आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

केपी ओली आज पदबहाली गर्दै

प्रकाशित
2.4K
SHARES

काठमाडौँ । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पदबहाली गर्दैछन् ।

चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका ओलीले आज पदबहाली गर्न लागेका एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

उनकाअनुसार ओली आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ । भीम रावललाई पराजित गरी ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका थिए ।

ओलेले पद बहालीको तयारी गरिरहेका बेला उता नेता भीम रावल भने ओलीलाई बहिस्कार गर्ने तयारीमा रहेको स्रोतले संचारकेन्द्रलाई बतायो । यता नेकपा माओवादी केन्द्रले यही पुसमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ।

पुसको ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनकाअनुसार अहिलेसम्म पार्टी सदस्य संख्या सात लाख छ हजार कटेका छन्।

यो संख्या थपिने उनले बताए। माओवादी केन्द्रले पार्टी सदस्य संख्या ८ लाख पुर्‍याउने तयारी गरेको छ। माओवादीले वडा अधिवेशनहरू सफलताका साथ सकिएको दाबी पनि गरेको छ।

माओवादीले पालिका अधिवेशनहरू पनि गरेको थियो। एक/दुई दिनभित्रमा बाँकी रहेका पालिका अधिवेशनसमेत गरिसकिने महराले बताए। यही मंसिर २५ मा प्रदेश अधिवेशन गर्ने तयारी माओवादीको छ।

प्रतिक्रिया