आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

इच्छाराज तामाङको मासिक तलव सुनेपछि प्रहरीका अधिकृत चकित

प्रकाशित
8.1K
SHARES

काठमाडौ। सिभिल डेभिड एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङको मासिक तलव सुनेपछि अनुसन्धानमा खटिएका प्रहरी चकित भएका छन्। सहकारीबाट तामाङले मासिक ८ लाखसम्म तलब बुझेको पाइएपछि प्रहरीका अधिकृत चकित भएका हुन्।

तामाङले सहकारी संस्थाबाट मासिक ५ लाख र अन्य कम्पनीबाट मासिक ३ लाख रुपैयाँ तलब लिने गरेको पाइएको हो। तर, सहकारी संस्थामै काम गर्ने कर्मचारीहरूले भने ६ महिनासम्म बेतलबी काम गरेको बताएका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको सहयोगमा सरकारी वकिलको कार्यालयले तयार पारेको अभियोग पत्रमा बयान लिनेक्रममा यस्तो खुलेको हो। सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठले अभियोग पत्रमा बयान दिँदै भने,

इच्छाराज तामाङले सहकारी संस्थाबाट बैठक भत्ताबाहेक मासिक पाँच लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन्। साथै सिभिल ग्रुप अन्तर्गतको अन्य कम्पनीबाट मासिक तीन लाख पारिश्रमिक लिने गरेका छन्।

अध्यक्ष श्रेष्ठले दिएको बयानले सयौँ बचतकर्ताको अर्बौँ रकम ठग्ने इच्छाराजले आफूले पारिश्रमिकबापत मोटो रकम लिने गरेको पुष्टि भएको छ।बैठक भत्ताबाहेक नै मासिक आठ लाख पारिश्रमिक लिने,

इच्छाराजले आफ्ना कर्मचारीलाई भने ६ महिनासम्म बेतलबी जागिर दिएको समेत खुलेको छ। २८४ पृष्ट लामो अभियोग पत्रमा बयान दिँदै सहकारी संस्थाका लेखा अधिकृत राकेश महर्जनले ६ महिनादेखि तलब नपाएको बताएका छन्।

सरकारी वकिलको कार्यालयलाई बयान दिँदै उनले भने, ‘सहकारी संस्थाको लेखा अधिकृतमा रहँदा मैले ठगी गरेको छैन। बरु उल्टै ६ महिनासम्म बेतलबी श्रम गरेको छु।

यो बयानले इच्छाराजले आफ्ना बचतकर्तालाई मात्र नभई कर्मचारीलाई पनि ठग्दै आएको देखिएको छ। उनको ठगी गर्ने हकर्तबाट कर्मचारी समेत अछुतो रहेको पाइएको हो।

तेस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आगामी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।

राप्रपाले यसअघिका महाधिवेशनमा अध्यक्ष चुन्न मात्रै मतदान गर्ने गरेकोमा यसपटक अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना चुन्नका लागि निर्वाचन गर्न लागेको हो । १ सय ९९ सदस्यीय कार्यसमितिमा बाँकी भने मनोनीत हुन्छन्।

राप्रपाले जारी महाधिवेशनबाटै ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिने गरी संशोधित विधान अनुमोदन गरेको हो। राप्रपाको जारी महाधिवेशनबाट भइरहेको नेतृत्व चयनको प्रक्रियालाई राजनीतिक वृत्तबाट चासोका साथ हेरिएको छ।

बुधबार सुरु राप्रपाको महाधिवेशनमा सहमतिबाट नेतृत्व चुन्न शीर्ष तहबाट गरिएको प्रयास असफल भएपछि मतदान प्रक्रियाबाटै नेतृत्व चयन गर्नेगरी प्रक्रिया अघि बढेको हो।

थापा समूहबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान उम्मेदवार छन्। तर थापाले उपाध्यक्ष राखेका विक्रम पाण्डे भने लिङ्देनतर्फ खुलेका छन् । उनी लिङ्देनसँगै चुनावी प्रचारमा उभिएका छन्।

थापाले महिला उपाध्यक्षमा रोशन कार्कीलाई उम्मेदवार बनाएका छन् । यस्तै, तीन सदस्यीय महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही उम्मेदवार छन् ।

यसैगरी, लिङ्देनले पनि उपाध्यक्षमा पाण्डेलाई राखेका छन् । उनी लिङ्देनतर्फ खुलेपछि थापालाई त्यसको असर पर्ने देखिन्छ । लिङ्देनतर्फबाट उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ मैदानमा छन्।

यसैगरी, लिङ्देनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बनेका छन् ।

यो महाधिवेशनमा कमल थापा कमजोर भएका छन् । लामो समय कमल थापासँगै रहेर काम गर्दै आएका नेता मोहन श्रेष्ठले पनि उनको साथ छाडेपछि उनी थप कमजोर भएका हुन् ।

उनी जारी महाधिवेशनमा लिङ्देन समूहबाटै खुला केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् । थापाको नेतृत्वमा रहेको राप्रपा नेपालदेखि नै उनी प्रचार विभाग प्रमुखका रूपमा काम गर्दै आएका थिए भने हाल पनि उनी सो जिम्मेवारीमा छन् ।

राप्रपाको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्षमध्येका एक अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजेन्द्र लिङ्देनलाई समर्थन गरेका छन् ।

लोहनीले नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अध्यक्ष कमल थापा र पशुपतिशमशेर जबरालाई यसअघि नै पत्रकारसम्मेलनमार्फत नै आग्रह गरेका थिए । उनले लिङ्देनलाई सघाउन गरेको आग्रह थापाले नटेरेपछि राप्रपा चुनावी प्रक्रियामा अघि बढेको हो ।

अब नयाँ नेतृत्वलाई काम गर्न मौका दिऊँ, म अध्यक्षद्वय कमल थापा र पशुपतिशमशेर जबरालाई नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन पनि आग्रह गर्छु, लोहनीले भनेका छन् ।

लोहनीनिकट नेता जनकराज पाठकले लोहनीसमूहमा रहेका सबै नेताहरू लिङ्देनको पक्षमा स्पष्ट रूपमा मैदानमा रहेको जानकारी दिए। उनीसमेत लिङ्देनकै समूहबाट खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार छन्।

राप्रपाका तीन अध्यक्षमध्येका एक अध्यक्ष पशुपतिशमशेर जबरा भने जारी नेतृत्व चयनको प्रक्रियामा कसलाई सघाउने भन्नेमा स्पष्ट खुलेका छैनन्। तर, उनीनिकट रहेर काम गरेका राप्रपाका नेताहरू भने लिङ्देनका पक्षमा खुलेका मात्रै छैनन्।

सो समूहबाट उम्मेदवार नै बनेका छन्। जबरानिकट रहेका नेता विक्रम पाण्डे नै लिङ्देनको समूहबाट उपाध्यक्षको उम्मेदवार बनेर उनीसँग मत माग्दै प्रचारमा हिँडेका छन्।

जबरासँगै रहेर काम गरेका नेता राजेन्द्र गुरुङसमेत लिङ्देनतर्फ नै खुलेका छन्। उनले जबराले नेतृत्व गरेको तत्कालीन दल राप्रपा प्रजातान्त्रिकमा प्रवक्ताको भूमिका निर्वाह गरेका थिए । उनी अहिले केन्द्रीय सदस्य पदमा उठ्दै छन्।

प्रतिनिधिले पनि कमल थापा अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्नुपर्छ भनेर सार्वजनिक मंचबाट बोलेकाले राष्ट्रघाती थापालाई जिताउन नहुने बताउन थालेका छन्।

एमसीसी पास गर्छु भन्ने, देशलाई सिरिया बनाउन खोज्ने ? एक प्रतिनिधिले भने, ‘राप्रपा अध्यक्ष बनेपछि पनि एमसीसी पास गर्नैपर्छ भन्लान। अनि जनताले भोट दिन्छन्। भएको एक सिट पनि गुम्छ। कमल थापालाई जसरी पनि हराउन पर्छ।

प्रतिक्रिया