आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राप्रपाको कार्यक्रममा प्रचण्डले ओलीलाई हाने झापड, त्यसपछि जे भयो…..

प्रकाशित
1.4K
SHARES

काठमाडौ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपा महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झटारो हानेका छन्।

उनले ओलीले पार्टी फुटाएर तीन टुक्रा बनाएको तर महाधिवेशन गर्दा भने एकताको महाधिवेशन भनेको भन्दै कटाक्ष गरेका हुन्। मंगलबार भृकुटीमण्डपमा आयोजित उद्घाटसत्रलाई,

सम्बोधन गर्दै उनले साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै बधाई तथा शुभकामना दिए। प्रचण्डले भने, ‘तपाईँहरुले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो।

तपाईँहरू तीनवटा मिल्नुभयो र महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो। प्रचण्डले अगाडि भने, ‘तर, नेपाल पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौँ।

त्यस्तो झूटो कुराचाहिँ तपाईँहरुले गर्नुभएन । पार्टी फुटाउने अनि नाम एकताको राख्ने रु तपाईँहरुले ठीक गर्नुभयो। जितेर पनि भिम रावलले किन अस्वीकार गरे पद ?

एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन्। मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन्।

केन्द्रीय सदस्य भीम रावलले ९०४ मत र घनश्याम भुसालले १२६४ मत ल्याएका थिए। रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए। रावल उपाध्यक्षमा पराजित भएका थिए।

तर रावलले निर्वाचन समितिलाई आफू केन्द्रीय सदस्यमा नरहने जानकारी दिदै केन्द्रीय समिति सदस्य पद अस्विकार गरेका छन्। ओलीको प्रवृतिबिरुद्ध लड्दै आएका रावलले ओलीको नेतृत्व अस्विकार गरेका हुन्।

यसैबीच चितवनमा सम्पन्न १० औँ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले सपथ ग्रहण गरेका छन्। निर्वाचन आयोग प्रमुख विजय सुब्बाले उनलाई सपथ गराएका हुन्। पार्टी विधानअनुसार धारा ६६ (३) अनुसार उनलाई सपथ गराएका हुन्।

यसैगरी नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई ओलीले सपथ ग्रहण गराएका छन्। अन्य आयोगका पदाधिकारीलाई पनि सम्बन्धित आयोगका अध्यक्षले सपथ खुवाएका छन्।

सपथ ग्रहण अघि निर्वाचन आयोगका अध्यक्ष सुब्बाले मतपरिणाम सार्वजनिक गर्दै एमालेको अध्यक्षमा ओलीलाई विजयी घोषणा गरेका थिए। ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित भएका थिए।

यसैबीच चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए।

सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ। १० मंसिरबाट सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो।

घोषणापत्रमा जनादेशसहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ। न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य चुनौती भनेको छ। यसलाई परास्त गर्ने प्रतिवद्धता छ।

घोषणापत्रमा राजनीतिक स्थायित्वका लागि एमाले एकतावद्ध हुन आह्वान गरेको छ। निर्वाचन आयोगले अन्तिम मत परिणाम भने सार्वजनिक गरिसकेको छैन।

महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । पदाधिकारी १९ जना रहेका छन् । सबै पदहरुमा ओली निकटै नेता निर्वाचित भएका छन्।

ओलीले प्रस्ताव गरेको नाममा असहमति जनाउँदै उम्मेदवारी दिएका अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आर्चा र टंक कार्की पराजित भएका छन्।

प्रतिक्रिया