आज : गते

ताजा शिर्षकहरु

लेखराज भट्ट : ‘दुई स्वास्नीको पोई, कुनापसी रोइ’

प्रकाशित
1.6K
SHARES

काठमाडौ। नेकपा माओवादी परित्याग गरी एमाले प्रबेश गरेका सुदुरपश्चिमका नेता लेखराज भट्टले दुई जना श्रीमती राखेको पाइएको छ। पहिलो श्रीमतीमा थाइराइडको समस्या देखिएपछि सन्तान जन्माउनकै लागि,

दोश्रो विहे गरेको श्रोतको भनाई छ।पहिलो श्रीमतीबाट जनयुद्धको समयमा नै एउटा छोरा जन्मिएको थियो। उनको पहिलो सन्तान खेर गएपछि पहिलो श्रीमतीबाट कुनैपनि सन्तान जन्मिएन। त्यपछि उनले दोश्रो विवाह गरे।

भट्टले २०७२ सालमा ५७ वर्षको उमेरमा ताप्लेजुङकी ३० वर्षीय युवती विष्णु आचार्यसँग गोप्य रुपमा दोस्रो विवाह गरेका थिए । उक्त विवाहपछि माओवादीमा भट्टको चर्को आलोचना भएको थियो ।

उनी उद्योग मन्त्री भएका बेलामा कान्छि श्रीमतीलाई मन्त्री क्वाटरमा राखेका थिए भने जेठी श्रीमती ललितपुरको आफ्नै घरमा बसेकी थिइन् । मन्त्री भएका बेलामा हरेक शुक्रबार जेठी श्रीमती भेट्न जाने गरेका थिए ।

माओवादीबाट पटक–पटक मन्त्री भएका भट्टमाथि राज्य शक्तिको दुरुपयोग गरेर अकूत सम्पत्ति कमाएको आरोप लाग्ने गरेको छ । पछिल्लोपटक उद्योगमन्त्री हुँदा पनि मदिरा व्यवसायी,

एनसेल, सुपारी तस्करहरुबाट करोडौं रकम उठाएको आरोप छ ।नेकपा एमालेका प्रदेश इन्चार्ज रहेका भट्टमात्र होइन, सहइन्चार्ज नारदमुनि राना, अध्यक्ष कर्ण थापादेखि जिल्ला अध्यक्ष रतन थापासम्मलाई,

बहुपत्नीको प्रश्नको सामना गर्नु परिरहेको छ । उनीहरु भन्दा तलका नेता–कार्यकर्ता पनि बदनाम हुँदै आएको छ । त्यसैगरी प्रदेश सहइन्चार्ज नारदमुनी राना पनि बहुविवाहमा मुछिएका नेता हुन् ।

कान्छिलाई आफूसँगै डुलाउने र जेठीलाई चुलाचौकामा थन्काएको भन्दै रानाको आलोचना हुने गरेको छ । २० लाख रुपैयाँमा रातो पासपोर्ट बेचेको विषयमा रानामाथि सर्वोच्च अदालतमा विचाराधिन मुद्दा छ ।

कर्ण थापाकी जेठी श्रीमती बाजुरामा घाँस दाउरा गरेर दिन बिताइरहेकी छन् भने, यता कमला ओली काका केपीको कृपाले आधा करोडको गाडी र लाख बढी तलब सुविधासहित सूचना आयोगमा माननीय सदस्यको रुपमा नियुक्ति खाइरहेकी छन् ।

यस्तै जिल्ला अध्यक्ष रतन थापा पनि दुई स्वास्नी स्याहार्ने नेता तथा प्रदेश सांसद हुन् । कान्छी स्वास्नी टीका लम्कि चुहा नगरपालीकाको उप मेयर छन् ।मदिराको तालमा रहेको अवस्थामा गत वर्ष एक,

महिलासँगको कैलालीका अध्यक्ष दिर्घ सोडारीको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त प्रकरणमा ओलीले उनलाई निलम्बन गरेका थिए। सोडारीको निलम्बनपछि रतन थापा अध्यक्ष भए।

केही समयपछि थापाको पनि महिलासंगको आपत्तिजनक संवाद अडियोका रुपमा भाइरल भयो। तर, थापालाई कुनै कार्वाही भएन। एउटै प्रकृतिका मुद्दामा सोडारीलाई पेलेको र थापालाई जोगाएको भन्दै रावल पक्षले तीव्र आलोचना गरेको थियो।

सोडारी रावल पक्षधर हुन्। यसरी पार्टी टुक्राटुक्रा भएका बेला सुदूरपश्चिममा हतारले बदनाम भएका नेताहरुबाट ओली नेतृत्वको एमालेको संगठन निर्माण कतिको प्रभावकारी होला ? र,

आगामी निर्वाचनमा जनताले कसरी पत्याउलान भनेर सुदूरपश्चिमका इमान्दार र स्वच्छ छवि भएका कार्यकर्ताहरु चिन्तित देखिएका छ्न्। गत आम निर्वाचनमा माओवादीसँग चुनावी एकता गरेपछि संघ, प्रदेश र स्थानीय निकायमा भोटको भेल बगेको थियो।

अब नेकपा तीन टुक्रामा विभाजित भएपछि आगामी निर्वाचनमा ओली गुटले सुदूरपश्चिममा धुलो चाट्नुपर्ने देखिन्छ। सुदूरपश्चिमका जनताले यो सबैको दोष ओलीमाथि थोपरेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ