आज : गते

ताजा शिर्षकहरु

विमानको पाङ्ग्रामा झुण्डिएर मृत्युको यात्रा, यस्तो कारण थाहा पाउने सबै चकित

प्रकाशित
0.9K
SHARES

एजेन्सी। अमेरिकामा एक व्यक्तिले विमानको ल्याण्डिङ गियरमा झुण्डिएर यात्रा गरे । विमान करिब २ घण्टा ३० मिनेटसम्म हावामा उडिरह्यो। त्यो पूरै समय यी व्यक्ति पाङग्रामै झुण्डिइरहे।

विमान अवतरण गर्दा विमानस्थलका कर्मचारीहरुले ती व्यक्तिलाई ल्याण्डिङ गियरमा देखे। कर्मचारीहरुले उनलाई तत्काल अस्पताल लिएर गए जहाँ उनको अवस्था ठिक बताइएको छ।

डेलीमेलको रिपोर्टअनुसार ग्वाटेमालाबाट अमेरिकाको मियामीको लागि एक अमेरिकी विमान उडेको थियो। तर विमानभित्र रहेका यात्रीहरुबाहेक विमानमा अर्का एक व्यक्ति पनि थिए।

यी व्यक्ति विमान भित्र नभइ विमान बाहिर ल्याण्डिङ गियरमा थिए। ग्वाटेमालाबाट मियामी पुग्न विमानलाई करिब २ घण्टा ३० मिनेट लाग्यो। त्यो पूरै समय यी व्यक्ति ३३ हजार फिट उचाइमा ल्याण्डिङ गियरमै बसे।

आश्चर्यको कुरा त्यहाँ अत्याधिक चिसो हुँदा पनि यी व्यक्ति खसेनन् र जीवितै बचे। कस्टम विभागले एक बयानमा भनेको छ ‘मियामी विमानस्थलमा २६ वर्षका एक व्यक्तिलाई समातिएको छ,

जो ग्वाटेमालाबाट आएको एक विमानको ल्याण्डिङ गियर बक्समा थिए। शनिबार भएको यो घटनाको एउटा भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा विमान अवतरण गरेपछि,

विमानस्थल कर्मचारीले ती व्यक्तिलाई ल्याण्डिङ गियरबाट निकालिरहेको देख्न सकिन्छ। यी व्यक्ति निकै डराएका थिए। उनलाई एम्बुलेन्सबाट नजिकैको अस्पताल लगियो।

विमानको ल्याण्डिङ गियरमा बसेर मानिसहरुले यसरी अवैध तरिकाले विकसित देश प्रवेश गर्ने प्रयास गरेका घटना पहिले पनि भएका छन्। तर, धेरैजसो घटनामा यसरी यात्रा गर्ने व्यक्ति,

चिसोका कारण खसेर ल्याण्डिङ वा टेकअफका क्रममा च्यापिएर वा ल्याण्डिङ गियरमै कठ्यांग्रिएर मरेका छन्। यसरी यात्रा गर्ने व्यक्ति जीवितै बचेका घटना विरलै भएका छन्।

तेस्तै, युगाण्डाको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल चीनले कब्जा गर्न लागेको भन्दै केही अफ्रिकी न्यूज पोर्टलहरुमा हालैको दिनमा प्रकाशित समाचारको चीनले खण्डन गरेको छ।

युगाण्डाले लिएको २०० मिलियन डलर ऋण तिर्न नसकेपछि युगाण्डाको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल इन्तेब्बे विमानस्थल चीनले कब्जा गर्ने दावीसहित केही अफ्रिकी समाचार पोर्टलमा यसै साता समाचार प्रकाशित भएको थियो।

युगाण्डाले यो विमानस्थल विस्तार गर्नको लागि चीनसँग २०० मिलियन डलर ऋण लिएको थियो। तर, त्यो ऋण तिर्न नसकेपछि डिफल्ट व्यवस्थाअनुसार यो विमानस्थलमा चीनको कब्जा हुने रिपोर्टमा दावी गरिएको थियो।

युगाण्डाको नागरिक उड्डयन प्राधिकरण र बेइजिङ दुवैले यो समाचारको खण्डन गरेका छन्। चीनको टेकओभरमा सम्झौतामा रहेका केही घातक बुँदाहरु’ कारक रहेको रिपोर्टमा जनाइएको थियो।

यो सम्झौता युगाण्डा सरकार र चीनको एक्सपोर्ट इम्पोर्ट एक्सिम बैंक अफ चाइनाबीच ३१ मार्च २०१५ मा भएको थियो। युगाण्डाले एक्सिम बैंक अफ चाइनासँग ३१ मार्च २०१५ मा हस्ताक्षर गरेको,

ऋण सम्झौतामा भएका केही प्रतिकूल प्रावधानहरु पालना नगरिए युगाण्डाका सार्वभौम सम्पत्तिहरु बेइजिङको नियन्त्रणमा जानेछन्’ युगाण्डाको द मनिटरको एक रिपोर्टमा भनिएको थियो।

रिपोर्टमा २०१५ को सम्झौतामा भएको व्यवस्थाअनुसार ऋणदाताले युगाण्डाको विमानस्थल कब्जा गर्न चाहेका कुनै सार्वभौम प्रतिरक्षाले यसलाई रोक्न नसक्ने बताइएको थियो।

रिपोर्टका अनुसार युगाण्डाले यो सम्झौतामा भएका केही व्यवस्थाहरुलाई पुनरावलोकन गर्नको लागि एक्सिम बैंकसँग छलफल गर्न ११ सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ पठाएको भए,

पनि आफ्नो उद्देश्यमा असफल भएको रिपोर्टमा जनाइएको थियो। रिपोर्टमा बेइजिङ गएको प्रतिनिधि मण्डलको नेतृत्व चीनका लागि युगाण्डाका राजदूत डा. क्रिस्पस कियुंगाले गरेको,

र यो टोलीमा युगाण्डाको श्रम मन्त्रालय, विदेश मामिला मन्त्रालय,अर्थ मन्त्रालयका प्रतिनिधि तथा युगाण्डडा नागरिक उड्डयन प्राधिकरण र महान्यायाधिवक्ताका प्रतिनिधि समेत,

सहभागी रहेको रिपोर्टमा दावी गरिएको थियो। युगाण्डाको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता र चीनको अफ्रिकी मामिलाका महानिर्देशकले यो रिपोर्टको खण्डन गरेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ