आज : गते

ताजा शिर्षकहरु

कमल थापाकी छोरी र भतिजा केन्द्रीय सदस्य उम्मेदवार

प्रकाशित
729
SHARES

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जारी एकता महाधिवेशनमा केन्द्रीय सदस्य पदमा राप्रपा अध्यक्ष कमल थापाकी छोरी र उनका भतिजा उम्मेदवार बनेका छन्।

थापाकी छोरी प्रतिष्ठा र भतिजा अभिषेक थापा केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका हुन्। अध्यक्षमा उम्मेदवारी दिएका कमल थापाको प्यानलबाट प्रतिष्ठा र अभिषेक उम्मेदवार बनेका हुन्।

थापाकी छोरी प्रतिष्ठा महिलातर्फ केन्द्रीय सदस्य र अभिषेक खुलातर्फ केन्द्रीय सदस्य उम्मेदवार उठेका हुन्। अभिषेक कमल थापाका भाइ गणेश थापाका छोरा हुन्। राप्रपाको बुधबारदेखि जारी महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ।

प्रतिष्ठा २०६३ सालमा राप्रपा नेपालबाट राजनीति सुरू गरेकी थिइन्। उनी अहिले काठमाडौं ५ (क) बाट महाधिवेशन प्रतिनिधि बनेकी हुन्। अभिषेकले २०६३ सालदेखि राप्रपाको विद्यार्थी संगठन राजनीति थालेका थिए। उनी हाल राप्रपाको युवक संगठनमा सचिव छन्।

उनी मकवानपुरबाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए। राप्रपा महाधिवेशनमा अहिलेसम्म अध्यक्ष कमल थापाले पुन: अध्यक्षका लागि र नेता राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

लिङ्देन पक्षले अध्यक्षसहित उपाध्यक्ष र महामन्त्रीमा उम्मेदवार टुंग्याएको छ। तर, थापा पक्षले अध्यक्षबाहेकका उम्मेदवार टुंगो लगाएको छैन।

राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारबाट सुरु भएको एकता महाधिवेशनमा नेताहरू कसरी नेतृत्वमा पुग्ने भन्ने होडबाजीमा छन् । अध्यक्षमा कमल थापालाई राप्रपाबाट हाल एकमात्र संघीय सांसद रहेका राजेन्द्र लिङ्देनले चुनौती दिएका छन् ।

राप्रपाको दोस्रो महत्वपूर्ण कार्यकारिणी पद महामन्त्री हो । राप्रपाले तीन महामन्त्रीको व्यवस्था गरेकोमा एक महामन्त्री महिलाका लागि सुरक्षित गरिएको छ । जसमा राजेन्द्र लिङ्देनको प्यानलबाट अभिनेत्री तथा चलचित्र निर्माता रेखा थापा प्रतिस्पर्धामा छन् ।

अभिनेत्रीबाट नेता बनेकी रेखा थापाले के भनिन ?
अहिले राप्रपालाई नयाँ नेतृत्व चाहिएको छ । पार्टी बचाउने हो । देश जनता र पार्टीभित्रका कार्यकर्ताको भविष्य सुनिश्चित बनाउने हो भने नयाँ नेतृत्वको आवश्यकता छ ।

३० औं वर्षदेखि जुन नेतृत्व आलोपालो आउँदा पनि पार्टीका लागि केही भएन । दुईचार जनाको लागि मात्रै कार्यकर्ताले काम गरेको जस्तो देखियो । हजारौं राप्रपाका कार्यकर्ता र नेताहरूको भविष्य अन्यौलमा देखियो ।

चार वर्ष अगाडिको महाधिवेशनबाट निर्वाचित भइसकेपछि केही काम गर्न पाइएन । नेतृत्वले वरपरका मान्छे बाहेकलाई समेटेको देखिएन । यस्तो अवस्थामा मेरो उम्मेदवारी खासगरी महिलाको क्षेत्रमा काम गर्ने भएर मलाई पद या पार्टी चाहिँदैन काम गर्न ।

२० वर्षदेखि महिला प्रधान चलचित्र र महिलालाई उत्थान गर्ने चलचित्र बनाइरहेको छु । मेरो अभिनय पनि महिलालाई उत्थान गर्ने नै हुन्छ । मैले पार्टीभित्र एउटै महिलाले सात-आठ संघसंस्था ओगटेको देखेँ भने ।

एउटै महिला तीन चारपल्ट मन्त्री, सांसद हुने तर यहाँभित्रकै महिलाको स्थिति नाजुक देखियो । उहाँहरूको आवाज उठाउने कोहि देखिएन । क्षमता भएका महिला हुँदा पनि एक व्यक्तिले त्यति धेरै ठाउँ किन ओगट्नुपर्‍यो ? अवसर किन बाँडिएन ।

त्यसैले पार्टीको परम्परागत सोचविरुद्ध र वर्षौंदेखिको शासकीय प्रवृतिविरुद्ध छ उभिन जरुरी छ। त्यसको अन्त्य नहुन्जेलसम्म हामीले पार्टीका एजेन्डा राम्रोसँग स्थापित गर्न सक्दैनौं ।

१८ वर्षदेखि काम गरिरहनुभएको छ । अब नयाँ अनुहार आउनुपर्छ भनेर युवाहरूको प्रतिनिधिका रूपमा नयाँ नेतृत्वलाई समर्थन गर्नुपर्छ । महिला, युवाका लागि मैले उम्मेदवारी दिएको हुँ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ