होइन पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि शुभकामना दिएका छन्।

निकै आक्रोशित भएका थापाले आफूले आजबाट उन्मुक्ति पाएको बताएका छन्। ‘कठिन समयमा टाउकोमा कफन बाँधर गणतन्त्रको विरोध गरेको पुरस्कार पाइयो। थापाले भनेका छन्।

आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्। उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए।

चार सय १३ मत बदर भएको थियो।‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना।

प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु,’ थापाले भनेका छन्। कमल थापाले पूर्वराजा ज्ञानेन्द्रले हराएको भनेपनि अध्यक्षमा विजयी लिङ्देन

भने राजतन्त्रका पक्षमा नभएको खुलासा भएको छ ।‘लिङ्देनले नेपालमा राजा फर्किनु र लिछिविकाल फर्किनु उस्तै उस्तै हो, त्यसैले राजा पर्किने विषय हाम्रो एजेण्डा होइन् भनेका छन्।

महाधिवेशनमा प्रतिनिधिका रुपमा उस्थित एक नेताले भन,  उहाँले भोट माग्दा राजतन्त्रको पक्षमा माग्नु भएन् । उहाँले त नेपाललाई हिन्दु राष्ट्र बनाउन मलाई मत दिनुहोस् भनेकाक थिए।

उनले अगाडि भने, ‘जनजातीको छोरोले हिन्दुराष्ट्रको कुरा उठाउँदा राप्रपाका प्रतिनिधिको मन पग्लीएको हो । अव सबै जनजातिहरु पनि हिन्दुराष्ट्रको पक्षमा मतदान गर्नुहुन्छ।

नेपालमा पुरानो व्यवस्था फर्किएको इतिहास नभएको भन्दै कसैले राणा फर्काउ शासन चाहियो भन्ला, कसैले लिछिविकाल चाहियो भन्ला यो सम्भव नभएको लिङ्देनको भनाई रहेको प्रतिनिधिले बताएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ