आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा आज ३१६ जना कोरोना संक्रमित थपिए

प्रकाशित
620
SHARES

काठमाडौँ । नेपालमा बुधबार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ९ सय १९ पीसीआर परीक्षणका क्रममा २ सय ८५ जना र १ हजार ८ सय ८ एन्टिजेन परीक्षणका क्रममा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १७ हजार १ सय ८० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ५९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ३ हजार १ सय ६८ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ९ सय ५४ सक्रिय संक्रमित आइशोलेशनमा र ९८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया