आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जितेर पनि भिम रावलले किन अस्वीकार गरे पद ? यस्ताे छ कारण

प्रकाशित
761
SHARES

काठमाडौँ । एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्य भीम रावलले ९०४ मत र घनश्याम भुसालले १२६४ मत ल्याएका थिए । रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । रावल उपाध्यक्षमा पराजित भएका थिए ।

तर रावलले निर्वाचन समितिलाई आफू केन्द्रीय सदस्यमा नरहने जानकारी दिदै केन्द्रीय समिति सदस्य पद अस्विकार गरेका छन् ।  ओलीको प्रवृतिबिरुद्ध लड्दै आएका रावलले ओलीको  नेतृत्व अस्विकार गरेका हुन् ।

यसैबीच चितवनमा सम्पन्न १० औँ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले सपथ ग्रहण गरेका छन्।

निर्वाचन आयोग प्रमुख विजय सुब्बाले उनलाई सपथ गराएका हुन्। पार्टी विधानअनुसार धारा ६६ (३) अनुसार उनलाई सपथ गराएका हुन्।

यसैगरी नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई ओलीले सपथ ग्रहण गराएका छन्। अन्य आयोगका पदाधिकारीलाई पनि सम्बन्धित आयोगका अध्यक्षले सपथ खुवाएका छन्।

सपथ ग्रहण अघि निर्वाचन आयोगका अध्यक्ष सुब्बाले मतपरिणाम सार्वजनिक गर्दै एमालेको अध्यक्षमा ओलीलाई विजयी घोषणा गरेका थिए। ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित भएका थिए ।

प्रतिक्रिया