आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपाली कांग्रेस गण्डकीको मतगणना जारी

प्रकाशित
1.1K
SHARES

काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेशको मतणना जारी छ । मतगणनाको पहिलो रुझान सार्वजनिक गरिएको छ ।

१०० मत गन्दा दुबै उम्मेदवारको बराबर मत आएको छ । संस्थापनका सभापति उम्मेदवार अर्जुन जोशी र संस्थापन इतर समूहका सभापति उम्मेदवार शुक्रराज शर्मा दुबैले ५०–५० मत पाएका छन् ।

गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ ।

दुवै हेभिवेट नेता भएकोले नतिजा कसको पोल्टामा पर्छ भन्ने आकलन गर्न नसकिने प्रतिनिधिहरूको भनाइ छ । त्यसो त, जिल्ला सभापति हेर्दा संसथापन पक्ष बलियो छ भने प्रदेश महाधिवेसन प्रतिनिधिमा पैडेल समूहको बहुमत रहेको आंकलन गरिएको छ ।

यस्तै नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनअन्तर्गत मतदान सकिएको छ । कूल एक हजार ६८० मतदाता मध्ये एक हजार ६३१ जनाले मतदान गर्दा ३९ जना अनुपस्थित रहे ।

लुम्बिनी प्रदेशको सभापतिका लागि संस्थापन समूहबाट सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका भरतकुमार शाह र संस्थापन इतरबाट कांग्रेस रोल्पाका पूर्व सभापति अमरसिंह पुन प्रतिस्पर्धामा छन् । दुवै समूह प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

बिहान साढे ८ बजे मतदानको समय तय भएको भए पनि सहमतिको प्रयासले केही समय विलम्ब भएपछि ११ बजेदेखि मात्र मतदान सुरु भएको थियो । भैरहवाको महेन्द्रसभा गृहमा भएको मतदान साँझ साढे ५ बजे मात्रै सकिएको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले पहिलो मतदान गरी मतदानको शुभारम्भ गरेका थिए । उनले शनिबार बिहान पनि दुई पक्षबीच सहमति जुटाउन गरेको प्रयास सार्थक नभएपछि मतदानको कार्यक्रम अघि बढेको थियो । सहमतिका लागि कांग्रेस नेताहरू भन्द्र भण्डारीलगायतले पनि प्रयास गरेका थिए ।

१२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा नौ जिल्ला सभापतिले अमरसिंह पुनलाई समर्थन गरेका छन् भने दुई जिल्लाका सभापतिले शाहलाई समर्थन गरेका छन् । बाँके जिल्लामा भने अधिवेशन भएको छैन । अव केही बेरमा मतगणना हुने र आइतबारसम्म परिणाम आइसक्ने निर्वाचन समिति संयोजक थापाले बताए ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ