आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेस गण्डकीमा पौडेल समूहको वर्चश्व, देउबा तिनछक

प्रकाशित
299
SHARES

काठमाडौ। नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा पौडेल पक्षले कब्जा जमाएको छ। यहाँ पदाधिकारीका अधिकांश पदमा संस्थापन इतरका नेताहरु विजयी भएका छन्।

सभापतिमा पौडेल समूहका शुक्रराज शर्मा विजयी भए। शर्माले ६ सय १२ मत पाउँदा संस्थापन पक्षका अर्जुन ५ सय २८ मत मात्रै पाए।उपसभापतिमा दुइटै स्याङ्जाका उम्मेद्वार विजयी भएका छन्।

संस्थापन पक्षबाट मेखलाल श्रेष्ठ र संस्थापन इतरबाट कल्पना तिवारी विजयी भए । संस्थापन पक्षकै नेत्र महत र संस्थापन इतरका हरिप्रसाद श्रेष्ठ पराजित भएका छन्। गण्डकीको पदाधिकारीमा संस्थापन,

पक्षबाट मेखलालमात्रै विजयी भएका हुन्। तिवारीको ६२४ मत आउँदा दोस्रो बनेका श्रेष्ठको ५५६ मत छ । तेस्रो बनेका हरिको ५४८ तथा अन्तिम भएका नेताको ४५७ मत आएको छ।

महामन्त्रीमा अन्तिम अवस्थामा विष्णु लामिछानेले लिड गर्दै देउवा पक्षका उम्मेद्वारलाई हराए । पहिलोमा किरणबावु श्रेष्ठले ५७३ मत र दोस्रो बनेका विष्णुको ५६७ मत आएको छ।

तेस्रोमा कुमार खड्काको ५५६ र चौंथो भएका इश्वर पाण्डेको ४७३ मत आयो। ११ सय मत गन्दा दोस्रोमा कुमार खड्का थिए। सहमहामन्त्रीका पनि सबै पदमा पौडेल पक्षले जितेको छ।

महिला सह महामन्त्रीमा कोपीला रानाभाट ५५२ मत सहित विजयी हुँदा संस्थापन पक्षकी ओमकला गौतम ४८८ मत सहित पराजित भइन्।खुला सहमहामन्त्रीमा रमेश कुमार सर्वाधिक भोट ल्याएर विजयी भएका छन्।

उनले ६१८ मत पाएका हुन्। ५६९ मत ल्याएर दोश्रो हुँदै रामचन्द्र जोशी पनि विजयी भएका छन्। संस्थापन पक्षका झुलबहादुर आलेले ४८८ र राजराज पन्तले ४३१ मत पाए।

गोरखाबाटै राजनको वागी उठेका युवराज बस्ताकोटीको ९२ मत छ। सदस्यहरुमा पनि पौडेल पक्ष नै अगाडि छ। अहिलेसम्म ३ सयमात्रै मत गणना भएको निर्वाचन कमिटीले जनाएको छ।

राष्ट्रिय प्रजानतन्त्र पार्टी राप्रपाको पदाधिकारीमा कमल थापासँग प्यानल बनाएर चुनाव लडेका व्यक्तिहरु निर्वाचित भएका छन्। अध्यक्षमा कमल थापा राजेन्द्र लिङदेनसँग दुई सय मतान्तरले हारे,

पनि अन्य पदाधिकारीमा भने महामन्त्रीबाहेक सबै थापा प्यानलका निर्वाचित भएका छन्। लिङ्देनको टिममा थापा प्यानलको वर्चश्व देखिएको छ। राप्रपा उपाध्यक्षमा विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र बुद्धिबहादुर तामाङ तथा महिला उपाध्यक्षमा रोशन कार्की निर्वाचित भएका छन्।

यी सबै थापा समूहका हुन्। पाण्डेको हकमा भने दुबैले आफ्नो प्यानलको दाबी गर्दै आएका छन्। महामन्त्रीमा धवलशम्शेर राणा, भुवन पाठक र महिलातर्फ कुन्ती शाही निर्वाचित भएका छन्। धवलशम्शेरमात्रै लिङ्देन प्यानलका हुन्।

प्रतिक्रिया